धनगढी – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कैलालीको जोशिपुरमा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जोशिपुरको झवहीमा रहेको थारु फुट्ल्यान्ड रिसोर्टमा शनिबार टिकापुर शाखाको आयोजनामा भएको कार्यक्रममा १२ उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।
कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टले सम्मान पत्र हस्तान्तरण सङै कार्यक्रममा सहभागीहरुलाई जीवन बिमा, निर्जिवन बिमा,पुनर्बिमा र नेपाल बिमा प्राधिकरण बिमा ऐन २०७९ बारे जानकारी दिए ।
शाखाको नियमित गतिविधि अन्तर्गत बिमा क्षेत्रमा काम गरिरहेकाहरुलाई सम्मान संगै उत्प्रेरणा जगाउने काम गरिएको टिकापुर शाखा प्रमुख धन बहादुर चौधरीले बताए ।