• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असोज १०, २०८० | Wednesday 27th September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
  • २ दिन अगाडि

सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
  • २ दिन अगाडि

धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
  • २ दिन अगाडि

१३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत
  • २ दिन अगाडि

काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ
  • २ दिन अगाडि

चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना
  • ३ दिन अगाडि

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • ५ दिन अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • ६ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • ६ दिन अगाडि

पत्नी सवार गाडीलाई ट्राफिकले रोकेर हप्की-दप्की गरे, थुन्ने धम्की दिए : बालेन्द्र

  •  संवाददाता
  • आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ  , भदौ १७ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुत्केरी पत्नी सबिना काफ्ले सवार सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीले धम्की दिएको दाबी गरेका छन्।

    शनिबार राति संघीय सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने धम्की दिएका मेयर शाहले आइतबार सचिवालयमार्फत स्पष्टीकरण सार्वजनिक गर्दै ट्राफिक प्रहरीमाथि गम्भीर आरोप लगाएका हुन्।

    शनिबार बेलका ७ बजे सविना सरकारी गाडीमै चढेर मेडिसिटी अस्पतालको एनआईसीयुमा रहेकी नवजात छोरीलाई स्तनपान गराएर फर्किँदा कोटेश्वर चोकमा रोकेर धम्की दिएको दाबी गरेका हुन्।

    शाहले सुत्केरी काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा सरकारी गाडी चढेको पनि जिकिर गरेका छन्।

    कोटेश्वरमा गाडी रोकेपछि सवारी चालकले परिचयपत्र देखाउनुका साथै सार्वजनिक बिदाका दिन प्रयोग गर्न पाइने परमिट पनि रहेको बताएको उनले उल्लेख गरेका छन्।

    आपतकालीन अवस्थाबारे जवाफ दिँदा पनि ुमैले चाहे भने यतै राख्न सक्छुु भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने ट्राफिक प्रहरीको आचरणमा पनि उनले प्रश्न उठाएका छन्

    ‘सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे’, शाहको सचिवालयले भनेको छ, ‘नगर प्रमुखसहितको परिचय खुलाएपछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’

    शाहले ट्राफिक प्रहरीले सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी ‘ढोका खोल’, के होरु कहाँ होरु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी काफ्लेलाई अनावश्यक केरकार गरेको जिकिर गरेका छन्।

    ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ’, उनले भनेका छन्।

    उनले सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुनुपर्ने पनि बताएका छन्।

    ‘प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ। कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो’, उनले भनेका छन्।

    कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको तर्क शाहको छ।

    ‘आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ’, उनले भनेका छन्, ‘यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौँ।’

    शाहले ट्राफिक प्रहरीको आचरणमा पनि प्रश्न उठाएका छन्।

    ‘पटक पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ। तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन’, उनले अगाडि भनेका छन्, ‘यसर्थ, गलत आचरण भएका केही प्रहरीमाथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौँ।’

    • काठमाडौं महानगरपालिकाका
    • बालेन्द्र शाह
    आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी
    सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने
    धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढी एफसी र आशिषबीच सम्झौता,चौधरीलाई मार्की खेलाडीको जिम्मेवारी

    • २.
      सुदूरपश्चिम एमालेमा तीन धार,अधिवेशनमा रोचक प्रतिस्प्रर्धा हुने

    • ३.
      धनगढीको केजी हस्पिटलले झिक्यो महिलाको पाठेघर,बच्चा जन्माउन गएकी थिइन खातुन !

    • ४.
      १३ वर्षीय नाबालकबाट २८ वर्षिया महिला बलात्कृत

    • ५.
      काठ तस्करीको आरोपमा वडाध्यक्ष चौधरी पक्राउ

    • ६.
      चर्को कर बिरुद्ध सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित,सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा धर्ना

    • ७.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • ८.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ९.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • १०.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.