• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

नाकामा खाद्यान्न र तरकारी रोकिएपछि मारमा व्यवसायी,प्लान्ट क्वारेन्टाइन सुचारु गर्न मुख्यमन्त्रीसँग माग

  •  संवाददाता
  • आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – भारतबाट आयात हुने खाद्य तथा कृषि जन्य पदार्थ आयात ठप्प भएपछि यहाँका व्यापारीहरु प्रदेश सरकार समक्ष प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय सुचारु गर्न माग गरेका छन् ।

    कैलालीको त्रिनगर भन्सार कार्यालयमा ३ वर्ष अगाडि स्थापना गरिएको प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय साउन २८ गतेयता बन्द छ । बन्द भएपछि कैलाली भन्सार भएर भारतबाट आउने खाद्यान्न, तरकारी, फलफूलको आयात ठप्प भएपछि सो कार्यालय सुचारु गर्न माग गरेका हुन् ।

    कैलालीको उद्योग वाणिज्य संघले टुरमुकाम बन्द नगर्न आइतबार धनगढीमा पत्रकार सम्मेलन गरेर सरकारसँग माग गरेको हो । संघले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई माग सम्बोधनको लागि ज्ञापनपत्र समेत बुझाएको छ ।

    साउन २८ गतेदेखि कैलाली भन्सार कार्यालय परिसरमा रहेको प्लान्ट क्वारेन्टाइनको मोहना टुरमुकाम कार्यालय बन्द रहेको छ । कार्यालयमा कार्यरत कर्मचारी अध्ययन बिदामा गएका बेला प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्र काठमाडौँले टुरमुकाम कार्यालयमा कर्मचारी नपठाएर बन्द गर्न खोजेको संघको भनाइ छ ।

    कैलाली भन्सार भएर भारतबाट आउने खाद्यान्न, फलफूल र तरकारीको विषादी र किराको परीक्षण गरेर निकासी र पैठारी म्को इजाजत दिने काम टुरमुकाम कार्यालयले गर्दै आएको थियो ।

    कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘सरकारको अस्पष्ट नीतिका कारण उद्योगी, व्यवसायीका साथै आम उपभोक्तामा पर्न गएको असर र आर्थिक मारका कारण सिर्जना भएको अन्योलताबाट हामी झस्किएका छौ ।’

    अस्पष्ट नीतिका कारण त्यसको असर उपभोक्तामा पर्ने बताइएको छ । यहाँबाट आयात ठप्प हुँदा धनगढी भन्सार नाकाबाट आउने धान, चामल, गहुँ, दाल, तेलहन, तरकारी, फलफूल, खाद्य योग्य, पशुपक्षी आहारका लागि चाहिने कच्चा पदार्थ र खाद्य वस्तुलगायतको अन्य खाद्यवस्तु नेपालगंज नाकाबाट ल्याउनुपर्ने बाध्यता सिर्जना भएको बताइएको छ । जसको असर वस्तुमा प्रतिकेजी २३ रुपैयाँ मूल्य वृद्धि हुने र उपभोक्ता मारमा पर्ने व्यवसायीको गुनासो छ ।

    २२ दिनदेखि खाद्यान्न, तरकारी र फलफूल नआएको कैलाली भन्सार कार्यालयले जनाएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालयले नेपाल आयात हुने खाद्यान्न,तरकारी र फलफूलमा किराजन्य संक्रमण चेकजाँच गर्छ । खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टाइनले किराजन्य संक्रमणको जाँच गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपाल भित्रिने गर्छ । सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा छ । गड्डाचौकी– बनबासा नाकाबाट सामान आयात गर्नका लागि भारतले शारदा नदीको पुलमा बढी भार भएका मालबाहक साधन आउन दिँदैन । नेपालगञ्जको रुपैडिहा नाका भएर आयात गरे प्रदेशको राजश्वमा पनि कमी आउने र खाद्यान्न, तरकारी र फलफूलको मूल्य पनि बढ्ने व्यवसायीहरुले बताएका छन् ।

    आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.