बाजुरामा दुई जना युवकमाथि सामूहिक कुटपिट भएकाे छ । जिल्लाकाे खप्तडछेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिकाे दिन आयाेजना गरेकाे वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएकाे भिडियो सार्वजनिक भएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले बुढिगंगा नगरपालिका-६ का राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएकाे बताए ।
घाइते मध्ये नाथकाे टाउकाेमा टाका लागेका छन् । उनी धनगढीमा उपचार गराएर घर फर्किएकाे प्रहरी नायब उपरीक्षक बाेहराले बताए ।
उनकाअनुसार कुटपिटमा संलग्न भएकाे आराेपमा खप्तडछेडेदह गाउँपालिका-७ का अर्जुन रावतलाई पक्राउ गरिएको छ भने अन्य ७ जनाकाे नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।