धनगढी , भदौ २५ – कैलालीको टीकापुरमा स्कुल बस दुर्घटना हुँदा १५ जना बिद्यार्थी घाइते भएका छन् । नगरपालिकाको वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनबाट विद्यार्थी पुर्याउन गएको ना. ५ ख. ४५६४ नम्बरको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ ।
घाइतेहरुहरुको टीकापुर अस्पताल उपचार भएको छ। दुर्घटनाको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।