संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ।
मंगलबार धनगढीमा तय भएको मोर्चाको कार्यक्रम स्थगन गरिएको एकीकृत समाजवादी पार्टीका कैलाली जिल्लासचिव दीर्घ जोशीले जानकारी दिए। अध्यक्ष माधवकुमार नेपालको आग्रहबमोजिम कार्यक्रम स्थगित भएको उनले बताए।
कार्यक्रममा पार्टीका अध्यक्ष नेपालसहित प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताको उपस्थिति हुने तय भएको थियो।
यसअघि पनि भदौ १३ गते धनगढीमा तय गरिएको मोर्चाको कार्यक्रम अन्तिम चरणमा आएर स्थगित भएको थियो।