डडेलधुरामा अटोरिक्सा दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको छ । आलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको अलितालमा भएको सो अटो दुर्घटनामा परी एकजना भने घाइते भएका छन ।
प्रहरीका अनुसार गत राति भएको अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको हो भने सोही अटोमा रहेका वीरबहादुर कुँवर घाइते छन् ।
घाइते कुवँरलाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ ।