उपयुक्त स्थलको छनौट गरि सकेपछि अधिकतम जलाशय क्षेत्रफल प्राप्त हुने गरि पोखरीहरुको डिजाईन तयार पर्नु पर्छ । पोखरी डिजाईन गर्दा पोखरीको आकार , डिलको बनावट, बर्नलाईन वा पेटी ,पानीको प्रवेश र निकासद्वार जस्ता कुराहरुलाई ध्यान दिनु पर्छ ।जस्तो सुकै आकार भएको पोखरीमा माछा पालन गर्न सकिन्छ तर व्यवस्थापिय हिसावले आयताकार पोखरी सजिलो हुन्छ ; पुर्व पश्चिम लामो भएको पोखरी राम्रो देखिन्छ त्यसैले आफ्नो जग्गाको आकार अनुसार बनाउनु पर्छ ।
राम्रो माछा उत्पादनको लागी कतिमा २ रोपनी जलाशय भएको पोखरी उपयुक्त हुन्छ ।पोखरीको पानीको भार डिलले थेक्नु पर्ने तथा पानीको चुहावट रोक्नु पर्ने भएकोले डिल बलियो बनाउनु पर्छ । डिल बलियो बनाउनको लागी डिलमा माटो राख्दा बरावर ठोक्दै राख्नु पर्छ भने डिलको भित्रि भागको भिरालो १:२ र बाहिरी भिरालो १:१.५ को बनाउनु पर्छ ।
डिलको पेटीले डिललाई भत्किनवाट जोगाउनुको साथै साथै जाल तान्दा सजिलो हुन्छ त्यसकारण डिलको पेटी १ देखि २ मिटर सम्म राख्नु उपयुक्त हुन्छ ।पोखरीमा पानीको प्रवेश तथा निकासद्वार एक अर्को दिशा तिर हुने गरि व्यवस्था मिलाउनु उपयुक्त हुन्छ । प्रवेशद्वार सकेसम्म अग्लो ठाउँमा राख्दा बढि मात्रामा पानी राख्न सजिलो हुन्छ भने निकासद्वार होचो भागमा राख्दा पोखरी सुकाउंदा पुरै पानी सुक्छ ।पोखरी निर्माणको लागी जग्गा छनौट, पोखरी डिजाईन, रेखाङ्कन र पोखरी निर्माण गर्दा मत्स्य प्राविधिकको सहयोग लिन अति उतम हुन्छ।
नराम्रो डिलको वनावट राम्रो डिलको वनावट
पोखरी निर्माणको सामान्य योजना(plan for pond construction)
WD = Water depth = 1.5 meter
FB = Freeboard =0.5 meter
DH =Design height =2.0 meter
SH = Settlement height =0.5 meter (assumed)
CH = Construction height =2.5 meter
५ कठ्ठा भन्दा ठूला पोखरी खन्दा वाहिर सिमानावाट करिव १० मिटर भित्रवाट माटो खन्न शुरु गर्नु पर्छ।यसरी डिलको आधार १० मिटर सम्म राख्नु पर्छ।डिलको चौडाई 2.0 मिटर राखे पुग्छ।पोखरीको वाहिर सिमानावाट करिव १० मिटर भित्र विचवाट ६०देखि ७० सेन्टीमिटर गहिरो चारैतिर माटो खन्दा पोखरीको चाहिने सम्पूर्ण उचाई 2.0 मिटर(माटो वसि सके पछी)प्राप्त हुन्छ डिल पनि वन्छ र धेरै माटो निस्किएर माटो ब्यबस्थापन गर्ने झंझट हुदैन।पोखरी खन्दा एकै चोटी धेरै माटो नखनेर विस्तारै मिलाउदै खन्नु पर्छ।
नयाँ डिल वनाउदा २.५ मिटर अग्लो वनाउनु पर्छ र माटो वसेपछी 2.0 मि पोखरीको जम्मा गहिराई हुन्छ। पोखरीको डिलवाट ०.५ मिटर तल सम्म Freeboard हुने भएकोले पानी १.५ मिटर कायम हुन्छ । freeboard सकिएपछी ०.५ मिटरको चौडाई भएको पोखरीको पेटी वनाउनु पर्छ।डिलको भित्रि वाहिरको स्लोप मिलाउनु पर्छ।यसरी पोखरि खन्दा करिव जम्मा जमिनको ७०%भाग जलाशय प्राप्त हुन्छ।