एकजातिय माछा पालनमा कुनै एक जातको माछा मात्र राखेर पालन गरिन्छ । यो तरिकाबाट माछा पालन गर्दा वढि खर्चिलो र सबै ठाउँमा उपयुक्त नहुन सक्छ । बगि राखेको पानीमा कमन कार्प एकजातिय माछा पालन गर्न सकिन्छ। बहुजातिय माछा पालन तरिकामा एउटै जलाशयमा कम्तिमा तिन जात वा सातै जात मिलाए पालन गर्न सकिन्छ र कम खर्चमा बढि उत्पादन लिन सकिन्छ । हाल बहुजातिय माछा पालन तरिका बढि लोकप्रिय भएको छ । एकिकृत माछा पालन तरिकामा एउटै ठाउँ, एकै समयमा माछाको साथै अन्य उत्पादन जस्तै धान, तरकारी, फलफुल, पशु पंक्षि पालन गरि थोरै संचालन खर्चवाट बढि फाईदा लिन सकिन्छ ।
नेपालमा कार्प जातका विभिन्न जातहरु मिलाएर पाल्ने गरिन्छ।यस्लाई वहुजातिय कार्प पालन प्रविधि वा पद्दति भनिन्छ।एक जातको मात्र माछा पाल्दा पोखरीमा उत्पादन धेरै हुदैन।पोखरीमा कम माछाको संख्या राखेमा माछाको साईज ठूलो हुन्छ तर उत्पादन वढी हुदैन। त्यसैले जव पोखरिमा माछाको घनत्व वढाउदै लिन्छौं उत्पादन पनि विस्तारै वढ्दै जान्छ। माछाको घनत्व वढाउदै जाँदा उत्पादन पनि वढ्छ र यस्तो वेला पनि आउछ माछाको संख्या वढाय पनि उत्पादन वढ्दैन तर माछाको वस्ने ठाँउ कम भएर माछालाई तनाव वढ्छ विस्तारै माछा रोगि भएर मर्न थाल्छ।
कति जातका माछा पाल्ने र कति संख्यामा माछा पोखरीमा राख्ने भन्ने कुरा सवै भन्दा वढी महत्वपूर्ण हुन्छ।यस पछी माछाको आहारा ब्यबस्थापनगर्नु पर्छ।सात जातका कार्प माछाले प्राकृतिक आहारा खान्छन र अर्धसघन कार्प पालनमा ग्रास कमन ले दाना पनि खाने भएकोले हप्ताको ६ दिन माछाको शारी रिक तौलको २-३%को दरले आधा व्रान र आधा पिना परिपुरक दानाको रुपमा खुवाउनु पर्छ।दाना खाने माछा वा मांशाहारी माछा भन्दा लेउ घाँस मल पिंधमा सडे गलेको चिजहरु खाने माछा पालनको लागि उपयुक्त हुन्छन्।
चाईना(china)मा सिल्भर कार्प ग्रास कार्प विगहेड कार्प र कमन कार्पका जातहरु मिसाएर पालिन्छ भने भारतमा विशेष गरी रहु नैनी भाकुर गरी यि तिन जातका माछाहरु पालिन्छ र सिल्भर कार्प ग्रास कार्प र कमन कार्पका रहु नैनी भाकुर/ विगहेड कार्प जातका माछाहरु मिलाएर नेपाल र भारतमा मूख्य रुपमा पालन गरिन्छ।
माछाको पोखरिमा तीन वटा तहहरु हुन्छन् ।यी तीन तहमा माछाका प्राकृतिक आहारा पाईन्छन्।
सवभन्दा माथिल्लो तह मा प्रकाशको शक्तीले शुक्ष्म वनस्पति (phytoplankton)को विकास गर्दछ।सुक्ष्म लेउ खाएर सुक्षम प्राणी (zooplankton) एक कोषिय प्राणी जन्य जीवहरुको विकास हुन्छ र यिनिहरु पोखरीको विच भागमा तैरिएर वस्छन्।पोखरिको माथिल्लो सतहर विचमा भएका सम्पूर्ण चिजहरु सडेगलेपछी पोखरीको पिंधमा पुग्छन्।यसरी पोखरीको तीनवटा सतहमा विभिन्न प्रकारका माछाका आहाराहरु पाईन्छन्।
पोखरीको माथिल्लो सतहमा वसी phytoplankton र zooplankton खाने माछाहरु मध्य सिल्भरकार्पले phytoplankton वढी रुचाएर खान्छ भने कृत्रिम दाना एकदम कम खान्छ। phytoplankton को मात्रा भन्दा zooplankton कम मात्र खाने गर्दछ।विगहेडकार्प र भाकुरले zooplankton खाने गर्दछ।रहु माछाले लेउ र दाना असाध्यनै वढी मनपराएर खान्छ।यसरी पोखरीको माथिल्लो सतह तथा विचमा वसि phytoplankton र zooplankton खाने माछाहरु सिल्भरकार्प विगहेडकार्प भाकुर रहु माछाहरु हुन्।टिलापियाले पनि phytoplankton र zooplankton मन पराएर खाने गर्छ।
ग्रास कार्पले घाँस खान्छ टिलापिया तथा रहुले एककोषिय लेउ र लहरा भएको वहुकोषिय लेउ खाने गर्दछ।ग्रास कार्प सवै सतहमा विचरण गर्दछभने रहु माथिल्लो सतह ता वीचमा वस्ने तथा विचरण गर्दछ।पोखरीको पिंधमा भएका किरा गड्यौला कुहियका चिजहरु खाई पिंधमा वस्ने र विचरण गर्ने माछाहरुमा नैनी र कमन कार्प पर्दछन्। नैनी र कमन कार्पले व्रान पिना तथा डुव्ने दाना(sinking feed) असाध्यै मन पराएर खान्छन् र पिंधको सरसफाई गर्नमा मद्दत गर्छन्।
पोखरीको माथिल्लो भागमा धेरै प्राकृतिक आहारा उपलब्ध हुने भएकोले पिंधमा वस्ने माछा कूल स्टकिङको ३०-४०% मात्र स्टकिङ गर्नु पर्छ भने वाँकी ६०-७०%माछा सतह तवा विचमा वस्ने माछा हाल्नु पर्छ।ग्रास कार्पले दाना तथा घाँस खाने भएकोले र सफा स्वच्छ पानी मन पराउने भएकोले १५-२०%हाल्नु पर्छ।कमन कार्प तथा ग्रासकार्प पोखरीको चारैतिर घुमफिर गर्ने माछाहरु हुन्।कुन जातका माछा कति हाल्ने भन्ने कुरा वजारमा माछाको माग माछाको खाने तथा वस्ने आनी वानी र पोखरीको मलिलोपना आदिमा भर पर्छ।मत्स्य विकास केन्द्र गेटामा सवैभन्दा वढी कमन ग्रास र रहु नैनी भुरा उपद्ध हुने तर तरसिल्भर विगहेड र भाकुर उपलब्ध नहुने भएकोले कमन ग्रास र रहु नैनी भुरालाई मुख्य स्टक मान्नु पर्ने हुन्छ।माछाको खाने वस्ने वानी तथा आहार विहार अनुसार माछाको ब्यबस्थापन गर्नु पर्छ।
बहुजातिय कार्प पालनमा मलखाद नियमित प्रयवग गर्नु पर्छ। चुना ६६ महिनामा प्रयोग गर्नु पर्छ।घरायसी दाना व्रान र पिना हप्तामा ५६ दिन हाल्नु पर्छ। सूक्ष्म वनस्पति–एक कोषिय लेउ घाँस/ पिंधको सडे गलेको चिज किरा गड्यौला खाने माछा पाल्दा राम्रो हुन्छ।
एक कठ्ठा जलाशयमा कति माछाको संख्या र कुन जातका कति अनुपातमा राख्ने(stocking density and ratio)
एक कठ्ठा जलाशयमा ३३८वर्ग मिटर क्षेत्रफल हुन्छ र १५ मि पानीको गहिराई मान्ने हो भने एस्मा ५०० घन मिटर वा ५लाख लिटर पानी हुन्छ।सामान्य तया १ वर्ग मिटर जलाशय क्षेत्रफल वा २ घन मिटर पानीमा १ वटा माछा पाल्न सकिन्छ।हाम्रो देशमा अर्ध सघन कार्प पालन भईरहेको छ र कृषकले एक कठ्ठा जलाशयमा ५० – ३५० किलोग्राम माछा उत्पादन गर्दै आएका छन्।३०० किलोग्राम भन्दा माथी माछा उत्पादन गर्न १०० ग्राम साईजको भुरा स्टक गर्नु पर्छ र ६ महिनामा पनि वजारयोग्य माछा उत्पादन गर्न सकिन्छ। माछा उत्पादनको लागि भुराको साईज स्टकिङ समय को साथसाथै माछाको संख्यामा पनि निर्भर गर्दछ।
माछा स्टक गर्दा ६०% माथिल्लो सतहमा वस्ने र ४०%पिंधमा वस्ने माछा हाल्नु पर्छ।कुन जातका माछा हाल्ने भन्ने कुरा माछाको भुराको उपब्धतामा भर पर्छ।खासगरी वजारमा वढी मन पराईएको माछा पाल्नु पर्छ।प्राकृतिक आहारा खाने माछा सिल्भर विगहेड र भाकुर माछा पोखरीमा हाल्दा अतिरिक्त उत्पादन वढ्छ वा यि माछाहरु पाल्नलाई कुनै अतिरिक्त खर्च लाग्दैन त्यसैले प्राकृतिक आहारा खाने माछा सिल्भर विगहेड र भाकुर माछा पोखरीमा अनिवार्य ट्ठ्टक गर्नु पर्छ तर हाम्रो देशमा योमाछाको भुराहरु पर्याप्त उत्पादन हुन सकेको छैन।
मत्स्य विकास केन्द्र गेटामा कमन कार्प ग्रासकार्प रहु नैनीको भुरापर्याप्त मात्रामा पाईन्छ।यी माछालाई व्रान पिना र मल घाँस आदि खुवाएमा २५० किलोग्राम प्रति कठ्ठा प्रति वर्ष माछा उत्पादन गर्न सकिन्छ।पाएमा सिल्भर विगहेड र भाकुर पनि स्टक गरेमा उत्पादन अझैं वढ्छ।
माछा पोखरीमा १००० के जि phytoplankton वाट १०० केजि zooplankton र यस्वाट १० केजि माछा तयार हुन्छ।
नेपाल सरकारले शिफारीश गरेको वहुजातिय कार्प माछा पालनमा
माछाको घनत्व तथा जातहरु(stocking density and ratio)
मध्य पहाडी क्षेत्रमा चिसो हावापानीका कारणले रहु नैनी भाकुर जातको माछाहरुको वृद्धिदर कम हुने भएकोले ग्रास कार्प र कमन कार्प पालन गर्दा राम्रो हुन्छ। (कमन कार्प : ग्रास कार्प ५०:५० अनुपात) तर पहाडमा कमन कार्प वढि लोकप्रिय छ।यसले तैरिने गोटी दाना मन पराएर खान्छ।(www.cfpcc.gov.np)
मत्स्य विकास केन्द्र गेटामा उपलब्ध मत्स्य विज अनुसार माछाको स्टकिङ
क्रसं | माछाको जात | अनुपात% | प्रति कठ्ठा माछाको संख्या | कैफियत | |||||
भुराको साईज | |||||||||
१० सेमी लामो, १० ग्राम तौल भएको | ५ सेमी लामो, ५ ग्राम तौल भएको | ||||||||
350 | 500 | अलि अलि मात्रामा सिल्भर , विगहेड तथा भाकुरको भुरा पाईएको अवस्थामा
|
|||||||
१ | कमन कार्प | 25 | 90 | 125 | |||||
२ | सिल्भरकार्प | 10 | 35 | 50 | |||||
३ | विगहेड कार्प | 5 | 20 | 25 | |||||
४ | ग्रास कार्प | 20 | 70 | 100 | |||||
५ | रहु | 20 | 70 | 100 | |||||
६ | नैनी | 15 | 50 | 75 | |||||
७ | भाकुर | 5 | 15 | 25 | |||||
जम्मा | 100 | 350 | 500 | ||||||
स्टकिङ १ मत्स्य विकास केन्द्र ,गेटा , कैलालीमा कमन, ग्रास, रहु र नैनीको भुरा प्रयाप्त पाईन्छ । अलि अलि मात्रामा सिल्भर , विगहेड तथा भाकुरको भुरा पाईएको अवस्थामा माथिको तालिका अनुसार भुरा स्टक गर्नु पर्छ।
तालिका २ |
|||||||||
क्रसं | माछाको जात | अनुपात% | प्रति कठ्ठा माछाको संख्या | कैफियत | |||||
भुराको साईज | |||||||||
१० सेमी लामो, १० ग्राम तौल भएको | ५ सेमी लामो, ५ ग्राम तौल भएको | ||||||||
350 | 500 | सिल्भर, विगहेड तथा भाकुरको भुरा नपाईएको अवस्थामा।
दाना खाने माछा वढि भएकोले राईस व्रान, तोरिको पिना, गहुको पिठो नियमित खुवाउनु पर्छ। |
|||||||
१ | कमन कार्प | 30 | 90 | 150 | |||||
२ | सिल्भरकार्प | 0 | 0 | 0 | |||||
३ | विगहेड कार्प | 0 | 20 | 0 | |||||
४ | ग्रास कार्प | 20 | 70 | 100 | |||||
५ | रहु | 30 | 105 | 150 | |||||
६ | नैनी | 20 | 50 | 100 | |||||
७ | भाकुर | 0 | 15 | 0 | |||||
जम्मा | 100 | 350 | 500 | ||||||
- मत्स्य विकास केन्द्र ,गेटा , कैलालीमा सिल्भर, विगहेड तथा भाकुरको भुरा प्रयाप्त पाईदैंन । सिल्भर, विगहेड तथा भाकुरको भुरा नपाईएको अवस्थामा माथिको तालिका अनुसार भुरा स्टक गर्नु पर्छ।
वर्तमान अवस्थामा कृषकहरुले प्रति कठ्ठा ५०- २०० किलोग्रामसम्म माछा उत्पादन गर्ने गरेकै पाईएको छ।कृषि तथा माछापालनको उत्पादन सवै ठाँउमा एकनाशको नहुने हुन्छ।हाम्रो परिवेशमा माछा उत्पादनको लागि ५ देखि १० कठ्ठाको पोखरी उपयुक्त हुन्छ।सामान्यतया कृषकहरुले प्रति कठ्ठा३००-५०० फिङ्गरलिङ स्टक गरी १५०-२०० किलोग्राम माछा उत्पादन गरेको पाईन्छ।फागुनमै भुरा स्टक गर्दा राम्रो हुन्छ। वर्षातको भरमा माछा पाल्दा उत्पादन कम हुन्छ।प्राय जसोले सानो भुरा नै स्टक गर्ने काम गर्छन् र प्राकृतिक तालमा सानो भुराको मृत्यू दर वढि हुन्छ।
माछा पालनका नमूनाहरु(www.cifa.in)
single stocking single harvesting- यस्मा ८०००-१०००० फिङ्गरलिङ/हेक्टर भुरा स्टक गरिन्छ र १० महिना पछि माछा मारिन्छ तर कृषकहरुले आफ्नै नर्सरी वनाएको खण्डमा १० ग्राम साईजको भुरा १००००-१५००० /hectare स्टक गर्ने र आधा माछा ६ महिना पछी मार्ने र आधामाछा अर्को ६ महिनामा मारेको खण्डमा उत्पादन वढि लिन सकिन्छ।multiple stocking multiple harvesting -यस्मा १००-३०० ग्राम साईजको भुरा स्टक गरी ४-६ महिनामा खान योग्य माछा उत्पादन गर्न सकिन्छ।ठूलो तथा खानयोग्य माछा हरेक ६-६ महिनामा समातिन्छ /मारिन्छ र फेरी नयाँ ठूलो भुरा स्टक गरिन्छ र पोखरीमा प्रति कठ्ठा ३००-३५०गोटा १००-३०० ग्राम साईजको ठूलो भुरा जहिले पनि भईरहन्छन्।१० कठ्ठा भन्दा वढी जलाशय भएका कृषकहरुले कूल माछा पालन क्षेत्रफलको १०-२०%नर्सरीको लागि छुट्टयाउनु पर्दछ।यसरी आधुनिक तरीकाले माछा पालन गरेको खण्डमा प्रति हेक्टर ५-१५मेट्रिक टन मा उत्पादन गर्न सकिन्छ।