• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, असार ०६, २०८२ | Friday 20th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • ४ घण्टा अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • ४ घण्टा अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • ४ घण्टा अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • १ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

  •  संवाददाता
  • मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटु रोग देखिएको छ। किन बढ्दै छ मुटु रोग रु यसका लक्षण के हुन्रु सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले किन सबैलाई देखिन थालेको छ रु के हो हृदयघातरु यसलाई कसरी कम गर्न सकिन्छ ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश:

    किन बढ्दैछ मुटु रोग ?
    मुटु रोग भन्नाले जन्मजात मुटु रोग पनि हुनसक्छ। कतिपयमा खानपान र जीवनशैलीका कारण यो समस्या देखिन्छ। हृदयघात भनेको मुटुको रक्तनलीसँग सम्बन्धित समस्या हो। उमेर बढ्दै जाँदा मुटुको भल्भमा समस्या आउने, मांशपेसी सम्बन्धी रोग र मुटुको धड्कन सम्बन्धी रोग हुन्छन्। मुटुको रक्तनलीसँग सम्बन्धित रोग जुन हृदयघात हो। यो संसारमा अल्पआयुमा मृत्यु हुने पहिलो कारण बन्दै आएको छ।

    नेपालको सन्दर्भमा पनि हृदयघात अकालमा मृत्यु हुने पहिलो कारण बन्न थालेको हो ?

    पहिला विकसित देशमा धेरै हुन्छ भनेर भनेको थियो। हामीले पढेको पनि त्यही थियो। तर पछिल्लो दशकमा यो रोग गरिब देशमा बढ्दै गएको देखिन्छ। यसको कारण रक्तचाप, मधुमेह, कोलेस्टोल बढेका बिरामीका लागि यो घातक देखिन्छ। धुम्रपान, अस्वस्थकर खानेकुरा खाने र शारीरीक व्यायाम कम गर्नेका लागि यसको जोखिम बढी नै हुन्छ। सुरुमा ५०–६० वर्षमा मात्र देखिने यो समस्या अहिले कम उमेरमासमेत देखिन थालेको छ।

    ४० भन्दा कम उमेरका युवामा हृदयघात के कारणले बढ्दै गयो ?
    वयस्कमा हृदयघातको जोखिम बढ्नुको कारण पहिलो नम्बर धुम्रपान नै देखिन्छ। पछिल्लो समय युवाहरु वयस्क उमेरमै चुरोटको लतमा हुन्छन्। अहिले स्कुले जीवनबाट नै ध्रम्रपान सुरु गर्नु फेसन जस्तै भएको छ। यसको असरले मुटुसम्बन्धी रोग बढ्दै गएको मान्न सकिन्छ।

    मुटु रोग नलागोस् भन्नको लागि हामीले के गर्ने ?

    हामी अहिले संक्रमणकालीन समयमा छौँ। खेती किसानीमा आधारित अर्थतन्त्र हुँदा हामी शारीरिक सक्रियतामा बढी नै सहभागी हुन्थ्यौं। घाँस, दाउरा, उकालो ओरालो गर्नु दैनिकी थियो। शारीरिक रुपमा मान्छे फिट थियो। अहिले शारीरीक सक्रियता घट्दै गयो। जो शारीरिक रुपमा सक्रिय छैन उनीहरुले नियमित एक घण्टा सास बढ्नेगरी हिँड्नु अनिवार्य हुन्छ। मुटुलाई स्वास्थ राख्न धुम्रपान बन्द गर्नुपर्छ। विश्वमा जति मान्छेको अल्पआयुमा मृत्यु हुन्छ त्यसको पहिलो कारण धुम्रपान नै हो।

    खानपानमा परम्परागत खाना ठिक थियो। त्यसलाई हामीले छोड्दै गएका छौँ। तयारी खानेकुरा कम गर्दै सागपात मौसम अनुसारका फलफूल खानुपर्छ। आहार, बिहार र व्यायाममा ध्यान दिएमा मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ।

    मुटु रोग कति प्रकारका हुन्छन् ?
    मुटुमा भल्भहरु, मुटुको मांसापेसी, मुटुको रक्तनलीसँग सम्बन्धित रोगहरु हुन्छन्। आम मानिसमा मुटुरोग भनेर मुटुको रक्तनली वा हृदयघात भनेर बुझिन्छ। तर मुटुको रोग अरु खालको पनि हुन्छ। जस्तो जन्मजात मुटुको रोग हन्छ। मुटुमा प्वाल हुने, मुटुको रक्तनलीहरु बाङ्गो भएर निस्कनेलगायत रोग हुन्छन्।

    अर्को मुटुको भल्भ सम्बन्धी समस्या हुन्छ। जसलाई हामी मुटुको बाथ रोग भन्छौँ। रोम्याटिक फिवर, रोम्याटिक हार्ट डिजिज भनिन्छ। यो रोग स्कुले बालबालिकालाई लाग्छ। यसमा मुटुको भल्भको समस्या हुन्छ र यसको भल्भको अप्रेसन गर्नुपर्ने हुन्छ। अर्को मुटुको चालसँग सम्बन्धित रोग पनि हुन्छ।

    यो सबै समस्या पुरुषमा बढी हुने हो ?
    मुटुको रक्तनलीको केशमा पुरुषमा समस्या बढी नै देखिन्छ। मुटुको रक्तनली साँघुरो हुने भएकाले महिलाको तुलनामा हृदयघात पुरुषमा बढी हुन्छ। धुम्रपान, मद्यपान बढी गर्ने र अस्वस्थकर खाना बढी खाने पुरुष नै हुन्छन्। त्यसैले यो समस्या पुरुपमा बढी देखिन्छ।

    मुटुको रोगमा कस्ता खाना खाने वा नखाने भन्ने हुन्छ ?
    मुटुको रोग विशेष गरी खानपान र जीवनशैलीमा जोडिएको नै हुन्छ। हामीले के खान्छौँ त्यसको आधारमा नै स्वास्थ्य अवस्था निर्धारण हुन्छ। त्यस कारण हामीले स्वस्थ खाना खानुपर्छ। स्वस्थ खानामा रातो मासु कम गर्नुपर्छ। कुखुरा र माछाको मासुमा जोड दिनुपर्छ। सेतो मासु ठिकै खाने गर्नुपर्छ। हरेक कुरामा नुनको मात्रा कम गर्नुपर्यो। जङ्ग फुडहरू कम गर्नुपर्छ। चिल्लो बोसो भएको खाना कम गर्ने। फलफूल सागपात प्रोटिनको मात्रा बढाउने खाने कुरा खानुपर्छ। भात कम खानुपर्छ। भातले पनि मोटोपना बढाएको छ।

    बाल्यकालदेखि नै मुटुको सुरक्षा कसरी गर्ने ?
    कुनै पनि रोग रातारात हुने होइन। यसको लामो प्रक्रिया हुन्छ। मुटुको रोगमा जन्मजात आएको छ भने अर्कै कुरा भयो। मुटुको बाथ रोग स्कुले बालबालिकालाई हुन्छ। त्यसमा घाँटी दुख्ने, जोर्नी दुख्ने र श्वास फेर्न गाह्रो हुने हुन्छ। त्यस्तो बेला अस्पतालमा जानुपर्छ। यसरी अस्पतालमा समयमा नै आउँदा हामीले मुटुको भल्भ जोगाउन सक्छौँ। चिकित्सकको सुझाव अनुसार समयमै औषधि खान सक्छौं।

    हृदयघात एकसाथ हुने होइन। लामो समयदेखि मुटुको रक्तनलीमा कोलेस्ट्रोलहरू जम्मा हुँदै जान्छ। जसलाई हामीले एथेरोमा भन्छौँ। यो भनेको मान्छेको उमेर बढ्दै जाँदा सुरु भइसकेको हुन्छ । कोही स्वस्थ छ भने उसमा त्यो त्यतिकै रहन्छ। स्वास्थ्यमा समस्या छ भने सबै चिज बिग्रिँदै गएपछि कोलेस्ट्रोल बढ्दै जान्छ। एथेरोमा साघुँरीदै जाने प्रोसेस एकदमै छिटो हुन्छ। कतिपय परिवारमा सानै उमेरमा नै हृदयघात भएर मर्ने केशहरु हुन्छन्। त्यस्तो परिवारमा कसैलाई छ भने समयमा नै कोलेस्ट्रोल जाँच गर्नुपर्छ। सँगै स्वस्थ जीवनशैली अपनाउनु अनिवार्य छ।

    कसैले स्कुले जीवनबाट नै चुरोट खान सिक्छ। खराब जीवनशैली युवा अवस्थाबाट सुरु गरेको मान्छेमा मुटुको समस्या चाँडै देखिनसक्छ। स्वस्थ हुन मेहनत चाहिन्छ। मुटु रोगबाट बच्न बाल्यकाल, युवा अवस्थादेखि वृद्धअवस्थासम्म सबै मानिसले आफ्नो जीवनशैलीलाई सुधार गर्नुपर्छ।

                                                                                                                                                                               -खवरहवबाट

    मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.