काठ तस्करीको आरोपमा कञ्चनपुरका एक जिम्मेबार जनप्रतिनिधी पक्राउ परेका छन । बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन । वडाध्यक्ष चौधरीलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप छ ।
वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको छ ।
चौधरी भन्सारको रुख काटेको आरोपमा जिल्ला वन टोलीले पक्राऊ परेको डिभिजन वन कार्यालयका सम्भु प्रसाद कोइरालाले जानकारी दिए ।
जिल्लाको डिभिजन वन कार्यालय सम्भु प्रसाद कोइरालाका अनुसार उजुरी आएपछि संयुक्त वन टोलीले उनीहरूलाई आईतबार पक्राउ गरेको हो।
उनले भन्सारका ठूला रूखहरु अबैध रुपमा काटेको वन कार्यालयले जनाएको छ । काठसहित उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सम्भु प्रसाद कोइरालाका जानकारी दिए । ‘काठ तस्करी भइरहेको उजुरी सूचनाका आधारमा हामीले निगरानी बढाएका थियौँ ।त्यही आधारमा अध्यक्षलाई पक्राउ परेका हौं । अध्यक्षलाई थप अनुसन्धानका लागि वन कार्यालयको हिरासतमा राखिएको उनले बताए ।
बेलौरी नगरपालिका उपप्रमुख जोगराज चौधरीले सरसफाई भन्दै आफुलाई समेत भन्सार क्षेत्रमा बोलाएको तर आफुले काठ नकाट् सम्झाई बुझाई गर्दा उल्टै आफुसंग वडाध्यक्ष सहितका स्थानीय रिसाएको बताए । ‘केही दिन पहिला वडाले बेलौरी भन्सार क्षेत्रमा सरसफार्ई राखेको थियो, त्यहाँ मलाई पनि बोलायो, ‘उनले भने, ‘मैले रुख काट्दा फसिन्छ, भने कसैले मानेन, आज यो गति भोक्नुप¥यो ।’