• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, असार ०५, २०८२ | Thursday 19th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • १ हप्ता अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • १ हप्ता अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • १ हप्ता अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • १ हप्ता अगाडि

बझाङका भूकम्प प्रभावित खुला चौरमा, आश्वासन मात्रै दिएर फर्किए प्रधानमन्त्री र मन्त्रीहरु

  •  संवाददाता
  • शनिबार, असोज २०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

    बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार पहिलेदेखि नै गाउँ–गाउँमा गएर आरनको काम गरी जीविका चलाउँदै आउनु भएको छ ।

    आरनबाट जीविका चलाउन मुश्किल हुन थालेपछि उहाँ बेलाबेला भारत पनि जाने गर्नुहुन्छ । भारतका विभिन्न सहरमा मजदुरी गरेर छोराछोरीलाई पढाइ र घरायसी खर्चको जोहो गर्दैगर्दा अघिल्लो वर्ष कात्तिकमा गाउँमा भूकम्प गयो र उहाँको घर चर्कियो ।

    त्यसपछि उहाँ घर फर्कनुुभयो र चर्किएको घर टालटुल गरेर बस्न थाल्नुुभयो । अघिल्लो वर्षको भूकम्पको पीडा बिर्सन नपाउँदै गएको मङ्गलवारको ठूलो भूकम्पले उहाँको घर भत्कियो । अहिले उहाँसहित ४ छोराछोरी श्रीमतीको त्रिपालमुनिको बास भएको छ ।

    लुहारले भन्नुभयो, ‘गाउँ–गाउँबाट आरनको काम गरेर जम्मा गरेको अन्नपानी (खाद्यान्न), लत्ताकपडा घर भित्रै च्यापियो । अहिले एक छाकको जोहो गर्न पनि धौ–धौ छ । बाहिर खुल्ला आकाश मुनिको बास छ । छोराछोरीको चिन्ता एकतर्फ छ भने रातिको समयमा के बिच्छ्याउने रु के ओढ्ने रु साह्रै समस्या भएको छ ।’ अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँको गुनासो छ ।

    थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापा सुत्केरी भएको ६ महिना भयो । उहाँको पनि खुल्ला आकाश मुनिको बास छ । उहाँलाई आफ्नोभन्दा पनि ६ महिनाको शिशुको चिन्ता छ । उहाँका ससुरा नरबहादुर थापा भन्नुहुन्छ, ‘भर्खर जन्मिएको नातिलाई खुल्ला आकाशमुनि बसाल्दा निकै समस्या छ ।’ बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको उहाँले बताउनुभयो ।

    थलारा गाउँपालिका–९ आमबरकी एकल महिला मुलुदेवी दमाईको पनि उस्तै समस्या छ । भएको सानो झुपडी भूकम्पले भत्काएपछि उहाँलाई कसरी रात बिताउने भन्ने चिन्ताले पिरोलेको छ । ुघरमा कोही पनि छैन । सम्पत्तिको नाममा एउटै झोपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरुबाट स–साना पालका टुक्रा सङ्कलन गरेर टहरो बनाएकी छु । सानो पाल र एक छाक खानको जोहो कसैले गरी दिए वा आफूले पाए तत्काललाई ठूलो राहत हुन्थ्यो’ उहाँले भन्नुभयो ।

    यस्तै सिरेटाका हिरा शार्कीको पनि अवस्था उस्तै छ । उहाँको घरमा उहाँसहित श्रीमती र तीनजना छोराछोरी छन् । भारतका विभिन्न सहरमा मजदुरी गरेर जीविका चलाउँदै आएका हिरा घर आएको ५ महिना मात्रै भयो । भूकम्पले घर पूरै भत्काएपछि उहाँसहित छिमेकीहरु खुला चौरमा बस्न बाध्य छन् ।

    उहाँ भन्नुहुन्छ, ‘छोरी १४र१५ वर्षकी भइन् । शौच गर्नका लागि शौचालय पनि भत्किएको छ । खुला ठाउँमा रातिको समयमा डर हुन्छ । हामी पुरुषभन्दा पनि मेरो छोरी जस्तै अरुका छोरीबुहारीलाई बढी समस्या छ ।’ भूकम्पपछि एकरात पनि राम्रोसँग सुत्न नपाएको उहाँले गुनासो गर्नुभयो ।

    शुक्रवार प्रधानमन्त्रीसहित मन्त्रीहरु आए पनि राहत नआएको पीडितहरुको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूहरुका समस्या राख्न चाहे पनि नपाएको पीडितहरुको भनाइ छ । पीडितहरुका अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेर फर्किएका छन् ।

     

    थलारा वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्रबहादुर विष्टका अनुसार गाउँमा १ सय ३० वटा घर पूर्णरुपमा भत्किएको छ । २ सय ७५ वटा घर उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेन्द्र चौधरीले भूकम्पबाट सबैभन्दा धेरै क्षति थलारा गाउँपालिकामा भएको बताउनुभयो । उहाँका अनुसार थलारा गाउँपालिकामा ६७ वटा घर भत्केको र १२ वटा घर चर्किएको छ ।

    यस्तै, जयपृथ्वी नगरपालिकामा २९ वटा घर भत्किएको र ४८ वटा घर चर्किएको छ । बुङ्गल नगरपालिकामा २ वटा घर भत्किएको छ भने २ वटा घर चर्किएको छ ।

    यस्तै, विथ्थडचिर गाउँपालिकामा एउटा घर भत्किएको र एउटा घर चर्किएको छ । केदारस्युँमा एउटा घर र दुर्गाथलीमा ४ वटा घर भत्किएको छ । छविसपाथिभेरामा ७ वटा घर भत्किएको र ४० वटा घर चर्किएको छ । खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्किएको छ भने ४० वटा घर चर्किएको छ । मष्टामा ३ वटा घरमा पूर्ण क्षति, ५ वटा घर भत्किएको र एउटा घर चर्किएको छ भने तलकोट गाउँपालिकामा ३ वटा घर भत्किएको र ३ वटा घर चर्किएको छ ।

    • बझाङका भूकम्प प्रभावित
    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.