• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, असार ०६, २०८२ | Friday 20th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • २ घण्टा अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • २ घण्टा अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • २ घण्टा अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • १ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीको चुरेमा २३ टन क्षमताको ‘कोल्ड च्याम्बर’उद्घाटन,सञ्चालनका लागी गाउँपालिकालाई हस्तान्तरण

  •  जीवन बिष्ट
  • मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी,३० असोज – किसानहरूको तरकारी तथा फलफूल सञ्चित गर्ने उद्देश्यले कैलालीको चुरे गाउँपालिकामा २३ टन क्षमताको कोल्ड च्याम्बर सञ्चालनमा आउने भएको छ । सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले गाउँपालिकाको वडा नम्बर ३ क्रसर डाँडामा कोल्ड च्याम्बरको पूर्वाधार तयार गरी सञ्चालनका लागी चुरे गाउँपालिकालाई सोमवार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।
    ५१ लाख १६ हजार २ सय ८४ रुपैयाँको लागतमा चन्द्र बिकास यज्ञ लक्ष्मी निर्माण सेवा धनगढीले तयार गरेको भवन गत साउन १३ गते निर्देशनालयलाई हस्तान्तरण गरेको थियो । निर्देशनालयले भवनको उद्घाटन गर्दै सञ्चालनका लागी गाउँपालिकालाई जिम्मा दिएको हो ।

    कोल्ड च्याम्वरको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले कृषि उत्पादनको उर्वर भूमि चुरे क्षेत्रमा कोल्ड च्याम्वर अत्यावश्यक रहेको बताए । जेनरेटरबाट सञ्चालन गर्दा एक दिनमै १० हजारको डिजेल लाग्ने भएकाले बिजुली जडानको विकल्प नभएको उनको भनाइ छ ।

    ‘तरकार फलफूल र जडिवुडिका लागी यो सम्भावना बोकेको स्थान हो। कृषकहरूको उत्पादनलाई खेर जान नदिन हामीले यो अवधारणा लिएका हौँ।चुरेमा कफीको पनि राम्रो सम्भावना छ । यसका लागी पनि हामीले कार्यक्रम बनाएर उत्पादनमा जोड दिनुपर्छ,’मन्त्री चौधरीले भने ।

    May be an image of 9 people and text
    मन्त्रालयका सचिव डा. मदनसिंह धामीले कोल्ड च्यामबर यथाशीघ्र सञ्चालनमा ल्याइनुपर्ने बताए । ‘हामीले भवन र प्रविधि तयार गरी प्रदान गरेका छौँ । अव गाउँपालिकाले कृषकहरूले सेवा पाउने गरी तत्काल सञ्चालनमा ल्याउनु पर्छ यसका लागी मन्त्रालयबाट के गर्नु पर्छ हामी तयार छौँ,’सचिव धामीले भने ।
    कोल्ड च्याम्वर भवनको साँचो हस्तान्तरण गर्दै कृषि विकाश निर्देशक यज्ञराज जोशीले यसको संरक्षण र सञ्चालनको दायित्व पालीकाको रहेको बताए । कृषकका तरकारी तथा फलफूल सङ्कलन र बजारीकरणका लागी उपयुक्त स्थानमा च्यामबर बनाइएको बताउँदै जोशीले चुरेका कृषकहरूले यसबाट प्रशस्त लाभ पाउने जानकारी दिए ।

    ‘चुरेमा उत्पादन भएको तरकारी फलफूलले कैलाली–कञ्चनपुरको माग पुरा गर्न सक्छ । यहाँको मुख्य समस्या उत्पादित तरकारी समयमै बजार सम्म पु¥याउन नसक्नु हो । यहीँ समस्यालाई मध्यनजर गर्दै हामीले च्यामबर निर्माण गरेका हौँ । आवश्यकताको आधारमा यहाँ कोल्ड च्यामबर थप गर्न सकिन्छ । जग्गा प्रशस्त छ । अव गाउँपालीकाले सञ्चालन गर्छ ।यसमा प्राविधिक र आर्थिक सहयोग हामी गर्न तयार छौँ,’निर्देशक जोशीले भने ।

    May be an image of 6 people, dais and text

    कार्यविधि तयार गरेर कोल्ड च्यामबर सञ्चालन गरिने चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले बताए । ‘कृषि विकाश निर्देशनालयले हामीलाई हस्तान्तरण गरेको छ । बिजुली जडान,शौचालय निर्माण लगायतका काम बाँकी छ । सञ्चालनका लागी आवश्यक जनशक्ति को पनि व्यवस्थापन गर्न बाँकी छ । यथाशीघ्र सञ्चालनका लागी हामी प्रयासमा छौँ,‘गाउँपालिका अध्यक्ष बोगटीले भने ।
    कोल्ड च्याम्बर सञ्चालनमा आउनुभएपछि चुरेका कृषक हर्षित बनेका छन् । जोगाउन नसकेर खेर गइरहेको तरकारी फलफूलबाट मूल्य पाइने अपेक्षामा उनीहरू छन् ।

    May be an image of 9 people and text

     

    • ‘कोल्ड च्याम्बर
    • कैलालीको चुरे
    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • २.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ३.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ४.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ५.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ६.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ७.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ८.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ९.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १०.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.