• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

झलमल्ल हुँदै धनगढी !

  •   दीपक ओली
  • शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अभियान थालेर सडक बत्ती जडान गरी धनगढीलाई झिलिमिली बनाउन थालेको छ । उपमहानगरले ‘उज्यालो धनगढी’ अभियान कार्यक्रम अन्तरगत स्मार्ट सडक बत्ती जडानलाई तीव्रता दिइ धनगढीलाई झिलिमिली बनाउन थालेको हो ।

    सुदूरपश्चिम प्रदेशको प्रमुख ब्यापारी सहर तथा प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीले ‘उज्यालो धनगढी’ अभियान अन्तरगत बजार क्षेत्रका मुख्य ठाउँमा स्मार्ट स्ट्रीट लाइट र हाइमास्ट लाइट जडान गरी रातिको समयमा पनि धनगढीलाई झलमल्ल बनाउन तीव्रता दिएको उपमहानगरले जनाएको छ । यो अभियान धनगढीका १९ वटै वडामा सञ्चानल हुने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।

    बिहीबार दोस्रो चरण अन्तरगत उपमहानगरले ‘उज्यालो धनगढी’ अभियान कार्यक्रम मार्फत ७६ वटा ८ मिटर अग्लो स्टील ट्युबलर पोलमा १ सय ५८ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेर क्याम्पसचोक देखि मनेहरा तथा ट्राफिक चोक चौराह देखि त्रिनगर भन्सार नाकासम्म सडक बत्ती बालेको छ । सम्पूर्ण लगानी धनगढी उपमहानगरले बेहोरेको यसमा ७६ लाख २० हजार ४९४ रुपैयाँ लागत रहेको उपमहानगरपालिकाका विद्युत शाखा प्रम्ख महेश भट्टले बताए ।

    यसअघि उपमहानगरपालिकाले पहिलो चरण अन्तर्गत धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी क्षेत्रको ६ दशमलव ६ किलोमिटरमा २ सय १२ वटा ८ मिटर अग्लो स्टील ट्युबलर पोलमा ४ सय ३२ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेर सडक बत्ती बालेको थियो । धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ती प्रबर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा सो स्मार्ट स्ट्रीट लाइट जडान गरिएको प्रमुख भट्टले बताए । उनकाअनुसार यसमा झण्डै २ करोड ७० लाख लागत रहेको छ ।

    त्यसैगरी धनगढीका प्रमुख चोकमा ‘उज्यालो धनगढी’ अभियान अन्तरगत हालसम्म १६ मिटर उचाईको पोलमा १५ थान हाइ माष्ट लाइट समेत जडान गरी झिलिमिली बनाइएको नगर प्रमुख हमालले बताए । उनकाअनुसार सो हाइ माष्ट लाइटमा उपमहानगरको ९७ लाख ४९ हजार ६ सय ४० रुपैयाँको एकल लगानीमा जडान गरिएको हो ।

    यसअघि उज्यालो छदै बन्द हुने व्यापार–व्यवसाय उपमहानगरले सडक बत्ती बालेपछि व्यवसायीले सुरक्षाको अनुभूति भईं अबेरसम्म व्यापार–व्यवसाय गर्न सकिने अवस्था सिर्जना भएको तथा झिलिमिली उज्यालोका कारण महिला तथा बालबालिकाले समेत सुरक्षाको अनुभूति भइ हिडडुल गर्न सजिलो भएको बताए ।

    नगर प्रमुख हमालले साँझ ६ नबज्दै सुनसान हुने धनगढीलाई बत्तीले झिलिमिली पारेर उज्यालो अर्थतन्त्रको रूपमा विकास गर्ने योजना रहेको बताए । उनले भने– ‘बजार तथा सडक क्षेत्रमा उज्यालो भयो भने असुरक्षा नहुँने हुँदा मान्छेहरुको चहलपहल बढेर अध्यारो नहुँदै व्यापार–व्यवसाय बन्द गर्नुपर्ने अवस्था अन्त भइ व्यापार–व्यवसाय गर्नेलाई पनि फाइदा पुग्नेछ ।’

    ‘उज्यालो धनगढी’ अभियान अन्तरगत अब तेस्रो चरणमा स्मार्ट सडक बत्ती बाल्न हालै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबर्द्धन आयोजनासँग सम्झौता भइसकेको छ । कूल ४ करोड ८७ लाख ५९ हजार ५९७ रुपैयाँ बजेट रहेको यसमा धनगढीको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी रहने शाखा प्रमुख भट्टले जानकारी दिए ।

    उपमहानगरले ‘उज्यालो धनगढी’ अभियान अन्तरगत धनगढीका सम्पूर्ण क्षेत्रमा क्रमशः स्मार्ट सडक बत्ती र हाइमाष्ट लाइट तथा मिनी माष्ट लाइट जडान गरेर रातिको समयमा पनि झलमल्ल बनाई सर्वसाधरणको आवतजावतमा सहज भई सुन्दर धनगढी बनाइने कार्यक्रम रहेको नगर प्रमुख हमालले बताए ।
                                                                        -राजधानी दैनिक

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.