• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, असार १०, २०८२ | Tuesday 24th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने
  • २ दिन अगाडि

 सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
  • ४ दिन अगाडि

कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
  • ४ दिन अगाडि

डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु
  • ४ दिन अगाडि

सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने
  • ५ दिन अगाडि

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • २ हप्ता अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • २ हप्ता अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • २ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • २ हप्ता अगाडि

थारु वस्तीमा सखिया रौनक, नृत्यमार्फत जनचेतना छर्दै किशोरकिशोरी

  •  संवाददाता
  • बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    थारू समुदायले दसैँका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शब्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन् । परम्परागत सखिया नृत्यसँगै सुरिलो भाकामा सामूहिक रुपमा गाइने गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलिलासँगै कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी लयबद्ध रुपमा गाइने गरिन्छ ।

    परम्परागत गीतसँगै बालविवाह, चेलिबेटी बेचविखन, छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सन्देश दिने खालका गीत गाउन थालिएको छ । वर्षौँदेखि समाजमा जरो गाडेर बसेको विकृति विसङ्गतिविरुद्ध व्यङ्ग कस्दै जनचेतनामूलक गीतलाई समावेश गर्न थालिएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका मीना चौधरीले बताइन्। ‘छोरीलाई छोरासरह व्यवहार गर्नुपर्छ, विद्यालय पठाउनुपर्छ, उमेर नपुगी विवाह गर्न पाइदैन भन्ने सन्देशमूलक कुरा राखेर गीत बनाएका छौँं’ उनले भनिन्, ‘नेपाली र थारू भाषालाई मिश्रण गरी मनोरञ्जन दिने र चेतना छर्ने किसिमले गीत बनाएर गाउन थालेका छौँ ।’

    दसैँको टीकापछि घर–घरमा पुगेर सखिया नृत्य देखाउनुपर्ने भएकाले सन्देशमूलक कुराहरूलाई सबैको मनमस्तीस्कमा पुर्‍याउन थालिएको सखिया नृत्यकै भावना चौधरीले बताइन्।

    सखि अर्थात साथी, सहेली मिलेरसँगै नाच्ने, गाउने सामूहितकताको प्रदर्शन गर्ने सखिया नृत्यलाई समाज परिवर्तनका लागि मुख्य आधारका रुपमा लिएर जनचेतना छर्ने कार्यमा जुटेको उनको भनाइ छ । ‘गीत सुनेर गाउँका घरमूली सचेत भएका छन्’ उनले भनिन्, ‘गीतलाई आकर्शक ढङ्गले गाउने र नृत्यलाई पृथक ढङ्गले प्रस्तुत गर्ने भएकाले यसलाई रुचाउन थालिएको छ ।’

    ‘ आमा मा म छोरी हैन र मलाई पनि पठाइदेउन स्कुल । चुटु मुतु फुल बारीमा फूल छ बुकी फूला सुग्घर सुग्घर गोही हुक्रा दर्शन देह आइहो ए मोरे गोही माया मार्के जिन जैइहो कोह्रे ।’

    गीतको अंश सुनाउँदै उनले भने, ‘गीतकाबीच विचमा सन्देशमूलक कुरालाई नेपालीमै आकर्शक ढङ्गले राखेर गाउन थालेपछि यी गीतको माग बढ्न थालेपछि गाउन थालेका हौँ ।’ सखिया नृत्यको गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदीको बैठक बसी आयोजना गरिन्छ । ‘समाजका प्रबुद्ध व्यक्तिको सहभागितामा कस्तो गीत गाउने, कसले मादल बजाउने र गायनमा अगुवाइ गर्ने भन्नु कुराको निक्र्यौल पहिलेनै गरिन्छ’ थारु अगुवा विश्राम चौधरीले भने, ‘त्यसै क्रममा गीतको चयन गरिन्छ, गीत चयन गरिँदा समाज परिवर्तन गर्ने खालका कुरा समावेश गर्न थालेका हौँ, तीन वर्ष अघिदेखि यस्ता गीत गायन गरिन थालेका छन् ।’

    गीतको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुँदा अहिले अभिभाक उमेर पुगेर मात्रै छोरीको विवाह गर्ने, छोरीलाई पनि छोरा जस्तै विद्यालयमा पठाउन थालेको उनले उल्लेख गर। गुरुवा९झाँक्रि०ले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी यस नाचको प्रारम्भ गर्दछन् ।

    सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा कम्तीमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यकोबीच बिचमा गीतलाई फरक–फरक भाका हालेर गाउने गरिन्छ ।

    मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको थारु अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए।

    नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्न्यिा’ भन्ने गरिन्छ । मोह्न्यिाको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ ।नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरुले नृत्य पस्कने गर्दछन् । जसलाई थारु भाषामा खोट ९पैंया० भन्ने गरिएको छ । पैंया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरुले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको छ ।

    यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरूले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेस गर्नुपर्ने हुन्छ ।मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरूले रङ्गिविरङ्गी लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्यो लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले गीत गाउँदै बजाउने गर्दछन् ।

    सखिया नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने सशक्त माध्यमका रुपमा रहेको छ ।

    धार्मिक मान्यता अनुरूप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास थारू समुदायमा रहेको छ । यसलाई अर्को शब्दमा थारु समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् ।

    • थारु वस्ती
    • सखिया रौनक
    बिहिबार, कार्तिक ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने
     सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने
    कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • २.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ५.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • ६.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • ७.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ८.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ९.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • १०.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • १.
      सुदूरपश्चिममा असार १० गतेदेखि बजेटमाथिको छलफल सुरू हुने

    • २.
      डोटीमा जिप दुर्घटना पाँच घाइते – तीन जनाको मृत्यु

    • ३.
      कञ्चनपुरमा लागुऔषधसहित  ३ जना पक्राउ

    • ४.
       सुदूरपश्चिमकै पहिलो आकाशे पुल अत्तरिया चोकमा निर्माण गरीने

    • ५.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.