• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

विश्वकप क्रिकेटको फाइनल आज,उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै

  •  संवाददाता
  • आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    ३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।

    फाइनल खेल अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

    भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै १२ वर्षपछि एकदिवसीय विश्वकपको फाइनलमा स्थान बनाएको हो ।

    यस्तै अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै भारतसँग फाइनल भेट पक्का गरेको थियो ।

    फाइनल पुग्ने क्रममा अपराजित भारतले १० मध्ये १० वटै खेल जितेको थियो । यस्तै लिग चरणमा सुरुवाती दुई खेलमा पराजित अष्ट्रेलियाले त्यसपछि लगातार ७ खेल जितेर सेमिफाइनलमा पुगेको थियो ।

    लिगमा तेस्रो भएको अष्ट्रेलियाले दोस्रो भएको दक्षिण अफ्रिकालाई पराजित गर्दै ८ वर्षपछि फाइनल पुगेको हो ।

    विश्वकप क्रिकेटको सर्वाधिक सफल अष्ट्रेलियाले कीर्तिमानी पाँच पटक उपाधि जितेको छ भने भारतले दुई पटक उपाधि जितेको छ ।

    यसअघि सन् २००३ मा यी दुई टोली फाइनलमा भिड्दा अष्ट्रेलियाले जित हात पारेको थियो । त्यसबेला अष्ट्रेलिया अपराजित रहँदै फाइनल पुगेको थियो ।

    यस पटक त्यसको ठीक विपरीत भारत अपराजित रहँदै फाइनल पुगेको छ । भारतलाई घरेलु मैदानमा त्यस हारको बदला लिने मौका समेत छ ।

    तर अष्ट्रेलियाको लागि पनि फाइनलमा भारतविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ । भारतले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै सबै खेल जितेको थियो । तर अष्ट्रेलियाले खराब सुरुवात गरेपनि त्यसपछिका खेलमा आफ्नो वास्तविक खेल प्रदर्शन गर्दै फाइनलसम्म पुगेको छ । त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

    अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो भने भारतले १९८३ र २०११ मा उपाधि जितेको थियो ।

    यसअघि ७ पटक फाइनल खेलिसकेको अष्ट्रेलिया १९७५ मा वेष्ट इन्डिज र १९९६ मा श्रीलंकासँग भने फाइनलमा पराजित भएको थियो । भारत भने फाइनलमा २००३ मा अष्ट्रेलियासँगै पराजित भएको थियो ।

    भारत र अष्ट्रेलियाबीच अहिलेसम्म कुल १५० वटा एकदिवसीय खेल भएको छ । जसमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ भने भारतले  ५७ वटा जितेको छ । बाँकी १० खेलमा नतिजा आएको थिएन ।

    यस्तै भारत र अष्ट्रेलियाबीच विश्वकपमा १३ खेल भएकोमा अष्ट्रेलियाले ८ खेल जित्दा भारतले ५ खेल मात्र जितेको छ ।

    भारतको फाइनल यात्रा

    अष्ट्रलियाविरुद्ध ६ विकेटले विजयी

    अफगानिस्तानविरुद्ध ८ विकेटले विजयी

    पाकिस्तानविरुद्ध ७ विकेटले विजयी

    बंगलादेशविरुद्ध ७ विकेटले विजयी

    न्युजिल्याण्डविरुद्ध ४ विकेटले विजयी

    इंग्ल्याण्डविरुद्ध १०० रनले विजयी

    श्रीलंकाविरुद्ध ३०२ रनले विजयी

    दक्षिण अफ्रिकाविरुद्ध २४३ रनले विजयी

    नेदरल्याण्ड्सविरुद्ध १६० रनले विजयी

    सेमिफाइनल : न्युजिल्याण्डविरुद्ध ७० रनले विजयी

    अष्ट्रेलियाको फाइनल यात्रा

    भारतविरुद्ध ६ विकेटले पराजित

    दक्षिण अफ्रिकाविरुद्ध १३४ रनले पराजित

    श्रीलंकाविरुद्ध ५ विकेटले विजयी

    पाकिस्तानविरुद्ध ६२ रनले विजयी

    नेदरल्याण्ड्सविरुद्ध ३०९ रनले विजयी

    न्युजिल्याण्डविरुद्ध ५ रनले विजयी

    इंग्ल्याण्डविरुद्ध ३३ रनले विजयी

    अफगानिस्तानविरुद्ध तीन विकेटले विजयी

    बंगलादेशविरुद्ध ८ विकेटले विजयी

    सेमिफाइनल : दक्षिण अफ्रिकाविरुद्ध तीन विकेटले विजयी

    आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.