पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । ५–१५ मंसिरसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले मंगलबार पत्रकार सम्मेलनबाट जानकारी दिएको हो ।
प्रतियोगिताको उद्घाटन ऐकडेमीका संरक्षक एवं परिकल्पनाकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । पोखरा रंगशालमा सञ्चालन हुने प्रतियोगितामा प्रदेशका सात, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लबसँगै मदन भण्डारी स्पोर्टस् एकेडेमीको दुई टोलीले भाग लिनेछन् ।
समूह ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो रहेका छन् । समूह ‘बी’मा एपिएफ, लुम्बिनी र गण्डकीले एक–आपसमा सामना गर्नेछन् । यसैगरी, समूह ‘सी’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’मा रहेका छन् । त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी नीलो एक–आपसमा भिड्नेछन् ।
उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ जित्नेछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद २० हजार रुपैयाँ हात पार्नेछन् । म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।