• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

सुदूरपश्चिम सरकार सङ्कटमा, समर्थन फिर्ता लिने एमालेको तयारी

"जसपा निर्णायक तर छैन छलफल "
  •  संवाददाता
  • आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-नेकपा एमालेको केन्द्रीय समीकरणले सुदूरपश्चिम प्रदेश सरकार झन् सङ्कटमा परेको छ। सुदूरपश्चिममा एमालेको बहुमत रहे पनि सरकारको नेतृत्व भने माओवादी केन्द्रले गरिरहेको छ।

    संसदमा २५ सदस्य रहेको एमालेको समर्थनमा १४ सदस्य मात्रै रहेको माओवादी केन्द्रले सरकार हाँकिरहेको छ। त्यसमध्ये पनि पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा एमाले प्रवेश गरेपछि उनको सांसद पद गुमेको छ। अहिले माओवादी केन्द्रसँग १३ जना सांसद मात्रै छन्।

    एमाले माओवादी गठबन्धनपछि केन्द्रकै भागबन्डा अनुसार सुदूरपश्चिम प्रदेशमा माओवादीले सरकारको नेतृत्व पाएको थियो। माओवादी केन्द्रबाट निर्वाचित त्रिलोचन भट्ट प्रदेशको मुख्यमन्त्री छन्।

    पार्टी फुटिसके पनि सुदूरपश्चिममा एमालेको समर्थन कायमै थियो। तर केन्द्रमा माओवादीले एमाले नेतृत्वको समर्थन फिर्ता लिएपछि पनि एमाले भित्रको माधव पक्षले केन्द्रको समीकरण पर्खिरहेको थियो।

    अहिले केन्द्रमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिले त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको हो।

    यो सँगै एमालेले सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

    ुएमालेकै नेतृत्वमा सरकार बन्छ,ु नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले भने, ‘हामीले समर्थन फिर्ता लिने गृहकार्य थालिसकेका छौँ, अहिले छलफलको क्रममा छौँ। केन्द्रकै समीकरणका आधारमा अहिलेसम्म सरकार टिकिरहेको थियो तर अब त्यस्तो अवस्था छैन, यो सरकार ढल्छ।’

    सुदूरपश्चिम प्रदेश सभामा रहेका माधव समूहका सांसदहरूले पनि केन्द्रको ‘मुभ’का आधारमा आफूहरू पनि अघि बढ्ने बताएका छन्। ‘हामी पर्ख र हेरकै अवस्थामा छौँ,ु प्रदेशसभा सदस्य दीर्घ सोडारीले भने, ‘अहिलेसम्म छलफल भइसकेको छैन। हामी आवश्यकताको आधारमा निर्णय लिन्छौँ। एमालेको नेतृत्वमा सरकार बन्ने पक्का छ।’

    सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले २५ सिट सहितको सबैभन्दा ठूलो दल हो। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

    प्रदेश सरकार गठन गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। एमालेलाई थप दुई सांसदको साथ भएमा पनि सभामुखको निर्णायक मतले सरकार निर्माण हुन्छ। तर माओवादीलाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन वा अहिलेकै सरकार टिकाउन भने अन्य पार्टीका १४ जना सांसदको समर्थन आवश्यक हुन्छ।

    जसपा निर्णायक तर छैन छलफल

    नेपाली कांग्रेस र जसपा दुवै पार्टीसँग मिले मात्रै त्यो सम्भव छ। तर माओवादी-कांग्रेस गठबन्धनमा जसपाले साथ दिने निकै कम सम्भावना छ।

    जनता समाजवादी पार्टीकी सांसद मालामती रानाले सरकारमा सहभागी हुने विषयमा तत्काल छलफल नभएको बताइन्। ‘हामीलाई सरकारमा आउनुहोस् भनेर कुनै दलले पनि छलफल गरेको छैन। पार्टीको केन्द्रको समीकरणका आधारमा हामी पनि अगाडि बढ्छौँ,’ उनले भनिन्, ुहाम्रो पार्टीले उठाएका मागहरु पूरा भए भने मात्रै हामी सरकारमा जान्छौँ। तर आवश्यक पर्‍यो भने एमाले नेतृत्वको सरकारलाई बाहिरै रहेर पनि समर्थन जनाउन सक्छौँ।’

    माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेभित्र माधव पक्षका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुवेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन्।

    माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री र विनिता चौधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन्।
    एमालेभित्र ओली पक्षका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पुसमा बर्खास्त गरेका थिए भने माओवादी केन्द्रका झपट बोहराले पुसमै आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका थिए।

    आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.