धनगढी – कैलालीको धनगढीबाट ह्याकर गिरोह प्रहरीको फन्दामा परेको छ ।
धनगढी उप-महानगरपालिकाको नेपाल राष्ट्र बैङ्क नजिक कार्यालयनै व्यवस्थापन गरी बैङ्क ह्याक गर्ने टोलीलाई सुदूरपश्चिम प्रदेशको आरआइटिको टोलीले बुधवार पक्राउ गरेको हो ।
प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधवार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरूको परिचय भने प्रहरीले अहिले खुलाएको छैन ।
प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि यी गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका व्यक्तिहरूबाट १० वटा ल्यापटप,इन्टरनेट लगायतका सामाग्री बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान हुँदै छ ।
ह्याकर गिरोह धनगढीबाट प्रहरीको फन्दामा
ह्याकर गिरोह धनगढीबाट प्रहरीको फन्दामा
![](https://www.dainikjiban.com/wp-content/uploads/2023/11/IMG_20231122_180209-scaled.jpg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु