• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, असार ०५, २०८२ | Thursday 19th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • ७ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • ७ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • १ हप्ता अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • १ हप्ता अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • १ हप्ता अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • १ हप्ता अगाडि

संगम बचत तथा ऋण सहकारी १ करोड २० लाख नाफामा

"साधारण सभामा नयाँ अभ्यासको थालनी,भाषण भन्दा छलफल बढी "
  •  शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी,०९ मङ्सिर – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच धनगढीको ओम प्यालेसमा आयोजना गरिएको वार्षिक साधारण सभा सम्पन्न भएको हो। यस पटकको साधारण सभामा शेयर सदस्य भन्दा अन्य अतिथिलाई आमन्त्रण नगरिएका कारण भाषण भन्दा छलफल बढी भएको सहभागीहरूले बताएका छन् ।

    संगम सहकारीले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै लगेका छ । संगम बचत तथा ऋण सहकारी संस्था धनगढीका अध्यक्ष मनमोहन विष्टले संस्थाले सदस्यको सङ्ख्या वृद्धि सँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्रै ४ सय ५३ जना नयाँ सदस्य थप भई सदस्य सङ्ख्या २ हजार १ सय ६८ जना पुगेको छ ।

    कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले आर्थिक वर्ष २०७८÷७९ सम्म शेयर पुजी २ करोड ६९ लाख ८२ हजार रहेकामा आर्थिक वर्ष २०७९÷८० मा ३ करोड ११ लाख २५ हजार पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्र शेयर पुजी ४१ लख ७३ हजार २ सयका दरले वृद्धि भएको बताए। बचत बर्फ पनि आर्थिक वर्ष २०७८÷७९मा २७ करोड ६ लाख ६१ हजार ३ सय ४८ रुपैयाँ ७३ पैसा रहेकोमा आर्थिक वर्ष २०७९÷८० मा २९ करोड ४० लाख ५६ हजार ४ सय ९ रुपैयाँ ३५ पैसा पुगेको छ । एक वर्षको अवधिमा २ करोड ३३ लाख ९५ हजारले वृद्धि भएको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

    सदस्यहरूको सुविधाका लागी सेवा केन्द्रहरूलाई थप व्यवस्थित गरिने,बचत नीतिलाई थप प्रभावकारी बनाइ नयाँ बचत योजनाहरू कार्यान्वयनमा ल्याइने लगायतका योजना अघि सारेको अध्यक्ष विष्टले जानकारी दिए ।

    सहकारीको साधारण जगेडा कोषमा १ करोड ९२ लाख ६७ हजार ५ सय ७० रुपैयाँ जम्मा भएको छ । यस्तै अन्य कोषमा १ करोड २६ लाख २९ रुपैयाँ,कर्जा जोखिम व्यवस्था १ करोड २५ लाख ८५ हजार ५ सय ३२ रुपैयाँ,निक्षेप हिसाब संस्थामा बचत रहेको रकम २९ करोड ४० लाख ५६ हजार ४ सय ९ रुपैयाँ,कर्जा तथा सापटी ८ करोड ३८ लाख २२ हजार ८ सय १० रुपैयाँ,अन्य दायित्व तथा व्यवस्था २ करोड ८ लाख ८३ हजार १ सय ४८ रुपैयाँ गरी जम्मा दायित्व ४७ करोड ४३ लाख ४० हजार ७ सय रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष हेमराज पाण्डेयले जानकारी दिए । संगम सहकारीको कुल सम्पत्ति ४७ करोड ४३ लाख ४० हजार ७ सय पुगेको छ ।

    आर्थिक वर्ष २०८०⁄८१ मा शेयरपुजि ३ करोड ५० लाख पुग्ने अनुमान गरीएको छ । यस्तै साधारण जगेडा कोष,अन्य कोषहरू,कर्जा जोखिम कोष,निक्षेप,वाह्यकर्जा र अन्य दायित्व तथा व्यवस्थाहरू गरी सम्पत्ति तथा जायजेथा ४७ करोड ४३ लाख ३४ हजारबाट ५९ करोड १५ लाख पुग्ने आकलन गरीएको छ ।

    साधारण सभामा सहकारीको ५ बर्से वित्तीय आँकडा पनि सार्वजनिक गरीएको छ । जस अन्तर्गत आर्थिक वर्ष २०८०⁄८१ शेयर सदस्य सङ्ख्या २ हजार १ सय ६८ पुग्दा संगम सहकारीलाई १ करोड २० लाख खुद नाफा भएको छ । ३५ करोड ३० लाख ३४ हजार कर्जा लगानी गरिएको छ भने २९ करोड ४० लाख ५६ हजार रकम बचत छ । शेयर रक भने ३ करोड ११ लाख २५ हजार २ सय छ ।

    यस्तो छ ५ वर्षको आँकडा  :

    साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन,लेखा परीक्षण सम्बन्धी प्रतिवेदन,वार्षिक नीति कार्यक्रम र बजेट,लेखापरिक्षण नियुक्ति सँगै पारिश्रमिक,बाह्य कर्जा र शेयर लाभांश लगायतका विषयमा छलफल भएको थियो ।
    साधारण सभाबाट नयाँ अभ्यासको थालनी गरिएको छ । सभामा उपस्थीत ज्येष्ठ सदस्य कमलसिंह साहुलाई प्रमुख अतिथि बनाइएको थियो ।

    समयमै पुग्ने ३० जना शेयर सदस्यहरूलाई गोला प्रथाबाट पुरस्कृत गरिएको थियो । यस्तै फोन पे प्रयोग गर्ने सदस्यहरू मध्येबाट १५ जनालाई गोलाप्रथाद्धारा र फोन पे वाट उत्कृष्ट कारोबार गर्ने सदस्यहरू सँग संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो।

    सहकारी अभियानमा फरक सन्देश दिन नयाँ शैलीमा साधारण सभा गरिएको सहकारीका अध्यक्ष विष्टले बताए । बचत सङै सहकारीका सवालबारे सेयर सदस्यहरू सङ बृहत् छलफलका लागि नयाँ सन्देश नयाँ शैलीमा साधारण सभा सञ्चालन गरीएको उनको भनाइ छ ।
    सहकारीका उपाध्यक्ष रघुवीर भट्टको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन भने संस्थाकी व्यवस्थापक बसन्ती कुमारी ऐरले गरेकी थिइन् ।

    संस्थामा आबद्ध सदस्यहरूको जीवनस्तर सुधार गरी समग्र समाजलाई आर्थिक सामाजिक र सांस्कृतिक रूपले संवृद्ध बनाउने उद्देश्यले २०६९ सालदेखि संगम सहकारी सञ्चालनमा आएको थियो । धनगढी उपमहानगरपालिका ४ चटकपुरमा प्रधान कार्यालय रहेको संगम सहकारीले अत्तरिया,मसुरिया,फूलबारी,हसुलिया र धनगढी मोतिचोक गरी ५ वटा सेवा केन्द्र पनि सञ्चालन गरिरहेको छ ।

     

    • संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढी
    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • २.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.