धनगढी,०३ पौष- कैलालीको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यही पौष २६ देखि महोत्सव सुरु हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।
”कृषि पर्यटन उद्योग र व्यापार ,समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव माघ ६ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका उपाध्यक्ष हुकुम आचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
महोत्सव आयोजना गर्नका लागि यस क्षेत्रमा चुनौती रहेको बताउँदै संस्थाका सचिव वीरेन्द्र जिसिले महोत्सव सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।
विगत ४ वर्ष देखि यस नगरपालिकामा रहेर संस्थाले काम गरिरहेको बताउँदै जिसिले भने , केही दिन पहिले मात्रै हामीलाई यो संस्था हस्तान्तरण गरिएको हो महोत्सव सफल पार्नका लागि स्थानीय तह लगायतका सङ्ग सहकार्य गरिरहेका छौ ।
कला सस्कृती र पर्यटनलाई उजागर गर्नका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने मूल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए । महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै
रमाइलो मेला,मगर गाउँ थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।
महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाई एक सय, विद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।