बैतडी-बैतडीमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। पाटन नगरपालिका–८ का ३४ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो।
यससँगै बैतडीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।खोडपे बजारका व्यापारीसमेत रहेका ती पुरुषको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। गत वैशाख ३१ मा अस्पताल भर्ना भएका ती पुरुषलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।