धनगढी,३ पौष- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ(नेफ्स्कून)को सञ्चालक समिति सदस्यमा सुदूरपश्चिमबाट मनमोहन विष्टले दाबी गरेका छन् । धनगढीमा प्रधान कार्यालय रहेको सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष समेत रहेका विष्टले नेफ्स्कूनको आसन्न चुनावी सभालाई लक्षित गर्दै विष्टले सुदूरपश्चिम प्रदेशबाट सञ्चालक समिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेफ्स्कूनको अभियानलाई सार्थक पार्न सहकारी अभियानको सुसम्वाहकका हिसाबले उम्मेदवारी घोषणा गरेको विष्टले बताए । नेफ्स्कूनको सञ्चालक समितिमा रहन आफू योग्य रहेको बताउँदै विष्टले सञ्चालक समिति सदस्यपदमा निर्वाचित गराउन सहकारीकर्मीहरुलाई आग्रह गरेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ(नेफ्स्कून)को ३२ औँ वार्षिक साधारण सभा पौष ७ र ८ गते काठमाडौँ कमलादि स्थित प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । चुनावी साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ।