राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। शनिबार पोखराको अमरसिंहचौरमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै गर्दा उनीमाथि खोया प्रहार भएको हो।
खोया लामिछानेतर्फ फालिएको सार्वजनिक भएका भिडिओमा देख्न सकिन्छ। तर उनलाई लागेको भने छैन।
खोया प्रहार भएपछि एकैछिन रोकिएका लामिछानेले प्रहार गर्ने व्यक्तिलाई केही नगर्न आग्रह गरेका थिए।
ुमकै खाएको खोयालाई डस्टबिनमा हाल्नुपर्ने। तर डस्टबिनको व्यवस्था नभएर फाल्नुभएको रहेछ, केही छैन। केही चिन्ता गर्नुपर्दैन। अर्कोपटक कार्यक्रममा डस्टबिनको व्यवस्था गरिदिनुहोलाु, उनले भनेका थिए, ुकुनै पनि किसिमको कारबाही नगरिदिनुहोला। मेरो विनम्रतापूर्वक अनुरोध छ।ु
खोया प्रहारकर्ता व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।