क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि फैसला आएन । यसअघि नै हेर्दाहर्दैमा रहेको यो मुद्दा आज जिल्ला अदालत काठमाडौंका न्यायाधीश न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भएको थियो । आज बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ । र भोलिका लागि पेसी तोकिएको छ ।
लामिछानेले एक जना नाबालिगलाई बलात्कार गरेको आरोप छ । यही आरोपमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेशपछि सन्दीप थुनामुक्त भएका थिए ।