• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

बिमाले कमाउन र पढ्न सिकायो ! (अडियो सहित…)

  •  जीवन बिष्ट
  • शनिबार, पुष १४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुस १४,धनगढी- भनाइ छ नि ‘आट,सङ्घर्ष र साहस भए जहाँ पनि सफलता पाइन्छ’ लम्किचुहा नगरपालिका ६ बाहुनपुरकी दुर्गा धामीले यो भनाइलाई सार्थक पारेकी छिन् ।

    जिन्दगीमा दुःख मात्र छ केही गर्न सकिएन भन्नेहरूका लागी आट हुन दुर्गा । गरिबी मात्र छ,नेपालमा रोजगारी नै पाइँदैन कमाउन अर्काेदेश नै जानुपर्छ भन्नेहरूका लागी सङ्घर्षको एउटा नाम हो दुर्गा । स्वदेशमै केही गर्ने हुटहुटी भएकाहरूका लागी प्रेरणाको खानी हुन दुर्गा ।

    हो उनै दुर्गा जसले असफलतालाई सफलतामा परिणत गरेकी छिन् । गरिबिलाई सुख –सयलमा परिणत गरेकी छिन् । स्वदेशमा पैसा कमाउन सकिँदैन झन् त्यसमा महिलाहरूले केही गर्नै सक्दैनन् भन्नेहरूलाई गलत साबित गरेकी छिन दुर्गा धामीले ।

    को हुन दुर्गा ?

    कैलालीको लम्किचुहा नगरपालिका– ६ बाहुनपुरको एक झुपडीमा जन्मिएकी दुर्गाले बाल्यकालमा निकै कष्टकर जीवनयापन गर्नुप¥यो । परिवारको गरिबी,अशिक्षित समाज र हुनेखानेहरूको हेपाइ–चेपाइमा थियो उनको परिवार ।

    जनयुद्धको समयमा बुवालाई पनि माओवादीले लगेपछि टुहुरो जस्तै वनेको धामी परिवारलाई एक छाक खानै मुस्किल थियो । ६ कक्षामा अध्ययन गरिरहेकी दुर्गाले पारिवारिक समस्या र गरिबीकै कारण पढाई छोड्नु पर्ने बाध्यता आयो।

    पढाइ दिने,सामान्य आवश्यकता पनि परिपूर्ति गरिदिने कोही नभएपछि १५ वर्षको कलिलो उमेरमै आफ्नै गाउँको गणेश धामिसँग विवाह गर्न बाध्य भइन उनी । बिहे गरेको एक वर्षमै सन्तानकी आमा बनिन् उनी । अहिले उनकि १३ बर्षकि छोरी र १० बर्षको एक छोरा छन् ।

     

    ‘यही गाउँमा जन्मिए हुर्किए घरायसी समस्याले बुवा आमा बाट टाढा थियौँ । धेरै दुःख कष्ट ग¥यौ १५ वर्ष पनि कसरी काट्यौ थाहा छैन । बुवा आमा हुँदा पनि टुहुरा जस्तै थियौँ।बिहे गर्नै पर्ने बाध्यता भयो । बिहे गरेर पनि पढ्ने अवसर पाएन मलाई कसैले पढ्न पनि भनेन घरको चुलो चौकोमै सीमित रह्यो दैनिकी छोरा छोरीलाई हुर्काउँदैमा दिन बित्यो,’विगत सम्झिँदै दुर्गाले भनिन्।

    अनि पढ्न पाए ….
    भन्ने ले सायद त्यसै नभनेका होलान् आत्तिनु हुँदैन समय सबैको आउँछ । त्यस्तै भयो दुर्गाका लागी पनि कष्टकर बाल्यकाल बिताएकी उनको वैवाहिक जीवन पनि पुरानै अवस्थाको थियो । मासु खान दसैँ नै कुर्नुपर्थ्यो उनको परिवारलाई,नयाँ लुगा कपडाको पाउने त कुरै भएन ।

    श्रीमान् सँग पनि गतिलो रोजगारी नहुँदा समस्याग्रस्त थियो दैनिकी । सुनौलो भविष्यको आसमा गाउँमा रहेका बचत समूहमा भने आबद्ध थिइन उनी ।
    ‘महिला समूहको बैठक रहेका समयमा एक दिन बिमा गराउने एजेन्टहरू आए । त्यहीमध्येका बिष्ट सरले छोरीको बिमा गराऊ भन्नुभयो । गर्न त म छ सर तर के गर्नु पैसा छैन भन्दा उहाँले समूहबाट कर्जा लिन सुझाव दिनुभयो ।

    मौसमी कर्जा बिस हजार ऋण लगेर मैले छोरीको बिमा गरे,’दुर्गाले थपिन्‘,अन्य २१ जनाको बिमा पनि मैले विष्ट सरलाई दिलाए । मेरो क्षमताबाट प्रभावित बनेर उहाँले मलाई पनि बिमा कम्पनीको एजेन्ट बन्न सुझाव दिनु भयो । तपाईँले गर्न सक्नुहुन्छ भन्ने हौसला दिएर रिलायवल नेपाल लाइफ इन्सोरेन्स कम्पनीमा लगेर बिमा बारे सिकाउनुभयो।’


    गरेरै छोड्ने हुटहुटीले दुर्गालाई पढाइले पनि छेकेन । बिमाको एजेन्ट बन्न पनि एसएलसी पाए भएको हुनुपर्ने,दुर्गा सँग ६ कक्षा मात्र पढेको सर्टिफिकेट उनकी बहिनी पार्वतीले भने १० कक्षा उत्तीर्ण गरिसकेकी थिइन् । दुर्गाले बहिनीको नामबाटै बिमामा पाइला टेकिन् । पार्वतीको नामबाट दुर्गाले काम गर्न थालिन उनलाई सफलता पनि मिल्दै गयो । बिमाबाट राम्रै आम्दानी पनि हुन थाल्यो ।

    ‘बहिनीको कोडबाट काम गर्दा नरमाइलो लाग्थ्यो मेरो पढाइ भएको भए त आफ्नै कोड हुन्थ्यो । क्षमता थियो तर योग्यता नहुँदा धेरै अवसरबाट वञ्चित थिए । रिलायवल नेपालको लम्की शाखा प्रमुख,प्रदेश प्रमुख लगायतका सरहरूले पढ्न सुझाव दिए पछि म भित्र पढ्ने हुटहुटी जाग्यो,’दुर्गाले भनिन् ।

    बिमासँगै उनी पढ्न पनि थालिन गाउँमै रहेको चौरिपुर माध्यमिक विद्यालयमा कक्षा सातमा भर्ना भएकी उनले ४ वर्षको अवधिमा ११ कक्षा सम्म उत्तीर्ण भएर अहिले १२ कक्षामा अध्ययन गरिरहेकी छिन् । ४ वर्ष सम्म बहिनीकै कोडबाट बिमाको काम गरेकी उनको अहिले आफ्नै कोड छ। जहाँबाट उनी मनग्य आम्दानी गरिरहेकी छिन् ।

    आफ्नो कागजातबाट दिदीको सफलता देखेर पार्वती पनि हर्षित छिन् । दुर्गा र पार्वतीको परिवारमा खुसीको बहार छ । १२ कक्षा मात्रै हैन निरन्तर पढाइमा सक्रिय रहने दुर्गाको धोको छ ।


    पुरा भयो एक सपना…
    केही समय अघि सम्म हुँदा खानेहरूको वर्गमा रहेकी दुर्गा अहिले लम्की क्षेत्रमा हुनेखानेहरूमा फर्छिन । अयस आरामको जिन्दगी छ उनको । आफू र आफ्ना परिवारका कुनै रहर अपुरा छैनन् । रिलायवल नेपाल लाइफ इन्सोरेन्समा जोडिएको ६ वर्षको अवधिमै उनले अपार सफलता हासिल गरिसकेकी छिन् । अहिले उनले लम्कीमै जग्गा किनीसकेकिछिन् । दुई वटा स्कुटर फेरिसकेकी छिन् ।

    छोराछोरीलाई गुणस्तरीय शिक्षा दिइरहेकी छिन् । ‘मैले घर परिवारका सबै जनाको बिमा गरीदिएकीछु। उहाँहरूको कुनै इच्छा मारेकी छैन । एक छाक मिठो खानलाई मैले हजार पटक सोच्नु पर्थ्यो,एक जोर राम्रो लुगा किन्न वर्ष कुर्नु पथ्र्याे तर अहिले केही आवश्यकता पर्दा एक सेकेन्ड नसोचेरै किन्न सक्ने अवस्थामा छु,’दुर्गाले भनिन् ।

    सुरुवाती चरणमा बहिनीको कोडबाट बिमामा पाइला टेकेकी दुर्गा अहिले आफ्नै कोडबाट २ वर्षको अवधिमै एमडिआरटी बनिसकेकी छिन् । बहिनीको कोड पनि सक्रिय छ । टिचिङ पेसामा सक्रिय उनकी बहिनिले पनि सिनियर एजेन्सी म्यानेजरको तलब खाइरहेकी छिन् ।

    ‘आफ्नै कोडबाट ‘एमडिआरटी’ बन्ने मेरो सपना थियो । त्यो पुरा भएको छ । गत वर्ष पनि म ‘एमडिआरटी’ बन्ने लाइनमै थिए तर अन्तिम समयमा पुरा गर्न सकेको थिइन तर यो आर्थिक वर्षमा लक्ष्य पुरा गरे मलाई रिलायवल नेपाल लाइफले बाच्न सिकायो,कमाउन अनि पढ्न सिकायो बाचुन्जेल म पन यही बिमा कम्पनीमा काम गरिरहनेछु,’दुर्गाले भनिन् ।

    किन जाने विदेश ?
    सामान्य रोजगारीका लागी भारत वा तेस्रो मुलुक नै जान नपर्ने दुर्गा बताउँछिन् । ‘भारतमा गएर कति हुन्छ कमाई विदेश गएर कति हुन्छ कमाई ? बढीमा १ लाख मैले बिमाबाटै तलब भत्ता छोडेर एक महिनामै दुई लाख सम्म कमिसन मात्र खाएको छु ।

    खाडी मुलुकमा काम गर्दा जीवन नै धरापमा राख्नु पर्छ,यही पनि व्यापार बिजनेस गर्दा नाफा घाटाको टुङ्गो हुन्न तर बिमाबाट फाइदै फाइदा हुन्छ,’दुर्गाले भनिन् । ६ वर्ष देखी बिमामा सक्रिय दुर्गाले हाल सम्म ७० लाख बढी रकम आम्दानी गरिसकेकी छिन् । आफ्नो नामबाट कारोबार थालेको दोस्रो वर्षमै ४१ लाख ७६ हजारको टार्गेट पुरा गरी उनी आर्थिक वर्ष २०८०⁄८१ मा सुदूरपश्चिम प्रदेशकै पहिलो एमडिआरटी बनिसकेकी छिन् ।

    ‘मैले मेहनत अथाह गरेकी छु । त्यो अनुसार सफलता पनि मिलेको छ । म २४ घण्टै बिमाका लागी काम गरेकी छु । अन्य कर्मचारी जस्तै कार्यालय समयमा म सधैँ कार्यालय पुग्छु मैले त सपनामा पनि बिमा मात्र देख्छु । अझै धेरै मेहनत गर्नु छ । बिमा क्षेत्रमा रहनुभएकाहरुलाई पनि अथाह परिश्रम गर्न सुझाव दिन्छु,’दुर्गाले भनिन् ।

    • बिमाले कमाउन र पढ्न सिकायो
    • सफलताको कथा
    शनिबार, पुष १४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.