धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा सिस्नो क्याफे सञ्चालनमा आएको छ । १५ लाखको लगानीमा हरि रेग्मी र प्रकाश छेडालले क्याफे सञ्चालनमा ल्याएका हुन । क्याफेको उद्घाटन गर्दै कैलाली होटेल व्यवसायी सघका अध्यक्ष केशवदत्त पाण्डेले व्यावसायिक सफलताको शुभकामना दिए ।
क्याफेमा स्थानीय खानाका परिकार सँगै लोकल कुखुरा स्पेसल, थारु समुदायका झर्रो-पिरो स्वादका परिकार र सिस्नोको चटनी,सागको स्वाद लिन सकिने सञ्चालक प्रकाश छेडालले जानकारी दिए । ग्राहकको सुविधालाई मध्यनजर बजारको कोलाहल र आधुनिकता भन्दा पनि प्रकृति सङ निकटता सङै आकर्षक परिकारको व्यवस्था रहेको अर्का सञ्चालक हरि रेग्मीले बताए ।
उद्घाटन कार्यक्रममा कैलाली होटेल व्यवसायी सघका अध्यक्ष,महासचिव,नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह, नेपाल पत्रकार महासङ्घ कैलाली अध्यक्ष हिमालय जोशी लगायतको उपस्थिति थियो ।