• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, असार ०५, २०८२ | Thursday 19th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • ७ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • ७ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ हप्ता अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • १ हप्ता अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • १ हप्ता अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • १ हप्ता अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • १ हप्ता अगाडि

अपराध नियन्त्रणमा प्रभावकारी बन्दै सिसिटिभी

  •  संवाददाता
  • सोमबार, पुष १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा केही महिनाअघि रातको समयमा चोरले पसलको ताला फोडेर मदिरा चोरी गरे। चोरले मदिरा लग्दै गरेको दृश्य सिसिटिभीमा कैद भयो। सोही आधारमा प्रहरीले चोरलाई समात्न सक्यो।

    झलारी बजारकै व्यापारी कमला ऐरको पसलअघि राखिएको एक साइकल चोरी भयो। सिसिटिभीमा साइकल चोरी गरेर लग्दै गरेका व्यक्तिको तस्विर देखियो। प्रहरीले सोही तस्विरका आधारमा व्यक्तिको खोजी गर्दा साइकलसमेत भेटियो।

    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापा सिसिटिभी क्यामेरा पूर्वपश्चिम राजमार्गमा जडान गरिँदा अपराध अनुसन्धानमा सजिलो भएको बताउँछन्।

    ‘सडक क्षेत्रमा सिसिटिभी क्यामेरा जडान हुँदा यात्राका क्रममा सवारीसाधनमा छुटेका, हराएका सामान बहुमूल्य गरगहना खोजी गर्न सकिएको छ,’ उनले भने, ‘त्यस्ता सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाउन सिसिटिभी क्यामेरा सहयोगी बनेको छ।’

    सवारी दुर्घटना, विभिन्न आपराधिक घटनामा संलग्नको पहिचान गरी अनुसन्धानमा सहजता भएको उनको भनाइ छ। सडक क्षेत्रका मुख्य बजार क्षेत्रमा हुने ट्राफिकसम्बन्धी समस्या कार्यालयमा राखिएको मोनिटरमा हेरेर नियन्त्रणका लागि प्रहरी परिचालन गरी नियन्त्रणसमेत हुँदै आएको उनले सुनाए।

    राजमार्ग क्षेत्रको शुक्लाफाँटाबाट कृष्णपुर नगरपालिका क्षेत्रसम्म ६२ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन्। जसमध्ये सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा २२, शुक्लाफाँँटा नगरपालिकाको सहयोगमा १२ र कृष्णपुर नगरपालिकाको सहयोगमा २९ वटा क्यामेरा जडान गरिएका छन्। राजमार्गका मुख्य बजार क्षेत्रका व्यापारी र घरधनीलेसमेत आफ्नै लगानीमा सिसिटिभी क्यामेरा जडान गर्न थालेका छन्।

    सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षअघि जडान गरेका सिसिटिभीमध्ये केही बिग्रिएकाले मर्मत गर्नुपर्ने शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष धीरेन्द्र साउदले बताए। ‘बिग्रिएका सिसिटिभी क्यामेरा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने, ‘थप सिसिटिभी क्यामेरा जडानका लागि स्थानीय तहले काम अघि बढाउनुपर्छ।’ सिसिटिभी क्यामेराले गर्दा आपराधिक क्रियाकलाप नियन्त्रण आएको उनको बुझाइ छ।

    शुक्लाफाँटा नगरप्रमुख रणबहादुर महराले आवश्यकता भएका नगरपालिकाको क्षेत्रभित्र पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्र र राजमार्गसँगै जोडिएका मुख्य बजार क्षेत्रमा थप सिसिटिभी क्यामेरा जडान गरिने बताउँछन्। नगरपालिकाबाट राजमार्ग छेउछाउ, वडा कार्यालयले आपराधिक क्रियाकलाप हुने क्षेत्रसँगै जङ्गली जनावरको ओहोरदोहोर हुने क्षेत्रमा समेत नाइटभिजन सिसिटिभी जडान गरेको उनको भनाइ छ।

    सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड ७१ लाखमा पूर्वपश्चिम राजमार्गको कैलाली कञ्चनपुरमा एक सय ३८ वटा सिसिटिभी जडान गरेको थियो। राजमार्गको कैलाली खण्डमा ९२ र कञ्चनपुरमा ४२ स्थानमा सिसिटिभी जडान गरेको छ। सिसिटिभी क्यामेराको निगरानी गर्न राजमार्ग क्षेत्रका इलाका प्रहरी कार्यालयमा स्टेशन बनाइएको छ। रासस

    • अपराध नियन्त्रण
    • सिसिटिभी
    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • २.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.