• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारको एक बर्ष उपलव्धी विहिन : एमाले

  •  संवाददाता
  • सोमबार, पुष १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम सरकारका कारण सुदूरपश्चिम प्रदेश सभाको काम सुस्त भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आरोप लगाएको छ। प्रदेश सभाको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सरकार प्रति खरो टिप्पणी गरे । गठबन्धनको सरकार बहुमतको धङधङीमा रहेको भन्दै कानुन निर्माणमा चासो नदिएको र निर्माण भएका कानुनहरूको कार्यान्वयनमा पनि मौन रहेको आरोप लगाए । उनले पुराना कानुन संशोधन गर्नु पर्ने अवस्थामा पनि सरकारले चासो नदिएको बताए ।

    ‘जनताको अधिकार सुनिश्चित गर्न सकेको छैन । व्यक्तिलाई विधि भन्दा माथि राखेको छ । सरकार जनताका विषयमा मौन छ ’ रावलले भने ।

    अहिले सरकार उल्टो बाटोमा हिँडिरहेको भन्दै उनले भ्रष्ट्राचार, बिचौलिया बढीको आरोप लगाए । सरुवाको नाममा सरकारले कर्मचारीहरूलाई त्रसित गराएको समेत उनको आरोप थियो । संसदीय समितिले अहिले सम्म पनि सभापति पाउन नसकेको भन्दै उनले सरकार गैर जिम्मेवार भएको बताए ।

    ‘अहिले पनि ज्येष्ठताको आधारमा काम चलाऊ काम भइरहेको छ’ उनले भने, ‘संसदीय अध्यास भएका छैन । संसदीय मर्यादामा काम भएको छैन । ’

    सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षसँग रहने उल्लेख गर्दै उनले अहिले सुदूरपश्चिममा त्यसमा पनि राजनीति हुन लागेको बताए ।

    सांसदलाई सरकारले प्रयोग गर्न नसकेको भन्दै उनले अहिले सरकार भ्रमणमै केन्द्रित भएको बताए । सुदूरपश्चिम प्रदेशमा भूकम्पबाट पीडित भएकाहरूको विषयमा पनि सरकार गम्भीर नभएको रावलको भनाइ थियो ।

    उनले सुदूरपश्चिमका मुख्यमन्त्री पनि प्रचण्ड पथ तर्फ केन्द्रित भएको आरोप लगाए । ‘ मुख्यमन्त्री पनि प्रचण्ड पथ तर्फ केन्द्रित भएको जस्तो लागेको छ’ उनले भने, ‘कुनै उपलब्धि देखिएको छैन । अहिले कमिसनमा योजना बाँड्ने मात्रै काम भइरहेको देखिएको छ । ’

    रावलले सरकारले आयोजना गर्न लागेको विकास तथा लगानी सम्मेलनको विषयमा पनि प्रश्न उठाए । यो विषयमा कुनै छलफल भएको छैन उनले भने, विज्ञ भन्दा पनि आसेपासे त्यहाँ भर्ती गरिएको छ। उनले संसदीय समितिहरू आफ्नो काम थाती राखेर गरिरहेको भ्रमण प्रति पनि विरोध जनाए ।

    यस्तै एमालेकै सांसद धर्मराज पाठकले पनि सरकार गैर जिम्मेवार भएको टिप्पणी गरे । अहिले को सरकार कुहिरोमा हराएको काग जस्तो भएको पाठकको भनाइ थियो । नीति तथा कार्यक्रम एउटा ल्याएर बजेट अर्को ल्याउने र अहिले त्यही बजेट पनि कार्यान्वयन हुन नसक्ने अवस्था आएको उनले जिकिर गरे ।

    सरकारको उपलब्धि नरहेको उनले बताए । पाठकले प्रदेश सरकारले प्रदेश सभामा तालाबन्दी गरेको समेत टिप्पणी गरेका थिए ।

    ‘संसदीय समितिका सभापति चयन हुन सकेका छैनन् । सरकारले बिजनेस दिन सकेको छैन’ उनले भने ‘प्रदेश सभामा सरकारले भोटे ताल्चा लगाएको छ । सरकारको अकर्मण्यता कारण प्रदेश सभा पनि सुस्त भएको छ । ’ उनले संसदीय समितिहरू पनि भ्रमणमा केन्द्रित भएको भन्दै आलोचना गरे ।

    अघिल्लो वर्ष पुस १५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका थिए ।आफ्नो कार्यकालको पहिलो वर्ष पुरा गर्दा पनि प्रदेश सभाले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । एक वर्षमा सुदूरपश्चिम प्रदेश सभाले कुनै पनि नयाँ कानुन निर्माण गर्न सकेको छैन । अहिले सम्म विषयगत समितिले नेतृत्व पाउन सकेको छैन भने समितिका कार्यालयहरू पनि तयार भएका छैनन्

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.