भौतिक र भुमिमा कैलालीको मध्यवर्ती क्षेत्रको आर्थिक हब मानिने सुखड बजारको मुटुमा रहेको र आर्थिक हब सुखड बजारको लगभग आधा क्षेत्रको जमिनको मालिक रहेको राष्ट्रिय माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष खगेन्द्र हमाल सर्बसम्मत भएका छन ।
बिधालयले ६ वर्ष पछि व्यवस्थापन समिति पाएको छ । विवादका कारण २०७४ साल यता विद्यालय समिति विहीन थियो । यस अघि निवर्तमान वडा अध्यक्ष मनराज शाही र वर्तमान वडा अध्यक्ष घनश्याम ओझाले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
बिहीबारको अभिभावक भेलाबाट विद्यालयले समिति पाएको छ । समितिको अध्यक्षमा खगेन्द्र हमाल सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत भएपछी अत्रीदेव खबरसंग कुरा गर्दै अध्यक्ष हमालले शिक्षा सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताए । यस्तै शिक्षक अभिभावक सँग अध्यक्षमा भावना जैसी निर्वाचित भएकी छन् ।