नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय महाधिवेशन पुस २६ गते टीकापुरमा हुने
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय महाधिवेशन पुस २६ गते कैलालीको टीकापुरमा हुने भएको छ ।
नाउपा संरक्षक रेशमलाल चौधरीले महाधिवेशनमा देशभरबाट आउने ८ हजार प्रतिनिधि सहभागी हने बताए । महाधिवेशनबाट ३९ जना पदाधिकारी र २४१ केन्द्रीय सदस्य चयन हुने नाउपाले जनाएको छ ।
साथै, उनले गठबन्धन दलहरूबीच राष्ट्रिय सभाका लागि नागरिक उन्मुक्ति पार्टीलाई एक सिट दिने समझदारी भएको बताएका छन् । ‘२१ गते बस्ने बैठकमा टुंगो लाग्छ,’ उनले भने ।