१०३ पटक रक्तदान गरिसकेका नेपाली हेडलाइन डट कमका सह–सम्पादक दीपक नेपाललाई शुक्रबार ‘युवा वर्ष सम्मान २०२३’ प्रदान गरिएको छ।
धनगढी जेसिजद्वारा स्थापित उक्त सम्मान शुक्रबार आयोजित समारोहमा नेपाललाई प्रदान गरिएको हो। निरन्तर रक्तदान गरी मानवीय सेवाका निमित्त अतुलनीय योगदान दिएका कारण उनलाई सम्मान प्रदान गरिएको धनगढी जेसिजले जनाएको छ।
‘तपाईं समग्र युवाका लागि प्रशंसनीय र प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनु भएकाले यहाँको अविष्मरणीय योगदान र लगनशीलताको उच्च कदर गर्दै धनगढी जेसिजद्वारा स्थापित युवा वर्ष सम्मान २०२३ यहाँलाई सगौरव प्रदान गरिएको छ,’ सम्मान पत्रमा उल्लेख छ।