• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

बझाङका सामुदायिक विद्यालय शिक्षामा फड्को मार्दै

  •  संवाददाता
  • मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    थलारा (बझाङ), २ माघ – कालिका आधारभूत विद्यालय बिस्खेत थलाराका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय हिजोआज आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उहाँको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ ।

    खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी एवं विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाही पनि विद्यालयबाट बाहिर जान खासै मन गर्नुहुन्न । दशकअघि र अहिले विद्यार्थीलाई पढाउँदा आफैँलाई फरक महसुस भइरहेको उहाँले बताउनुभयो । “विद्यालयमा त पहिले पनि पढाइन्थ्यो । तर पहिलेको भन्दा केही वर्षयता निकै फेरिएको छ”, शाहीले भन्नुभयो, “उहिले कतिबेला विद्यालय समय सकिएलाजस्तो लाग्थ्यो । आजभोलि विद्यालय समय चाँडै बित्न थाल्योजस्तो लाग्छ ।”

    उहाँका अनुसार विद्यालयमा आजभोलि सबै जना घरपरिवारका सदस्यजस्तै लाग्ने गर्छन् । “विद्यार्थी तथा शिक्षक परिवारका सदस्यजस्तै लाग्छन् । पहिले पढाउँदा निकै टाउको दुख्थ्यो । विद्यार्थीलाई बुझाउनै सकिँदैनथ्यो । आजभोलि शैक्षिक सामग्री, बसाइ व्यवस्थापन, शिक्षक–विद्यार्थीबीचको घनिष्टताले सिकाउन निकै सहज भएको छ”, उहाँले भन्नुभयो ।

    विद्यालयमा शाहीको शालीनतालाई सबैले सम्मान गर्छन् । उहाँ पनि आफ्नो सिकाइ तथा व्यवहार परिवर्तन गरेको जस सिकाइ परियोजनालाई दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यार्थीप्रतिको मेरो व्यवहार परिवर्तन हुनुको जस सिकाइ परियोजनालाई दिन्छु । पहिले बालबालिका र मेरो दूरी निकै टाढा हुन्थ्यो । अहिले पारिवारिक सदस्यको जस्तै छ ।” परियोजनाले विभिन्न तालिम नदिएको भए यो परिवर्तन आउन नसक्ने उहाँले बताउनुभयो । “मलाई ज्ञान, सीप सबै थियो तर प्रयोग गर्न नजानेको रहेछु, अहिले परियोजना देउताजस्तै खडा भएर आयो ।”

    शाहीको जस्तै अनुभव भगवती आधारभूत विद्यालयका शिक्षक जन्मदेव ओझाको छ । ओझा पनि विद्यालयको समयभन्दा बढी शिक्षक विद्यार्थीसँगै दिन बिताउनुहुन्छ । जिल्लामा शिक्षकका लागि क्षमता विकास तालिम लिएपछि आफूलाई अध्यापन गराउन सहज भएको उहाँले बताउनुभयो ।

    तालिममा कक्षाकोठा व्यवस्थापन र सामग्री निर्माण तथा व्यवस्थापन गर्दा शिक्षक–विद्यार्थीबीचको सम्बन्ध सौहाद्र्रपूर्ण हुने उहाँले बताउनुभयो । “शिक्षकले यता भने विद्यार्थी उता जान्थे”, उहाँले भन्नुभयो, “विद्यार्थीले नपढेमा, शिक्षकले भनेको अटेर गरेमा डण्डा चलाउनुपथ्र्यो । आजभोलि पठनपाठन सहजताका लागि पर्याप्त शैक्षिक सामग्री कक्षाकोठामै छन् । ती सामग्री हेरेर पढाउँदा विद्यार्थीले पनि बुझ्छन् । हामीलाई पनि पढाउन सजिलो हुन्छ ।”

    केही वर्षयता भने विद्यालयमा विद्यार्थीमाथि दमन पूर्णरूपमा बन्द गरेको उहाँले बताउनुभयो । “गर्न चाहेमा विद्यालयलाई घरजस्तै बनाउन सकिँदोरहेछ”, उहाँले बताउनुभयो । थलारा गाउँपालिकाका दुई विद्यालयमात्रै नभई पालिकाका सबै विद्यालयको मुहार फेरिएको छ । प्रविधिमैत्री, उपकरणमैत्री, आधुनिक सिकाइमैत्री वातावरणमा बालबालिका रमाएर पढ्न थालेका छन् । विद्यालय परिवर्तनको श्रेय सिकाइ परियोजनालाई जान्छ ।

    युएमएनको सहयोग तथा प्रगतिशील युवा समाजको आयोजनामा सञ्चालित सिकाइ परियोजना लागू भइसकेपछि थलारा गाउँपालिकाका सामुदायिक विद्यालय रूपान्तरण भएको थलारा गाउँपालिकाका उपाध्यक्ष रामबहादुर खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजना लागू भएपछि शिक्षामा निकै योगदान भएको छ । परियोजना थप भए अझै थलारामा शिक्षाले फड्को मार्ने थियो ।”

    उहाँका अनुसार सामुदायिक विद्यालय विद्यार्थीको आनीबानी, सरसफाइ, शैक्षिक सामग्रीको व्यवस्थापनमा धेरै सुधार भएको छ । आफूले अनुगमन गर्दा बालबालिकाले करेसाबारी, फूलबारी बनाउनुपर्छ भन्ने सिकाइ भएको उहाँले बताउनुभयो ।

    प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशी पनि आफूले सामुदायिक विद्यालयमा गरेको प्रयासले केही परिवर्तन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सबैको सहकार्यमा आफ्नो पहिलो चरणमा काम पूरा गरेका छौँ । विद्यालय फेरिनुमा धेरैको सहयोग रहेको छ ।” उहाँका अनुसार गुणस्तरीय शिक्षाको पहुँचमा वृद्धि गर्ने लक्ष्यका साथ पालिकामा काम गरेका हौँ । केही हदसम्म लक्ष्य पूरा भएको उहाँले बताउनुभयो ।

    परियोजनाको अवधिभर सिकाइ आदान–प्रदानमा शिक्षकको घुम्ती बैठक, दुई सय ५४ जना विद्यालय व्यवस्थापन समिति सदस्य तथा शिक्षकले तालिम प्राप्त गरेका छन् । जोशीका अनुसार १६ वटा विद्यालयमा शौचालय निर्माण तथा मर्मत, १३ वटा विद्यालयमा खानेपानी व्यवस्था, छवटा विद्यालयका १४ वटा कक्षाकोठा मर्मत तथा सुधार, १२ जना अभिभावकलाई शिक्षासम्बन्धी तालिम, १२ जनालाई दक्ष प्रशिक्षक तालिम, छवटा स्थानमा पढाइ क्लब गठनलगायतका काम गरेको छ ।

    • बझाङ
    • शिक्षामा फड्को
    • सामुदायिक विद्यालय
    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.