• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

गोदावरी भवन विवाद : शिलालेखमा नाम लेखाउने होडबाजी !

  •  जीवन बिष्ट
  • शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १४ चैत्र २०७८ मा कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन नगर प्रमुख हरिसिंह साउदले तामझामका साथ प्रशासनिक भवनको उद्घाटन गरे । तर उद्घाटनको २ वर्ष सम्म नगरपालिकाको काम भने पुरानै भाडाकै भवनमा भइरह्यो । २०८० असारमा मात्रै नयाँ वनेको भवनमा कार्यालय स¥यो । नयाँ भवनबाट सेवा सुरु भएको ६ महिना पछि ०४ माघ (बिहिवार ) वर्तमान नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरे पछि बहस चुलिएको छ । एउटै भवनको दुई पटक उद्घाटन भएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि र नेताहरूले चर्को विरोध प्रदर्शन गरे । उद्घाटन कार्यक्रम रोक्न उनीहरूले नगरपालिका घेराउ र मेयर बिरुद्ध चर्को नाराबाजी गरे । विरोधका बिच नगर प्रमुख भट्टले भने प्रहरीको सहायतामा प्रशासनिक भवनको उद्घाटन गर्न सफल भए ।

    किन भयो उद्घाटन पछि फेरी उद्घाटन ?

    निवर्तमान मेयर साउदले भवन उद्घाटन गर्दा ६ राजनीतिक दलले चर्को विरोध गरेका थिए । निर्माण सम्पन्न नहुँदै उद्घाटन गर्न खोजेको उनीहरूको आरोप थियो । त्यो समयमा पनि नगर प्रमुखले प्रहरी प्रशासनको सहायतामै उद्घाटन गरेका थिए ।
    विरोधका बिच भवन प्राङ्गणमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेरै उद्घाटन गरियो । सीमित व्यक्तिलाई मात्रै उद्घाटन स्थलमा प्रवेश दिइयो । बिहीबार पनि अहिलेका नगर प्रमुख भट्टले बल प्रयोग गरे ।

    नेकपा एमालेले दोस्रो पटक उद्घाटन गर्न नहुने भन्दै विरोध जनाएर उद्घाटन स्थलमै नाराबाजी ग¥यो ।
    उद्घाटनका लागि तोकिएको समय अघि नै भवनको गेटमा पुगेका एमालेका नेता, कार्यकर्तालाई ठुलो सङ्ख्यामा परिचालन गरिएको जनपथ प्रहरी, सशस्त्र प्रहरीले गेटमै रोके । विरोधकै बिच निर्धारित समय भन्दा २ घण्टा ढिलो गरी भवनको उद्घाटन गरियो ।
    भवन उद्घाटनको क्रममा एमालेबाट निर्वाचित नगरका जनप्रतिनिधि भवन परिसरमै विरोध गर्दै नारा जुलुस गरिरहेका थिए भने अन्य एमालेका नेता कार्यकर्ता गेट बाहिर नारा जुलुस लगाउँदै थिए । गेटमा ठुलो सङ्ख्यामा परिचालन गरिएको प्रहरीले आयोजकलाई समेत भित्र प्रवेश गर्न हम्मे हम्मे प¥यो ।

    image.png

    गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट तत्कालीन मेयर साउदले शिलालेखमा आफ्नो नाम लेख्नकै लागी काम नसकिँदै भवनको उद्घाटन गरीएको हुनाले प्रक्रिया पु¥याएर फेरी उद्घाटन गर्नु परेको दाबी गर्छन् ।
    ‘भवनको निर्माण कार्य सकेर ठेकेदार कम्पनीले एक साता अघि मात्रै नगरपालिकालाई भवन हस्तान्तरण गरेको छ । त्यत्तिखेरका मेयरले प्रक्रिया नै नपु¥याऐर एकलौटीरुपमा काम सम्पन्न नहुँदै नामका लागी उद्घाटन गरे त्यो सरासर गलत थियो । अहिले सबै प्रक्रिया पु¥याएर उद्घाटन गर्दा विरोध किन ? यो ठिक भएन। यदि काम सकिएको थियो भने दुई वर्ष सम्म भाडाकै भवनबाट सेवा दिन आवश्यक थिएन,’नगर प्रमुख भट्टले भने ।

    जनप्रतिनिधि र कर्मचारी सबैको सल्लाहमा भवनको उद्घाटन गरीएको मेयर भट्ट दाबी गर्छन् । ‘हामीले सबै पक्ष सँग छलफल गरेका छौँ। नगर उपप्रमुख छलफलमा अनुपस्थित रहनुभयो । एमालेबाट निर्वाचित वडाध्यक्षहरूले एक पटक भएको भवनको फेरी उद्घाटन नगरौँ भन्नुभयो। अरुसबैको सहमति थियो प्रक्रिया नपुगेको हुनाले अहिले सबै काम सकेर हामीले उद्घाटन गरेका हौँ,’मेयर भट्टले भने ।
    मेयरले अनावश्यक रुममै शिलालेखमा आफ्नो नाम लेख्नका लागी मेयरले फेरी उद्घाटनको नाटक गरेको नगर उप–प्रमुख शारदा देवी रोकायाको आरोप छ ।

    image.png

    ‘भवनको एक पटक उद्घाटन भइसकेको थियो अहिले फेरी गर्नुपर्ने औचित्य थिएन । हामीले नामका लागी हैन जनताका कामका लागी खट्नु पर्ने हो । तर मेयरको भावना त्यस्तो देखिएन । नामका लागी उहाँले विरोधका बिच पनि भवनको फेरी उद्घाटन गर्नु भयो,’ उप–प्रमुख रोकायाले थपिन,’यो भन्दा अगाडी उद्घाटन गर्दा पानी जडान र पर्खाल निर्माण बाहेक सबै काम सकिएको थियो । ठेकेदारको ढिलाइले गर्दा भवनमा सर्न समय लागेको हो। अहिले फेरी उद्घाटन गर्न जरुरी थिएन।’

    निवर्तमान मेयर हरिसिंह साउद पनि शिलालेखमा नाम लेखाउनकै लागी अहिलेका मेयरले भवनको उद्घाटन फेरी गरेको दाबी गरेका छन् । ‘भइसकेको कामको फेरी उद्घाटन गर्नु किन जरुरी थियो । वर्तमान मेयरले जनभावना विपरीत काम गरे ।मैले समयमै भवन हस्तान्तर गर्न निर्देशन दिँदा पनि नेपाली काँग्रेसका नेता समेत रहेका ठेकेदार भीम साउदले अल्झाउने काम गरे। काम सकिदा पनि साना–काममा समय लगाए । तर पनि मैले भाडाको भवनका धेरै नबस्ने भनेर कार्यालय भवनको उद्घाटन गरेको थिए। अहिले फेरी उद्घाटन हुनु भनेको दुःखद विषय हो,’सावदले भने ।

    पहिलो पटक भवनको उद्घाटन गर्दै मेयर साउदले भवनको प्रवेशद्वारको दाहिने पट्टी आफ्नो नामको शिलालेख लगाएका थिए भने देब्रे पट्टी २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको नाम राखेका थिए ।
    अहिलेका मेयर भट्टले भने तत्कालीन मेयर साउदले भवनको दाहिने पट्टी राखेको उद्घाटनको शिलालेख हटाएर आफ्नो नामको शिलालेख सँगै अन्य जनप्रतिनिधिको नाम पनि लेखेका छन् ।

    शिलालेख राख्ने होडबाजीले उद्घाटन पछि फेरी उद्घाटन भएको भवनको निर्माण भने एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले गरेको हो ।

     

    • गोदावरी भवन
    • शिलालेख
    • होडबाजी
    शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.