धनगढी-राष्ट्रियसभा सदस्यका लागी भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।
महिला तर्फ माओवादीकी रेनु चन्द ४ हजार ४ सय ५३ मत पाएर विजयी भइन् । अपाङ्ग तर्फ काँग्रेसका नारायणदत्त भट्ट ४ हजार ४ सय १९ मतका साथ निर्वाचित भए । अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा ४ हजार ३ सय ४७ मतका साथ विजयी भएका छन् ।
बोहराले चार हजार तीन सय २८ मतभार प्राप्त गर्दा नेकपा ९एमाले०का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार छ सय ९६ मतभार प्राप्त गरे । अपाङ्गताका समूहमा भट्टले चार हजार चार सय १९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार पाँच सय १९ मतभार प्राप्त गरे । महिला समूहमा विजयी चन्दले चार हजार चार सय ५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाइन् ।
कूल ५२ प्रदेशसभा सदस्य र एक सय ७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी थिए । दुई जना जनप्रतिनिधि अनुपस्थित रहनुभयो ।
५३सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बझाङका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि सवारी दुर्घटनामा निधन भएको थियो । त्यस्तै यही माघ ४ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो ।
प्रदेशसभा सदस्य मतदातातर्फ एक मत र पालिका तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष मतदातातर्फ दुई मत बदर भएका छन् ।