नेपाली विद्यार्थी आन्दोलनको इतिहास हेर्ने हो भने शैक्षिक भन्दा राजनीतिक प्रकृतिको आन्दोलन देखिन्छ । मुख्य रूपमा राजनीतिक र सहायक शैक्षिक आन्दोलन बन्दै आयो । कतिपय समयमा राजनीतिक दलहरूले खेल्न नसकेको भूमिका वा जनताको राजनीतिक परिवर्तनको भावनाको सही ढङ्गले प्रतिनिधित्व गर्न नसकेको अवस्थामा विद्यार्थी आन्दोलनले त्यो भूमिका सही ढङ्गले खेलेको इतिहास छ । पञ्चायतकाल भर राजनीतिक चरित्र सहित विद्यार्थी आन्दोलनले मूल्य र नैतिकतालाई कमजोर हुन दिएन । किनकि जनताको राजनीतिक भावनाको सही ढङ्गले प्रतिनिधित्व गरेको थियो । त्यसै कारण पञ्चायत समयमा विद्यार्थी आन्दोलन राम्रो सँग स्थापित, जनताले चाहेको र योग्य एव सक्षम नेता–कार्यकर्ता जन्माउन सफल रह्यो ।
नेकपा (माओवादी) ले २०५२ साल फाल्गुन १ गते देखि थाले को जनयुद्ध कालमा क्रान्तिकारी विद्यार्थी आन्दोलनले दुई वटा मान्यता जबरजस्त स्थापित गरेको देखिन्छ । पहिलो राष्ट्रका लागि बलिदानको हिमशिखर तयर ग¥यो । दोस्रो निजी शिक्षा प्रणालीविरुद्धको आन्दोलन इमानदारिता साथ जबरजस्त रूपमा उठ्यो । यसले निजी–शिक्षा प्रणाली माथि निकै बलशाली घन बर्सायो ।
उक्त, बलशाली घनको चोटका बाछिटाहरूका रूपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय बहसमा ल्याएर निजी–शिक्षा प्रणालीको औँचित्य समाप्त भएको पुष्टि गर्ने निकै नै कोसिस ग¥यो । त्यसैको परिणाम स्वरुप आज शिक्षालाई मौलिक हकको रूपमा स्वीकार गरी संविधानमा उल्लेख गर्न संविधान बाध्य भएको छ । शिक्षा निःशुल्क र अनिवार्य भन्नुको अर्थ कमसे–कम वा कम्तीमा विद्यालय तहसम्मको शिक्षामा व्यापार गर्न पाउने छैन अर्थात् व्यापार गर्न दिइने छैन भन्ने हो । विद्यार्थी आन्दोलन आम जनतामा जागरण ल्याउन सक्ने दबाब दिन सक्ने र प्रतिपक्षीय आन्दोलन हो । तर विद्यार्थी आन्दोलन पञ्चायत समाप्ति र बहुदल आए सँगै बिस्तारै खस्किँदै गएको देखिन्छ ।
परिणम स्वरूप आज विद्यार्थी आन्दोलन अलोकप्रिय मात्र छैन, आलोचनाको केन्द्र भएको छ । शैक्षिक आन्दोलन वा शैक्षिक मुद्दा शैक्षिक माफियाहरू सँगको आर्थिक लेनदेनमा तुहाउने, संघसंगठनका नेताहरू, चन्दा कमिसन, भ्रष्टाचार र दलाली र चाकरीबादमै जीवन देख्न र कार्यकर्ता आलोचनात्मक चेतबाट विमुख भई गुट उपगुट वा स्वार्थ समूहका सदस्य भई गलत कामको मतियार बन्न तयार हुने संस्कारले विद्यार्थी आन्दोलनको पूर्वीय क्षितिज उज्वल दखिदैन ।
पञ्चायत को समाप्ति र बहुदलको आगमन पछि बिस्तारै खस्किँदै गएको विद्यार्थी आन्दोलनको साख २०५२ साल फागुन १ गते देखि तत्कालीन राज्य सत्ताका विरुद्ध उद्घोष भएको सशस्त्र जनयुद्धको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी) को भातृ सङ्गठनका रूपमा रहेको अखिल (क्रान्तिकारी) ले थोरै भए पनि आशा जगाएको भन्ने देखिन्छ । त्यही अखिल (क्रान्तिकारी) का बारेमा हिजो , आज र भोलि गरी तिन खण्डमा चर्चा गरौँ ।
१. हिजो
नेपाली विद्यार्थी आन्दोलन राज्य सत्ताकै विरुद्धको आन्दोलनले जबरजस्त निर्माण गरेको विद्यार्थी सङ्गठन (आन्दोलन) त्यस पछिका दिनमा निर्माण पुनर्निर्माण, गठन पुनर गठन, टुटफुट र विभाजनबाट गुज्रिरहेको देखिन्छ । नेपाली विद्यार्थी आन्दोलन सङ्गठित रूपमा २०२२ सालाको जेठमा अखिलको नाममा अखिल नेपाल सम्मेलन मार्फत गरेको देखिन्छ । जसमा आत्माराम खरेलको नेतृत्व थियो ।
जसको सदस्यमा वाचस्पति देवकोटा, मोहनचन्द्र अधिकारी भवनलाल राज भण्डारी बिखकान्त मैनाली , दमननाथ ढुङ्गाना समेत थिए । २०२५ साल जेठमा भएको अखिलको दोस्रो सम्मेलनले विश्वकान्त मैनालीलाई संयोजक निर्वाचित ग¥यो र २०२६ प्राप्त जेठ मा सम्पन्न अखिलको तेस्रो राष्ट्रिय सम्मेलनले गोविन्दमान श्रेष्ठलाई अध्यक्षमा निर्वाचित ग¥यो र अति महत्त्वपूर्ण निर्णय लिँदै सङ्गठनको नामकरण अनेरास्ववियु ग¥यो। साथै सोही सम्मेलन मार्फत स्पष्ट रूपमा जनवादी शिक्षा सहित प्रगतिशील विचारको पक्षधरका रूपमा आफूलाई उभ्याए पछि प्रगतिशील विचारका विरोधीहरूले एक समूहको निर्माण गरी २०२७ साल को वैशाखमा छुट्टै भेला मेला गरी नेपाल विद्यार्थी सङ्घको गठन गरे सँगै नेपाली विद्यार्थी आन्दोलन सङ्गठित रूपमै पहिलो पटक विभाजन भएको देखिन्छ ।
२०५० सालाको पुसमा भएको सङ्गठनको राष्ट्रिय भेलाले महत्त्वपूर्ण निर्णय ग¥यो, जुन नामको पछाडि विचार सल्कने गरी कान्तिकारी शब्दावली थप गरी सङ्गठनको नाम अनेरास्ववियू (क्रान्तिकारी) बनाइयो । २०५२ साल वैशाखमा सम्पन्न १३ औँ सम्मेलनले निर्वाचित गरेको कृष्ण ध्वज खड्का को नेतृत्व, २०५२ साल फागुन १ गते देखि नेकपा (माओवादी) को नेतृत्व मा महान् जनयुद्ध को सुरुवात भयो ।
अनेरास्ववियू (कान्तिकारी) ले साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावाद, यथास्थितिवाद, तथा विभिन्न घरेलु सबै खालका अवसरवादका विरुद्ध जनयुद्ध लाई विना कुनै सङ्कोच सहयोग गर्ने निर्णय ग¥यो ।
जनयुद्धलाई समर्थन र सहयोग गरेको आरोपमा २०५२ साल फागुन १४ गते गोरखा जिल्लाको पन्दुहमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी दिल बहादुर रम्तेलको प्रहरीले गरेको सँगै महान् जनयुद्धमा बलिदानको अनिवार्य कोटा चुक्ता गर्ने अवसर प्राप्त भयो र गोरखपूर्ण र वलिदानीपूर्ण इतिहास अनेरास्ववियू (क्रान्तिकारी) को निर्माण भयो । १४ औँ सम्मेलातले निर्वाचित गरेको कृष्णध्वज खडका नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी) १५ औँ सम्मेलनले गरेको देवेन्द्र पराजुली नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी), १५ औँ सम्मेलन ले निर्वाचित देवेन्द्र पराजुली नेतृत्व को अखिल (क्रान्तिकारी) १६ र १७ औँ सम्मेलन ले निर्वाचित गरेको लेखनाथ न्यौपानेको नेतृत्वको अखिल (क्रान्तिकारी)१८ औ सम्मेलनले निर्वाचित गरेको हिमाल शर्मा नेतृत्वको अखिल (क्रान्तिकारी) नेकपा (माओवादी) मा विभाजन आए पछि त्यसको असर स्वाभाविक रूपमा भातृ सङ्गठनमा पर्ने भए पछि पहिलो पटक अखिल (क्रान्तिकारी ) मा पनि विभाजन आयो । जसमा एक समूहको नेतृत्व अध्यक्ष हिमाल शर्माले गरे भने एक समूहको उपाध्यक्ष शरद रसाइली ले गरे यो सँगै फुटले आन्दोलन कमजोर र नेता कार्यकर्ता लाई नैरस्यता पैदा गरायो ।
१९ औँ सम्मेलनले नेतृत्व छान्न नसकेर नेतृत्व चयनका लागि पार्टी बुझाउने सम्म भए पनि पार्टीले पनि नयाँ नेतृत्वको टुङ्गो लगाउन नसकी पुरानै लाई निरन्तरताको निर्णयले सम्मेलनका प्रतिनिधि हरूमा चिसोपन ल्याएको थियो । सम्मेलन को करिब ५ महिना पछि अध्यक्ष हिमाल शर्माले आफै पार्टी समक्ष राजीनामा दिए र पार्टी ले राजीनामा स्वीक्षत गर्न समते करिब ४ महिना लगाएर रमेश मल्लको नेतृत्वमा अखिल(क्रान्तिकारी ) २० औँ सम्मेलन नरेन्द्र न्यौपाने लाई अखिल (क्रान्तिकारी ) को नेतृत्व सुम्पियो जुन एकताको २१ औँ सम्मेलन आयोजक समितिका रूपमा थियो । २१ औ एकताको सम्मेलनले अखिल (क्रान्तिकारी ) को इतिहासमा प्रतिनिधिहरूले निर्वाचन मार्फत रन्जित तामाङ लाई (क्रान्तिकारी ) को नेतृत्व सम्हाल्न जिम्मा दिए ।
२ वर्षे कार्यकाल रहने नेतृत्व को परिवर्तन हुने समय वरपर नेपालको इतिहासमा देशमा आ–आफ्नो अस्तित्वमा रहेका दुई ठुला कम्युनिस्ट पार्टी चुनावी मोर्चा बन्दी गर्दै पार्टी एकताको निर्णय सम्म नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले गरी वृहत् कम्युनिस्ट पार्टी निमार्ण को शङखद्योष गरे र त्यसको प्रभाव वा एकता जन्तगिय सङ्गठन हरूमा पनि पर्ने कुरा स्वाभाविक नै थियो र भयो । उक्त पार्टी एकता जसोतसो करिब साढे ३ वर्ष सम्म चल्यो त्यस विषयमा केपी ओलीले नितान्त स्वार्थ समूहको नेता बनेर सत्ता कब्जा गर्ने महत्वकांक्षाले न्यायालय र अदालतलाई प्रयोग गरी बृहत् कम्युनिस्ट पार्टी निर्माणको संसाधन लाई तुहाइ दिए सँगै जनवर्गिय सङ्गठनहरू बिचको एकता पनि स्वागविक रूपमा टुट्यो ।
अखिल (अल्तिकार) र अनेरास्वविषु बिचको एकता टुटे लगतै अखिल (अतिकारी) २२ औँ सम्मेलनको तयारीमा लाग्यो र २०७८ साल असोज १४–१६ को काठमाडौँमा सम्पन्न भएको २२ औँ सम्मेलनले ठुलो रस्सा रस्सा कस्सीका बिच बाट १९९ जनाको प्लेन कमिटीको नेतृत्व पञ्चा सिंह लाई दिनै महिनौँ पछि पक्षाधिकारी को टुङ्गो लगाए पनि २१ औ सम्मेलन प्रतिनिधिले आफ्नो आफै चुनेर इतिहास बनाएको मा २२ औ सामेलन अर्को इतिहास खडा ग¥यो पहिलो पटक अखिल (क्रान्तिकारी) को नेतृत्व छात्रालाई दिएर ।
त्यस पछिका दिनहरूमा कसलाई के कुराको अभाव र बाध्यता ले पारित गरेको १९९ को केन्द्रीय समिति लामो समय पछि सर्कुलर मार्फत २९९ पुग्याइयो के का लागि, र कस्का लागि ? बुझ्न गाह्रो छ । यो चेष्टा यति कै मा रोकिएन यति सम्मकी उपाध्यक्ष पवन कार्की एक समूहको नेतृत्व गर्दै पञ्चा नेतृत्वको अखिल (क्रान्तिकारी) सँग समान्तर गतिविधि गर्न थाले, यो यति सम्म चल्यो स्ववियू निर्वाचनमा फरक–फरक समूह अखिल (क्रान्तिकारी) कै नाममा निर्वाचनमा होमिए र त्यस खालका आक्रमणय गतिविधि प्रतिशोधले न त पवन कार्कीलाई क्षति भयो न त पञ्चा सिंह लाई नै, क्षति तै भयो त केवल अखिल (क्रान्तिकारी) लाई, यहाँ प्रश्न काहानीर हो भने अखिल (अनिकारी) ले बेहोरेको क्षतीको भर्पाई कसले गर्न ? यो इतिहास लाई छोडौँ ।
२.आज
अखिल को नाममा २०२२ सालमा स्थापना भएको सुजन खरेल (आएमाराम खोल) नेतृत्वको ११ औँ सदसीय सङ्गठनलाई छोडौँ २०५२ साल वैशाखमा भएको सङ्गठनको १३ औँ सम्मेलन ले चयन गरेको कृष्ण ध्वज खडका नेतृत्वको २७ सदस्यीय केन्द्रीय समिति र ५ सदस्यीय पदाबीगरी । त्यस यता सङ्गठनको आकारलाई बढवा दिने प्रवृत्ति यति सम्म दाबी भयो की अहिले आएर पञ्चा सिंहको नेतृत्व अखिल (क्रान्तिकारी) ९९९ केन्द्रीय समिति र ९९ पदाधिकारी को भयो। आज आएर अखिल (क्रान्तिकारी) आकारलाई बढवा दिने प्रकृति यति सम्म हाबी भयो को अहिले आएर पञ्चा सिंहको नेतृत्व अखिल (पिकारी) ९९९ केन्द्रीय समिति र ९९ पदाधिकारी को आकारमा सङ्गठनको संरचना पिरामिडको सट्टा छाता जातो हुन गयो ।
आज आएर अखिल (क्रान्तिकारी ) लाई माया गर्ने र सङ्गठित हुन चाहने युवा विद्यार्थी पटक–पटक सोच्न बाध्य बनेका छन् । यस कारण सङ्गठनमा विद्यमान नेता कार्यकर्ताको जीवन शैली र चाकडीवादको नयाँ सीमा कोर्न लागेको देखिन्छ । यस्तै खालका गतिविधिले निरुत्साहित गर्दै नजाने हो भने अखिल (क्रान्तिकारी) को कहीँ कतै बचेको साख सदाका निम्ति पुनरावलोकन नहुने गरी गुम्ने खतरा देखिन्छ । अब को अखिल (क्रान्तिकारी ) एकदमै रक्षात्मक स्थिति वाट गुज्रिरहेको छ ।
विद्यार्थी नेताहरू मन्त्री , सांसदका पिए बन्न कै लागि होडबाजी चलाइरहने, कार्यकर्ताहरू नेताकै जीवन शैली देखेर चरम चाकडी गर्न र साँझ विहान फोन, म्यासेज गर्न, दिनमा एक दुई फोटो पोष्ट्यर उहाँ त महान् नेता भन्ने र अवसर पाउन कै लागि हवाई टिकेट र होटेल अग्रिम बुक गर्ने, यति सबै गर्नका लागि पैसा कहाँ वाट प्राप्त हुन्छ, त? भन्दा कहीँ कतै बाट छैन त्यसका लागि चरम भष्टचारमा लिप्त हुनुको विकल्प केही छैन। यसरी वर्तमान समयमा अखिल (क्रान्तिकारी) का कार्यक्रर्ताहरुले समय खर्चेको देखिन्छ । नेता नेतृत्वले यो समय जनजीविका का सवालमा खर्च गर्न सिकाउनु पर्दैन ? हवाई टिकेट र होटेल बुक गर्ने पैसा निमुखा र गरिब जनताको छाक टारे हुँदैन ?
३.भोलि
यही छविको अखिल (क्रान्तिकारी ) पूर्णरुपमा भविष्यको खोजीमा भौँतारी रहेको भविष्य अहिले अनुमान गर्न त्यति कठिन देखिँदैन । नेपालको इतिहासमा जति पनि महत्त्वपूर्ण र युगान्तकारी परिवर्तनमा विद्यार्थीको भूमिका यति आशा मर्दो कहीँ कतै पनि भेटिँदैन त्यसमा पनि अखिल (क्रान्तिकारी) ले २०५२ सालमा पार्टीले उद्घोष गरेको राज्य सत्ता विरुद्ध, सशस्त्र जनक्रान्ति र युग परिवर्तनको महान् यात्रामा देखाएको बलिदानी पूर्ण भूमिकालाई यी र यस्ता खालका भूमिका र गतिविधि ले गिज्याई रहेको छ।
यस्ता जन विश्वास गुमाउने गतिनिधिको अन्त्य हुन् जरुरी छ । अखिल (क्रान्तिकारी) लाई जनजीविका को प्रायवाचीका रूपमा स्थापित गर्न हर प्रयास को थालनी का लागि कुनै आइतबार पर्खी बस्नु आवश्यक नआउने भन्ने पनि हुन सक्दैन । वर्तमान समाजमा जनसरोकार का विषय के हुन ? समाज लाई समाजवादी यात्रामा डो¥याउन अखिल (क्रान्तिकारी) आफ्नो भूमिका तय गर्नु पर्ने बेला घर्की सकेको छ। विलम्ब हुन सक्दछ ।
जनताका दैनिक जीवनका समस्या अखिल (क्रान्तिकारी) का समस्या बन्नु पर्छ की पर्दैन ?
राष्ट्रियताको सवालमा आफ्नो कित्ता सहित स्वाधीनता को पक्षमा उभिनु पर्छ की पर्दैन ? समाजमा हरेक दिन कुनै न कुनै सामाजिक अपराध घटी नै रहेको सबै सामु, उदाङ्गै देखिएकै छ । चाहे त्यो, लैङ्गिक विभेदेका नाममा भएको एक गरिब दलित, मधेसी, मुस्लिम महिला माथि भएको अत्याचार का विरुद्ध अखिल (क्रान्तिकारी) समाज रुपान्त्रकाका निम्ति बलिदान को कोटा चुक्ता गरेको नाताले दायित्व र जिम्मेवारी बन्नु पर्दै? दलित भएकै कारण अवसरबाट वञ्चित त भएका छन त्यसै माथि ज्यान गुमाएका घटना माथि नजर अन्दाज गर्न सक्ने अखिल (क्रान्तिकारी) कसरी निर्माण भएको छ? भन्ने गम्भीर प्रश्न आम युवा विद्यार्थीको मानसपटलमा जबरजस्त रूपमा सवार भएको छ ।
दलित भएकै कारण रुकुम चवजारी मा भयको नवराज वि.क. सहित ६ जना युवा हरूमाथि गरीएको दानवीय कायरतापूर्वक गरेको हत्याकाण्डमा देश विदेश को ध्यान जुरुक्क उठ्यो र बोल्यो अखिल (क्रान्तिकारी) बोल्नु पर्दैन? जा औपचारिकताका लागि जाने १ थान वक्तव्य आउँछ ,वक्तव्य वाजी किन चाहियो ? विश्वको ध्यान नेपाल र अमेररुकी आर्थिक परियोजना एम.सि.सि. माथि खिचिएको बखत सही की गलत देशका हितमा की अहितमा भन्ने आफ्नो धारणा सार्वजनिक गर्नुको सट्टा चुइँक्क सम्म नबोली धारणा विहीन भएर बस्न मिल्छ? अखिल (क्रान्तिकारी) ले अनि आन्दोलन को ढोङ पिटेर लाखैँ युवा विद्यार्थी देश भक्तहरूको राष्ट्रियता पहिलो शक्ति माथि तुसारापात गर्न मिल्छ? आन्दोलन र नेतृत्व कसैले चाहँदैमा हुने र नहुने भन्ने हुन् सक्दैन आन्दोलन ले नेतृत्व र नेतृत्वले निमुखा र श्रमजीवी जनताको सत्ता निर्माण गर्ने हो।
निष्कर्ष
नेपाली विद्यार्थी आन्दोलन को इतिहास र अखिलको इतिहासलाई एक छिन लाई छोडौंः नेपालमा तत्कालीन समयमा शक्तिशाली र विद्यामान राज्य व्यवस्थाका विरुद्ध ऐतिहासिक सशस्त्र जनविद्रोहको संखघोश गरेको नेकपा (माओवादी ) को भातृ सङ्गठन को २०५२ साल पछि यता १३ औँ सम्मेलनमार्फत व्हष्णध्वज सडका नेतृत्वको २७ सदस्यीय केन्द्रीय समिति देखि, निरन्तर रूपमा १४ औँ मा ३१ सदस्यीय, १५ औ मा ६५ जनजना पूर्ण र २० जना वैकल्पिक गरी ८५ सदस्यीय, १६ औँ मा ६३ सदस्यीय, १७ औँ मा ६१ सदस्यीय, १८ औँ मा पुग्दा स्वार्थ समूहको भ्रम अखिल (क्रान्तिकारी) तयार भएको कारण २०१ सदस्यीय केन्द्रीय कमिटी समिति र २१ जनाको पदाधिकारी बन्यो, १९ औ मा १५१ सदस्यीय, २० औँ मा ९९९ सदस्यीय, २१ औ मा २४३ सदस्यीय र २२ औँ मा सम्मेलनको प्रतिनिधि पेस भएको पारित विधान १९९ सदस्यीय केन्द्रीय समिति र २५ सदस्यीय पदाधिकार भएको मा स्वार्थ समूहको विकास छिटो गतिमा सङ्गठन भित्र भएको देखिन्छ, जसका कारण ९९ जनाको पदाधिकारी र ९९९ सदस्यीय केन्द्रीय समिति बनाइयो ।
अबको समय अखिल (क्रान्तिकारी) ले गम्भीर रूपले समीक्षा गर्न पर्ने स्थानमा आउँ पुगेको छ। प्दलोलुपष् नेता सङ्गठन विना नै नेता बन्ने दाउ सांसद र मन्त्री को पिए बस्ने नेता र सिंहदरबार लाई केन्द्रमा राख्ने नेता कार्यकर्ताको स्वभाव र सोचलाई फ्याक्न जरुरी र आम युवा विद्यार्थीमा जनजीविका र राष्ट्रिय स्वाधीनताको सवालमा पुनर–जागरण, र पुनर ताजकी ल्याउनका निम्ति हरतरहले प्रयासको थालनी आजै र अहिल्यै वाट सुरु गर्नुको विकल्प अखिल (क्रान्तिकारी) सँग नरहेको देखिन्छ। अब अखिल (क्रान्तिकारी) को नेता हरूको संसद, मन्त्रीको पिए, कमिसन भ्रष्ट्राचार तिर नभएर, क्यामास, कलेज र युवा विद्यार्थी का साझा शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र समग्र जनजीविका का मुद्रामा केन्द्रित हुँदै श्रमजीवी जनताको हित र दलाल र भ्रष्टाचारी लाई ठिक पार्ने दिशा तर्फ उन्मुख हुनु पर्ने देखिन्छ ।अखिल (क्रान्तिकारी) विचारले सङ्गठित गरेको र आन्दोलन ले जबरजस्त रूपमा गोलबद्ध गरेको युवा विद्यार्थीको वैचारिक दस्ता हो ।, नकी परालको आगो निभाउने भिड ।
यस्तै सङ्गठन निरन्तर रूपमा चलिरहेको छ। २२ औँ सम्मेलन पछिका २३ औँ वा २४ औँ या अन्य मा यस्तै नहुने भन्ने हुँदैन, त्यस कारण २०५२ सालमा १३ औ सम्मेलन मार्फत कृष्ण ध्वज खड्का नेतृत्वको अखिल (क्रान्तिकारी) विभिन्न पात्रहरूलाई नेतृत्व सुम्मीदै २२ औ सम्मेलनमा आएर पञ्चा सिंह लाई नेतृत्वमा ल्याएको छ। त्यस कारण कुनै पनि पात्रले गलत प्रवृत्ति विकास गरी सङ्गठन लाई विचलन भएको जवरजस्ती स्थापित गर्नु कुनै पनि दृष्टिकोणले ठिक हुँदैन होइन, यसको जिम्मा इतिहास लाई छोडी दिए, पुग्दछ । इतिहास निर्मम हुन्छ, हरेक कुरा को हिसाब राख्ने गर्दछ ।
पार्टीका नेता ले एक–एक मान्छे टिपेर हिँड्ने मनोवृत्ति को अन्त्य गर्नु पर्दछ र जनवर्गिय सङ्गठनका नेता कार्यकर्ता सहित पार्टीका नेता सम्पूर्ण जनता का बिचमा गरेका बाचा पुरा नगरेकोमा जनता सँग माफी माग्दै आगामी दिनमा बाचा र प्रतिबद्धता जस्तो सुकै कठिन घडीमा समेत विचलित नहुने कुराको विश्वास दिलाउने र फेरी एक पटक देशमा सामाजिक–सांस्कृतिक रुपान्त्रण को महाअभियान सफल पार्न दलाल, भ्रष्ट्राचारी , घाटमा पुगेको राजतन्त्रका अवशेषहरूलाई सामाजिक रूपमै ठेगान लगाउने गरी जनतालाई सु–सूचित गराउनु आज को आवश्यकता कर्तव्य निष्ठ र माओवादी जनयुद्धको उपलब्धिको रक्षा गर्नु आम युवा क्रान्तिकारी विद्यार्थीको दायित्व बन्नु पर्दछ । यस कुरा मा पार्टी नेतृत्व को सही खबरदारी र मार्गदर्शन हुनु जरुरी छ ।