• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • २ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ३ महिना अगाडि

अक्सिजन अभाव :बिरामी भर्ना लिनै समस्या,सरकार निरीह

  •  संवाददाता
  • सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी-सुदूरपश्चिममा दैनिक सयौँमा कोरोना सङ्क्रमण र दर्जनौँ सङ्क्रमितको ज्यान गइरहेको छ। बिरामीहरूले अस्पतालमा बेड समेत नपाउने अवस्था छ।पाएका बेडमा पनि अक्सिजन अभावले बिरामीहरू छटपटिइरहेका छन् भने उनीहरूको लागि अक्सिजनको जोहो गर्न आफ्नो ज्यान नै जोखिममा राखेर बिरामीका कुरुवाहरू भौँतारिरहेका छन्।

    धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालबाट मात्रै कोरोना सङ्क्रमितको उपचार भइरहेको थियो। तर अस्पतालमा बिरामीको चाप थेग्नै नसकिने भएपछि प्रादेशिक अस्पताल पछाडिको भवनमा पनि सङ्क्रमितको उपचार भइरहेको छ।

    ‘कोरोना सङ्क्रमितको चाप निकै बढ्यो,’अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने,‘हामीले इमर्जेन्सी वार्डमा पनि बिरामीहरू राखेका छौँ। अस्पतालका बेडमा ठाउँ नभए पछि अस्पताल बाहिरबाट पनि बिरामीहरूलाई सेवा दिइरहेका छौँ।’

    सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयसँगको सम्झौता पछि धनगढीका निजी अस्पतालहरूले पनि कोरोनाको उपचार गरिरहेका छन्। धनगढीमा रहेका कैलाली, मायामेट्रो, सारथि, नोभा, केजी र अत्तरियामा रहेको पद्यमा अस्पतालमा अहिले कोरोना सङ्क्रमितको उपचार भइरहेको छ।

    ‘अक्सिजनको व्यवस्था नभए बिरामी भर्ना लिन सकिँदैन’

    यती बेला धनगढीका सबैजसो अस्पतालमा कोरोना सङ्क्रमित बिरामीहरू छन्। निजी अस्पताल सङ्घले विज्ञप्ति जारी गरेर अक्सिजनको व्यवस्था नभए नयाँ बिरामी भर्ना लिन नसकिने चेतावनी दिएको छ।

    सङ्घका सुदूरपश्चिम प्रदेश (अफिन) अध्यक्ष जनकराज जोशीले अक्सिजन अभावमा बिरामीको धमाधम ज्यान जान थालेको बताए। कैलाली अस्पतालका सञ्चालक समेत रहेका जोशीले यथाशीघ्र अक्सिजन आपूर्तिका लागी सरकारले भूमिका खेल्नुपर्ने बताए।

    ‘हामीले यहाँका सबै जसो निजी अस्पतालहरूलाई कोरोना अस्पताल नै बनाइसकेका छौँ,’ जोशीले भने, ‘कैलाली अस्पतालमा ४ जना सङ्क्रमितहरू छन्। हामीले कोरोनाको उपचार सुरु गरेपछि अन्य बिरामीहरू आउनै छोडेका छन्,दक्ष जनशक्ति र राम्रो बेडको व्यवस्था मिलाएका छौँ तर अक्सिजनको अभावले बिरामी बचाउन सक्ने सम्भावना निकै कम छ।’

    धनगढीमै रहेको मायामेट्रो अस्पतालमा १२ जना सङ्क्रमित उपचाररत छन्। हाल सम्म अस्पतालमा उपचारकै क्रममा ५ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन्।

    अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले भने, ‘कोरोना सङ्क्रमित र शङ्कास्पद बिरामीहरूले अस्पताल भरिभराउ भएको छ, हामीले भुईँमै पनि सेवा दिइरहेका छौँ,अस्पतालमा दैनिक ५० अक्सिजन ग्यासका सिलिन्डर आवश्यक पर्छन् तर हाल मुस्किलले ५ वटासम्म पाइरहेको अवस्था छ, त्यो ६ घण्टाका लागी मात्रै पुग्छ, अक्सिजन नपाएरै ५ जनाले ज्यान गुमाएका हुन्।’

    कहाँ छ अक्सिजन प्लान्ट

    सुदूरपश्चिममा अहिले दैनिक रूपमा ७ सय अक्सिजन ग्यास सिलिन्डरको माग छ। तर त्यसको तुलनामा धनगढीमा डेढ सय सिलिन्डर मात्रै उत्पादनको क्षमता छ। निजी क्षेत्रबाट सञ्चालित मालिका अक्सिजन उद्योग मेसिनमा समस्या देखिए पछि बन्द अवस्थामा छ। सेती प्रादेशिक अस्पताल भित्रको अक्सिजन प्लान्टले मात्रै ५० देखी ६० को हाराहारीमा अक्सिजन उत्पादन भइरहेको छ। त्यसले अस्थायी कोरोना अस्पतालकै चाप थेग्न सकेको छैन। जसका कारण सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएको छ।

    प्रदेश सरकारको लगानीमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना पनि अलपत्र छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षको मङ्सिरमा प्रदेशमा अक्सिजन प्लान्ट जडान, एम्बुलेन्स र शव वाहन खरिदका लागि १३ करोड रुपैयाँ बजेटको सुनिश्चितता पठाए पनि हालसम्म काम सुरु हुन सकेको छैन ।

    सामाजिक विकास मन्त्रालयकै लापरबाही र ढिलासुस्तीले प्रदेशमा अक्सिजनको अभाव सृजना भएको निजी अस्पतालहरूको आरोप छ।

    मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनमा प्रदेश सरकारले खेलाँची गरिरहेको बताए। ‘अहिले सङ्क्रमितले अक्सिजनको अभावमा ज्यान गुमाइरहेका छन्,’ उनले भने,‘बिरामीका लागि अक्सिजन अति आवश्यक हो तर हामीले अन्य उपचार गर्न नपाउँदै अक्सिजन नपाएकै कारण उनीहरूको ज्यान जान्छ, अवस्था विकराल आइसकेको छ।’

    सरकारले अक्सिजनको व्यवस्था मिलाउन पहल नगरेको उनले आरोप लगाए। ‘अक्सिजन प्लान्ट निर्माणका लागि पहल गरेको देखिँदैन,’ उनले भने,‘स्थापना हुन समय लागे पनि काम त सुरु हुनुपर्यो। हामीले गर्नुपर्ने सहयोग सबै गर्छौँ।’

    अक्सिजन प्लान्ट जडानको तयारी सुरु भइसकेको सामाजिक विकास मन्त्रालयको दाबी छ। वैशाख १६ गते सेती प्रादेशिक अस्पताललाई दुई करोड रुपैयाँ तथा डडेलधुराबाहेक सुदूरपश्चिम प्रदेशका अन्य ६ जिल्ला अस्पताललाई ८०/८० लाख रुपैयाँको अख्तियारी दिइसकेको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।

    आर्थिक मामिला तथा योजना मन्त्रालयबाटै पत्र ढिला आएका कारण केही ढिलाइ भए पनि अव भने कामले गति लिइसकेको मन्त्रालयका प्रवक्ता कार्कीको भनाई छ।

    सेती प्रादेशिक अस्पतालबाहेक अरू कुनै पनि जिल्ला अस्पतालले त्यसको सूचना प्रकाशन गरेका छैनन्। पहाडी जिल्लामा अक्सिजन नपाएर ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेका बेला अझैसम्म सूचना समेत जारी हुन सकेको छैन ।

    • अक्सिजन
    • चेतावनी
    • बिरामी
    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.