• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

घोडाघोडीमा अस्थायी कोरोना अस्पताल: जनशक्ति छ,उपकरण छैन !

"पहिलो दिन आएका बिरामीको मृत्यु "
  •  संवाददाता
  • सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कैलालीको घोडाघोडी नगरपालिका १ की ७० वर्षीय महिलालाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि उनका आफन्तले उपचारका लागी घोडाघोडी अस्पताल पु¥याए । तर त्यहाँ बिरामीको अत्याधिक चाप रहेका कारण अस्पतालले भर्ना लिन सकेन । त्यसपछि बिरामीका आफन्तहरूले तत्काल उनलाई घोडाघोडी नगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोरोना अस्पतालमा पु¥याए। लामो समयदेखि दम र मुटु सम्बन्धी समस्या झेलिरहेकी ती महिला त्यसमै कोरोना सङ्क्रमण पुष्टि भए पछि सास फेर्न पनि निकै हम्मे–हम्मे भइरहेको थियो ।

    No description available.

    ‘शरीरमा अक्सिजनको लेबल ४० प्रतिशत मात्रै थियो,कोरोना अस्थायी अस्पतालका एमबिबिएस डा.टेकराज भट्टराइले भने,‘हामीले अक्सिजन दियौँ त्यसले पनि केही सहज हुन नसके पछि आफन्तहरूले बिरामीलाई घर लिएर गए।’
    ‘बिरामीको अवस्था नाजुक थियो,उहाँलाई तत्काल आइसियुको खाँचो थियो तर हामीसँग अक्सिजनको मात्र व्यवस्था थियो,हामीले उहाँको उपचार गर्न सकेनौँ।’अस्पतालबाट घर ल्याएका ती बिरामीको आइतबार साँझ नै मृत्यु भइसकेको छ ।

    ‘जनशक्ति छ,उपकरण छैन’

    घोडाघोडी नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीलाई लक्षित गर्दै १० शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।नगरपालिकाको मुख्य क्षेत्र सुखड बजारबाट २ किलोमिटर भित्र रहेको दरख स्वास्थ्यको छेउकै भवनबाट सेवा सुरु गरिएको छ ।
    आइतबारबाट सञ्चालनमा आएको अस्पतालमा पहिलो दिन नै एक जटिल बिरामी उपचार खोज्दै पुगे तर उपकरण अभावमा बिरामीको उपचार हुन सकेन।

    अस्थायी कोरोना अस्पतालमा सामान्य औषधी र बेड र अक्सिजन बाहेक अन्य उपकरण छैनन् । बिरामीको एक्सरेको लागी पनि समस्या छ । ‘हामी सँग पर्याप्त जनशक्ति छ,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले भने,‘तर आवश्यक उपकरणहरूको अभाव छ।उपकरणको व्यवस्थापनका लागी हामीले पहल गरिरहेका छौँ।’कोरोना अस्पतालमा अहिले १३ जनाको जनशक्ति छ । अस्पतालको मुख्य जिम्मेवारीमा ‘एमबिबिएस’ डाक्टर टेकराज भट्टराई छन् । त्यसै गरी ४ जना ‘नर्सिङ स्टाफ’,४ जना ‘पारामेडिक्स’ र दुई÷दुई जना ल्याब र कार्यालय सहयोगी छन् ।

    No description available.
    ‘हामी सँगै अहिले नै पर्याप्त उपकरण छैनन्,डा.भट्टराईले भने,‘यहाँ भएका उपकरणहरूले हामी बिरामीलाई सेवा दिन सक्छौँ।अहिले हामीले एन्टीजेन विधिबाट कोरोना परीक्षण र डाक्टरी परामर्श सेवा सँगै सामान्य उपचार गरिरहेका छौँ।’

    अस्थायी कोरोना अस्पतालमा १५ वटा सानो अक्सिजन सिलिन्डर छन्,ती मध्ये पनि हामीले दुई वटा प्रयोगमा ल्याइसकेका छौँ,डा. भट्टराइले भने,अव १३ वटा मात्रै बाँकी छन्।एन्जीेजेन परीक्षणका लागी पनि अव जम्मा १ सय १० को हाराहारीमा मात्रै किटहरू छन्।’

    खरिद गर्ने जमर्को,तर पुग्ने कहिले ?

    नगर क्षेत्र भित्र कोरोना अस्पताल स्थापना गरिए पनि उपकरण अभावमा बिरामीले भरपर्दो सेवा पाउन मुस्किल छ । नगरपालीकामा अस्थायी कोरोना अस्पताल छ भन्नु जस्तो मात्रै हो तर सङ्क्रमित बिरामीले तत्काल उपचार पाउने अवस्था छैन । आइतबार अस्पताल पुगेका बिरामीको उपचार हुन सकेन,सोमवार कुनै पनि बिरामी सेवा लिन आएनन् ।

    जनशक्ति भएर पनि उपकरण अभावले समस्या छ । यद्यपि आवश्यक उपकरण खरिद प्रक्रियामा रहेको नगरपालिकाको दाबी छ। ‘हामीले उपकरण खरिद गर्दै छौँ,नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र बहादुर सिंहले भने,‘८० वटा अक्सिजन सिलिन्डर,५ सय एन्टीजेन किट,एक्सरे मेसिन,ई सिजी मेसिन लगायतका उपकरण खरिद गर्दैछौैँ,अबको एक सातामा आइपुग्छ। कोरोना परीक्षण र सङ्क्रमितको व्यवस्थापनका लागी सक्दो पहल गर्दै छौँ।’

    No description available.

    कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको सुरुमै सङ्घीय सरकारले रु १० लाख पठाएको भए पनि घोडाघोडीमा चिकित्सक अभावको समस्या देखाउँदै हाल सम्म अस्पताल स्थापना भएको थिएन । अहिले जनशक्ति पदपूर्ती भए पनि उपकरण अभावले सेवा प्रवाहमा समस्या छ ।

    • उपकरण
    • कोरोना अस्पताल
    • जनशक्ति
    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.