• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, जेठ ३१, २०८२ | Friday 13th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • १ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • ३ दिन अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • ३ दिन अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • ३ दिन अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • ३ दिन अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • ३ दिन अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • ४ दिन अगाडि

घोडाघोडीमा अस्थायी कोरोना अस्पताल: जनशक्ति छ,उपकरण छैन !

"पहिलो दिन आएका बिरामीको मृत्यु "
  •  संवाददाता
  • सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कैलालीको घोडाघोडी नगरपालिका १ की ७० वर्षीय महिलालाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि उनका आफन्तले उपचारका लागी घोडाघोडी अस्पताल पु¥याए । तर त्यहाँ बिरामीको अत्याधिक चाप रहेका कारण अस्पतालले भर्ना लिन सकेन । त्यसपछि बिरामीका आफन्तहरूले तत्काल उनलाई घोडाघोडी नगरपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोरोना अस्पतालमा पु¥याए। लामो समयदेखि दम र मुटु सम्बन्धी समस्या झेलिरहेकी ती महिला त्यसमै कोरोना सङ्क्रमण पुष्टि भए पछि सास फेर्न पनि निकै हम्मे–हम्मे भइरहेको थियो ।

    No description available.

    ‘शरीरमा अक्सिजनको लेबल ४० प्रतिशत मात्रै थियो,कोरोना अस्थायी अस्पतालका एमबिबिएस डा.टेकराज भट्टराइले भने,‘हामीले अक्सिजन दियौँ त्यसले पनि केही सहज हुन नसके पछि आफन्तहरूले बिरामीलाई घर लिएर गए।’
    ‘बिरामीको अवस्था नाजुक थियो,उहाँलाई तत्काल आइसियुको खाँचो थियो तर हामीसँग अक्सिजनको मात्र व्यवस्था थियो,हामीले उहाँको उपचार गर्न सकेनौँ।’अस्पतालबाट घर ल्याएका ती बिरामीको आइतबार साँझ नै मृत्यु भइसकेको छ ।

    ‘जनशक्ति छ,उपकरण छैन’

    घोडाघोडी नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीलाई लक्षित गर्दै १० शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।नगरपालिकाको मुख्य क्षेत्र सुखड बजारबाट २ किलोमिटर भित्र रहेको दरख स्वास्थ्यको छेउकै भवनबाट सेवा सुरु गरिएको छ ।
    आइतबारबाट सञ्चालनमा आएको अस्पतालमा पहिलो दिन नै एक जटिल बिरामी उपचार खोज्दै पुगे तर उपकरण अभावमा बिरामीको उपचार हुन सकेन।

    अस्थायी कोरोना अस्पतालमा सामान्य औषधी र बेड र अक्सिजन बाहेक अन्य उपकरण छैनन् । बिरामीको एक्सरेको लागी पनि समस्या छ । ‘हामी सँग पर्याप्त जनशक्ति छ,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले भने,‘तर आवश्यक उपकरणहरूको अभाव छ।उपकरणको व्यवस्थापनका लागी हामीले पहल गरिरहेका छौँ।’कोरोना अस्पतालमा अहिले १३ जनाको जनशक्ति छ । अस्पतालको मुख्य जिम्मेवारीमा ‘एमबिबिएस’ डाक्टर टेकराज भट्टराई छन् । त्यसै गरी ४ जना ‘नर्सिङ स्टाफ’,४ जना ‘पारामेडिक्स’ र दुई÷दुई जना ल्याब र कार्यालय सहयोगी छन् ।

    No description available.
    ‘हामी सँगै अहिले नै पर्याप्त उपकरण छैनन्,डा.भट्टराईले भने,‘यहाँ भएका उपकरणहरूले हामी बिरामीलाई सेवा दिन सक्छौँ।अहिले हामीले एन्टीजेन विधिबाट कोरोना परीक्षण र डाक्टरी परामर्श सेवा सँगै सामान्य उपचार गरिरहेका छौँ।’

    अस्थायी कोरोना अस्पतालमा १५ वटा सानो अक्सिजन सिलिन्डर छन्,ती मध्ये पनि हामीले दुई वटा प्रयोगमा ल्याइसकेका छौँ,डा. भट्टराइले भने,अव १३ वटा मात्रै बाँकी छन्।एन्जीेजेन परीक्षणका लागी पनि अव जम्मा १ सय १० को हाराहारीमा मात्रै किटहरू छन्।’

    खरिद गर्ने जमर्को,तर पुग्ने कहिले ?

    नगर क्षेत्र भित्र कोरोना अस्पताल स्थापना गरिए पनि उपकरण अभावमा बिरामीले भरपर्दो सेवा पाउन मुस्किल छ । नगरपालीकामा अस्थायी कोरोना अस्पताल छ भन्नु जस्तो मात्रै हो तर सङ्क्रमित बिरामीले तत्काल उपचार पाउने अवस्था छैन । आइतबार अस्पताल पुगेका बिरामीको उपचार हुन सकेन,सोमवार कुनै पनि बिरामी सेवा लिन आएनन् ।

    जनशक्ति भएर पनि उपकरण अभावले समस्या छ । यद्यपि आवश्यक उपकरण खरिद प्रक्रियामा रहेको नगरपालिकाको दाबी छ। ‘हामीले उपकरण खरिद गर्दै छौँ,नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र बहादुर सिंहले भने,‘८० वटा अक्सिजन सिलिन्डर,५ सय एन्टीजेन किट,एक्सरे मेसिन,ई सिजी मेसिन लगायतका उपकरण खरिद गर्दैछौैँ,अबको एक सातामा आइपुग्छ। कोरोना परीक्षण र सङ्क्रमितको व्यवस्थापनका लागी सक्दो पहल गर्दै छौँ।’

    No description available.

    कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको सुरुमै सङ्घीय सरकारले रु १० लाख पठाएको भए पनि घोडाघोडीमा चिकित्सक अभावको समस्या देखाउँदै हाल सम्म अस्पताल स्थापना भएको थिएन । अहिले जनशक्ति पदपूर्ती भए पनि उपकरण अभावले सेवा प्रवाहमा समस्या छ ।

    • उपकरण
    • कोरोना अस्पताल
    • जनशक्ति
    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      आज देशभरका मस्जिदमा बकर ईद मनाइँदै

    • २.
      कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

    • ३.
      सुदूरपश्चिममा भारतबाट आएका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    • ४.
      सुदूरपश्चिममा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने : मुख्यमन्त्री कमलबहादुर शाह

    • ५.
      धनगढी–अत्तरिया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

    • ६.
      संघीय सरकार अन्तर्गतका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

    • ७.
      कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात

    • ८.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • ९.
      भारतबाट फर्केका कैलाली र अछामका पाँच जनामा कोरोना सङ्क्रमण

    • १०.
      बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.