• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, कार्तिक ३०, २०८२ | Saturday 15th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • ३ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

गणेश आधारभूत विद्यालयमा तीन कोठे भवन र दुई कोठे शौचालय शिलान्यास

"विल्डअन नेपाल र नगरपालिकाको संयुक्त साझेदारी  "
  •  संवाददाता
  • मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- कञ्चनपुरको दोधराचाँदनी नगरपालिका वडा नम्बर ३ मा रहेको गणेश आधारभूत विद्यालयमा ३ कोठे पक्की भवन र २ कोठे शौचालय निर्माण सुरु भएको छ । अनुमानित ४३ लाख २३ हजार ३ सय ८४ रुपैयाँ ५४ पैसा अनुमानित कुल लागत रहने गरी विल्ड अन नेपाल र नगरपालिकाको संयुक्त साझेदारीमा सुरु भएको निर्माण हुन लागेको भवनको मङ्गलवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।

    १ सय ६ दिनमा काम सक्ने गरी सुरु भएको योजनामा विल्डअन नेपालले ३० लाख ८ हजार ६ सय १५ रुपैयाँ ६४ पैसा र नगरपालिकाले १३ लाख १४ हजार ७ सय ६४ रुपैयाँ ९० पैसा बेहोर्ने सम्झौता गरिएको छ । परियोजनालाई सञ्चालन गर्नका लागी दीपक नेपालीको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ ।

    आयोजनाबाट २ सय ५० घरधुरी र २ सय ७१ विद्यार्थी लाभान्वित हुनेछन् । शिलान्यास समारोहलाई सम्बोधन गर्दै दोधाराचादनी नगरपालिका उपप्रमुख गंगादेवी जोशीले दुर्गममा रहेको विद्यालयको भवन निर्माण हुनु नगरपालिकाका लागी गौरवको विषय भएको बताइन् ।‘विल्डअन नेपाल र हाम्रो नगरपालीको साझेदारीमा भवन निर्माण हुँदै छ ।अव यहाँका बिद्यार्थीहरुले शौचालय र भवनको अभावले दुःख पाउने समस्याको अन्त्य हुनेछ,’जोशीले भनिन् ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर ओलीले विल्डअन नेपालको पहलमा विद्यालयमा शौचालय र भवन बन्न लागेकोमा खुसी व्यक्त गरे । ‘तपाई हाम्रा नानीवावुहरुले सुविधा सम्पन्न भवनमा अध्ययन गर्न पाउने भए हामी भाग्यमानी हौँ । समयमै भवन निर्माण सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्छ,’ओलीले भने ।

    भवन निर्माणमा स्थानीयहरूले जनश्रमदान गर्नेछन् । जनश्रमदानमा सहभागी हुन अमेरिका लगायतका देशबाट एससीवी कम्पनीका १९ जना विदेशी नागरिकहरू पनि आएका छन् । उनीहरू दैनिक ४ घण्टाका दरले दुई दिन श्रमदान गरेर फर्किनेछन् ।

    कञ्चनपुरमा ९२ विद्यालयका रूपमा गणेश आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु भएको विल्डअन नेपाल प्रमुख निर्मला चौधरीले बताइन् । ‘विद्यालय भवन अभाव र जीर्ण रहेका स्थानमा हामी भवन निर्माण गर्दै आइरहेकाछौँ। यसअघि कञ्चनपुरमा मात्र ९१ विद्यालयका भवन निर्माण गरेका छौँ। कैलालीमा १ सय ९८ विद्यालयका भवन र शौचालय वनेका छन् । बाँके,बर्दिया,नुवाकोट,सिन्धुपाल्चोक,गोर्खा र सिराहा गरी नेपालभर ३ सय ९६ बिद्यायका भवन र शौचालय निर्माण भइसकेका छन्,’चौधरीले भनिन् ।

    विद्यालय भवन निर्माणका क्रममा स्थानीय र दातृसंस्थामा लगानी गर्ने वैदेशिक लगानीकर्तासमेत श्रमदानमा खटिएको उनको भनाइ छ ।

    ‘छड, सिमेन्ट, फलाम, फर्निचरलगायत सामाग्री हामी सहयोग गछौँ। बालुवा, गिट्टी र ढुङ्गाको व्यवस्थापन पालीकाले गर्ने गरेको छ । सन् १९९४ देखि विद्यालयका संरचना निर्माण र साक्षरता शिक्षामा हामी सहयोग गर्दै आएका छौँ,’विल्डअन नेपाल कन्ट्री डाइरेक्टर निर्मला चौधरीले भनिन् ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
    गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
    अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.