रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश इस्तरिय एजेन्सी म्यानेजर सम्मेलन को आयोजना गरेको छ । कैलाली को धनगढी मा 2 दिने कार्यक्रम को आयोजना गर्दै एजेन्सी मेनेजर तथा MDRT सम्मान तथा एजेन्सी उत्प्रेरणा प्रदान गरीएको हो ।
कार्यक्रममा विभिन्न विधामा उपलब्धि हासिल गर्ने करिब एक सय अभिकर्ताहरूलाई सम्मान गरिएको थियो र उक्त कार्यक्रम मा १८० जना को सहभागी ता थियो। टिममा सबैभन्दा बढी ब्यबसाय गर्न सफल महेन्द्रनगर शाखा का सिनियर एजेन्सी मेनेजर नरेन्द्र महता र ब्याक्तीगत कोड मा सबै भन्दा बढि व्यवसाय गर्ने लम्की शाखाकीMDRT दुर्गा धामी र अत्तरिया शाखाका MDRT प्रेमसिंह साउँदलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै रिलायवल लाइफ इन्सोरेन्स नेपालका मार्केटिङ विभाग प्रमुख शैलेन्द्र श्रेष्ठले देशभरिमै सबै भन्दा ठुलो बिमा मृत्यु दाबी रकम रिलायवलले नै प्रदान गरेको बताउनु भयो । साथै उहाँले सुदूरपश्चिम अभिकर्ताहरूले कारोबारको दायरा बढाउदैँ लगेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बिमाका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टले सशक्त ढङ्गले बिमा क्षेत्रमा काम गर्न अभिकर्ताहरूलाई सुझाव दिए । जीवन बिमाबाट जीवन रक्षा सँगै छोटो समयमा मनग्य आम्दानी गर्नका उहाँको भनाइ छ ।
सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल बिपी रेग्मीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरका कर्मचारी र अभिकर्ताहरूको सहभागिता थियो । महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन अत्तरिया शाखा का प्रमुख मोहन बहादुर बोहराले गरेका थिए ।