काठमाडौं– चीनको सिचुवान प्रान्तले सहयोग गरेको स्वास्थ्य उपकरण नेपाल आइपुगको छ।
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मेडिकल उपकरणहरु काठमाडौं आइपुगेको जानकारी दिइन्।
सिचुवान प्रान्तले सरकारलाई सहायता स्वरुप प्रदान गरेको ५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कोभिडविरुद्धको स्वास्थ्य सामग्री विमान चार्टर गरी पठाएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, पिपिइ, मास्क लगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आएको छ।
यसअघि चीनले ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर सहयोग गरेको थियो।