• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ २७, २०८० | Saturday 10th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

थरिथरिका योनी : यस्तोमा मिल्छ यौनसन्तुष्टि !

  •  संवाददाता
  • बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    व्यक्तिपिच्छे मानिसको अनुहार आकारप्रकार फरक फरक हुने गर्छ । सबै मानिसहरुको आकारप्रकार र रुप एकै हुने गर्दैन । ठीक यही कुरा योनी अर्थात् महिलाका प्रजनन अंगको मुख्य भागको हकमा पनि लागू हुन्छ ।

    महिलाको योनीको आकारले के फरक पर्छ रु यो युगौंदेखि उठ्दै आएको प्रश्न हो । यो प्रश्नबारे बढी चासो राख्नेहरुमा पुरुष रहने गर्छन् तर स्वयं महिलाको हकमा पनि यो कुरा कम चासोको विषय चाहिँ होइन ।

    महिलाहरुले यो विषयमा खासै कुरा गर्न नचाहन पनि सक्छ, कतिपय महिलाहरुले तिनका योनीको आकारका बारेमा चिन्ता गर्न पनि सक्छ र त्यसले यौनान्दमा वा बच्चा जन्माउने सन्दर्भमा के कस्तो असर पार्न सक्छ भन्ने चासो र चिन्ता पनि तिनमा रहने गर्छ ।

    तर यस क्षेत्रमा खासै अनुसन्धानहरु भएका छैनन् । किनभने, महिलाको यौन गतिविधिमा थुप्रै पक्षहरुले भूमिका खेल्ने गर्छन् । त्यसमाथि थप, योनीको आकार र यौनान्दका बीच के सम्बन्ध हुन्छ भन्नेबारेमा भन्नै कठिन पनि छ ।

    ‘‘यौनक्रियामा योनीको आकारको सम्बन्धका बारेमा बुझ्ने हाम्रो क्षमतालाई सही ढंगले बुझिएको छैन’’, क्रिस्टोफर टार्नेले वेवमेडसँगको कुराकानीमा यसो भन्छन् । उनी उक्ला मेडिकल सेन्टरका फिमेल मेडिसिन एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी विभागका डाइरेक्टर हुन् । उनका अनुसार ‘‘बितेका १० देखि १५ वर्षमा यौन औषधी विज्ञानका क्षेत्रमा धेरै चासोहरु दिइएका छन् ।’’

    ग्रहण गर्ने र परिवर्तन हुन सक्ने क्षमता

    ‘‘योनी अत्यन्तै लचिलो, इलास्टिक जस्तो खुम्चने र तन्कने क्षमता भएको अंग हो । यो आफ्नो ठाउँमा टेम्पोनलाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी फैलिन सक्ने पनि हुन्छ ।ू
    ‘‘योनी अत्यन्तै लचिलो, इलास्टिक जस्तो खुम्चने र तन्कने क्षमता भएको अंग हो’’, बाल्टिमोरस्थित मर्सी मेडिकल सेन्टरका एडोल्सेन्ट गाइनोकोलोजी एण्ड वेल वुमेन केयरका डाइरेक्टर क्रिश्टाइन ओ कोनोर भन्छन् । यो आफ्नो ठाउँमा टेम्पोन ९महिनावारी भएको बेला रगत सोस्न योनीभित्र राखिने रुवा वा कपडाको सामान, जुन भिजेपछि फैलिने गर्छ र रगतलाई चुहिन दिँदैन० लाई अड्याएर राख्न सक्ने गरी सानो हुन सक्छ भने एउटा सिंगो बच्चालाई त्यसबाट पार गराउन सक्ने गरी फैलिन सक्ने पनि हुन्छ । यस्तो किन हुन्छ भने योनीका भित्री भित्ताहरु हाम्रा आमाशयसँग मिल्दोजुल्दो हुन्छ, त्यो प्रयोग नहुँदा एकअर्कामाथि खप्टिएर पत्रपत्र बनेर बसेको हुन्छ, जुन आवश्यक पर्दा फैलिन सक्छ ।

    “त्यो एउटै निश्चित आकारमा रही रहँदैन”, ओ कोनोर भन्छन्, “यो तत्क्षण त्यसक्षेत्रबाट पार भइरहेको वस्तु वा चीजलाई ग्रहण गर्न सक्ने गरी परिवर्तित भइरहेको हुन्छ ।”

    महिलाको योनीको आकारलाई नाप्ने काम सामान्यतः सबैभन्दा पहिले सन् १९६० को दशकमा मास्टर एण्ड जोनसनले गरेको कार्यबाट थालनी भएको पाइन्छ । उनीहरुले कहिल्यै गर्भवती नभएका १०० महिलाहरुमाथि परीक्षण गरेर हेर्दा सामान्य अवस्थामा महिलाहरुको योनी २।७५ इन्चदेखि ३।२ इन्चसम्म हुने गरेको पाएका थिए । तर तिनै महिलाहरु कामोत्तेजित हुँदा त्यो बढेर ४।२५ देखि ४।७५ इन्चसम्म भएको पाएका थिए । तर योनी कत्रो छ भन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ यौनक्रियामा योनीको बाहिरी एक तिहाई हिस्साले मात्रै महत्त्वपूर्ण भूमिका खेल्ने मानिएको छ ।

    तर महिलाको योनीको लम्बाईले यौन सन्तुष्टिमा कसरी भूमिका खेल्छ भन्नेबारे कसैलाई पनि यकीन थाहा छैन ।

    टार्नेका अनुसार, उनले महिलाहरुमा पाएको मुख्य समस्या भनेको यौनक्रियाका दौरानमा महसूस गर्ने असहजतापन नै हो । यो त्यस्तो बेलामा विशेष गरेर हुने गर्छ जब महिलाको योनी छोटो हुन्छ, कसिलो हुन्छ वा मुख्यतः बच्चा जन्माएपछि उनीहरुको अंग ९पाठेघर, ब्लाडर वा अरु भित्री अंगहरु० खसेको हुन्छ । उनका अनुसार, “अंग खसेको अवस्थामा बाहेक, योनीको लम्बाईले यौन सन्तुष्टिमा कुनै असर पार्दैन ।”

    टार्नेका अनुसार, “योनीको प्रवेशद्वारको आकारले चाहिँ फरक पार्न सक्छ ।” बच्चा जन्मेपछि उनीसमक्ष मानिसहरुले गर्ने सबैभन्दा बढी गुनासो यही विषयसँग सम्बन्धित हुने गर्छ ।
    टार्नेका अनुसार, “योनीको प्रवेशद्वारको आकारले चाहिँ फरक पार्न सक्छ ।” बच्चा जन्मेपछि उनीसमक्ष मानिसहरुले गर्ने सबैभन्दा बढी गुनासो यही विषयसँग सम्बन्धित हुने गर्छ ।

    “महिलाहरु आफ्नो यौनक्रियामा परिवर्तन आएको जनाउँदै त्यसले आफ्ना योनी खुकुलो भएको र कम सन्तुष्टि प्राप्त भएको गुनासो गर्दै आउँछन्”, टार्ने भन्छन् । सन् १९९६ देखि चिकित्सकहरुले बच्चा जन्मेलगत्तै उनीहरुको योनीभित्रका भागहरु कसरी मर्मत तथा पुनःनिर्माण भइरहेको हुन्छ भन्ने थाहा पाउन पेल्भिक अर्गान प्रोल्याप्स क्वान्टिफिकेसन सिस्टम भनिने विशेष खालको प्रणाली उपयोगमा ल्याउन थाले ।

    टार्नेका अनुसार, यो नै महिलाको योनीको बच्चा जन्मनुअघि र जन्मेपछिको अवस्था सही ढंगले नाप्ने प्रणाली हो । डाक्टरहरुले थुप्रै महिलाहरुमाथि गरेको अनुसन्धानपछि सामान्य प्रसवको दौरान योनीमार्गबाट बच्चा जन्माउने महिलाहरुको योनीको प्रवेशद्वार केही बढेको पाएका थिए । त्यसो हुनुको कारण चाहिँ त्यस दौरानमा त्यस क्षेत्रका मांसपेशीहरुमा कमजोरी आउनु वा चोट पटक लाग्नु पनि हुन सक्छ”, टार्ने भन्छन् ।

    “आफ्नो यौनाङ्ग क्षेत्रका मांसपेशीहरुलाई खुम्चाउन सक्ने महिलाले योनीको आकारलाई बढाउन वा घटाउन सक्छ, उनी भन्छन्, “त्यसो गर्न सक्नेले योनीको खुकुलोपनाको समस्यालाई कम गर्न सक्छ ।”

    “केगल एक्सरसाइज भनेर चर्चित यौनाङ्ग क्षेत्रको मांसपेशीलाई फैलाउने तथा खुम्चाउने अभ्यासले यो क्षेत्रको मांसपेशीलाई कसिलो बनाउन मद्दत गर्छ” भन्दै टार्ने अगाडि भन्छन्, “यसो गरिए सामान्यतः यौनान्दमा पनि बृद्धि हुन सक्छ ।”
    “केगल एक्सरसाइज भनेर चर्चित यौनाङ्ग क्षेत्रको मांसपेशीलाई फैलाउने तथा खुम्चाउने अभ्यासले यो क्षेत्रको मांसपेशीलाई कसिलो बनाउन मद्दत गर्छ” भन्दै टार्ने अगाडि भन्छन्, “यसो गरिए सामान्यतः यौनान्दमा पनि बृद्धि हुन सक्छ ।” सन् २००८ मा अस्ट्रेलिन एण्ड न्यूजिल्याण्ड जर्नल अफ अब्सटेट्रिक एण्ड गाइनोकोलोजीमा प्रकाशित एक अध्ययन रिपोर्टमा नियमित रुपमा केगल एक्सरसाइज गर्ने महिलाहरुले उक्त एक्सरसाइज नगर्ने महिलाहरुले भन्दा बढी मात्रामा यौनआनन्द महसूस गर्ने उल्लेख गरिएको थियो ।

    तर मुख्य समस्या के हो भने बहुसंख्यक महिलाहरुलाई त्यो केगल एक्सरसाइज भनेको के हो र त्यो सही ढंगले कसरी गर्ने भन्नेबारे थाहा नै हुँदैन ।

    विज्ञहरुका अनुसार, यो एक्सरसाइज गर्न सजिलो छ । विशेष गरेर मुत्रत्याग गर्दा सकेसम्म च्याप्ने वा रोक्ने, अलिकति मुत्र त्याग गर्ने फेरि च्याप्ने– यो प्रक्रिया केहीबेर दोहोर्‍याउने । अर्को तरिका भनेका योनीभित्र औंला छिराउने र त्यसलाई योनीको मांशपेशी खुम्चाएर चेप्ने । करिब १० सेकेन्डसम्म च्यापिराख्ने र छाड्ने । यो प्रक्रिया एक पटकमा १० देखि २० चोटी गर्ने र दिनमा ३ पटकसम्म गर्ने । यो व्यायाम गर्दा सकेसम्म श्वास सामान्य तरिकाले छाड्ने र खुट्टा पेटका मांसपेशीहरु सकेसम्म नखुम्च्याउने । यसो गरेमा योनी क्षेत्रका मांसपेशीहरु कसिलो बन्न मद्दत पुग्छ ।

    केही महिलाहरुमा चाहिँ बच्चा जन्माउने क्रममा त्यस क्षेत्रका स्नायुहरुमा क्षति पुगेका हुन्छन् र त्यो केगल एक्सरसाइज गर्ने मांसपेशी महसूस नगर्न पनि सक्छ । टार्ने भन्छन्, त्यस्तो अवस्थामा केगल एक्सरसाइज सही ढंगले सिक्नको लागि विशेषज्ञहरुको मद्दत लिनुपर्ने पनि हुन सक्छ ।

    केले चाहिँ असर गर्छ ?

    “योनीको आकारप्रकार अनि समयक्रममा यो परिवर्तन हुन्छ, हुँदैन भन्ने कुराबारे चिन्ता लिनु वास्तवमै गलत हो”, ओ कोनोर भन्छन् । उनका अनुसार, ूयोनीको आकार प्रकारभन्दा पनि त्यस क्षेत्रमा आउने स्राव, जागृत हुने यौन उत्तेजना र आफ्ना पार्टनरसँगको राम्रो सम्बन्धले महिलाको यौनआनन्दमा ठूलो भूमिका खेल्ने गर्छ । ू

    उनको यो भनाइलाई सन् २०१० मा इन्टरनेशनल युरोगाइनोकोलोजी जर्नलमा प्रकाशित अध्ययनले पनि समर्थन गर्छ । अनुसन्धानकर्ताहरुले अध्ययनमा समावेश गरिएका ४० वा त्यसभन्दा माथिल्ला उमेरका ५०० जना महिलाहरुको मेडिकल रेकर्ड परीक्षण र प्रश्नावलीहरुका आधारमा उनीहरुको योनीको लम्बाई, त्यसको प्रवेशद्वार र त्यसले यौनसन्तुष्टिमा पार्ने असरबारे अध्ययन गरेका थिए ।

    त्यस अध्ययनमा अनुसन्धानकर्ताहरुले के पत्ता लगाएमा भने, यौन चाहना, उत्तेजना, चरमोत्कर्ष, पीडा र यौन सन्तुष्टि भन्ने कुरा योनीको आकारसँग सम्बन्धित रहेको हुँदैन । बरु, बढ्दो उमेर, मोटोपना र पार्टनरसँगको आत्मीय सम्बन्ध नहुने कुराले चाहिँ महिलाको यौनसन्तुष्टिमा कमी आउने पाइएको थियो ।

    यौन सन्तुष्टि प्राप्त गर्ने कुरामा शारीरिक रुपमा यस्तै हुनुर्प भन्ने हुँदैन” भन्दै कोनोर भन्छन्, “वास्तवमा यो आफ्ना पार्टनरसँगको सहज सम्बन्ध बनाएर एकअर्काले आपसी रुपमा अनुभव गर्न र सहजता महसूस गर्न चाहिरहेको छ भन्ने कुरा कसरी निश्चित गर्ने भन्ने हो ।”

    • योनी
    • यौनसन्तुष्टि
    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात बहिनी भगवती !
    धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
    भयाभय समाज निर्माण हुनुमा जिम्मेवार को ?
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.