• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

गेटामा आइसोलेसन सेन्टर कहिले सञ्चालन हुने ?

  •  संवाददाता
  • शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कैलालीको गेटा मेडिकल कलेजमा निर्माणाधीन अवस्थामा रहेको आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको छ। कैलालीमा संक्रमित संख्या बढेपछि गेटा मेडिकल कलेजलाई आइसोलेसन सेन्टर बनाउन लागिएको हो।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा २१ वैशाखदेखि निर्माणको काम सुरु भएको थियो।

    धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गेटामा निमार्णाधीन आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको बताए। २ हजार क्षमताको आइसोलेन बनाउने तयारी भइरहेको कलेजमा सुरुमा ५ सय बेडको बनाईने भनिएको छ। अहिले ८० देखि ९० बेड तयारी अवस्थामा रहेको र बाँकी आवश्यकताका आधारमा बनाइने नगर प्रमुख वडले बताए।

    उनले भने,‘सबै तयारी सकियो तर अक्सिजन नभएका कारण मात्रै सञ्चालनमा आउन सकेको छैन। हामीले काम र तयारी पूरै गरिसकेका छौँ। अक्सिजनको व्यवस्था हुन नसक्दा रोकिएका छौँ। यदि अक्सिजनको व्यवस्था भयो भने तत्काल आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ।’

    कैलालीमा रहेको सेती प्रादेशिक अस्पताललगायत अन्य निजी अस्पतालमा पनि अहिले अक्सिजनको अभाव भएको उनले बताए। वडले आफूहरु अक्सिजन व्यवस्थापनमा जुटेको र केही दिनमै व्यवस्था भएर आइसोलेसन सेन्टर सञ्चालनमा आउने दाबी गरे।

    आइसोलेसन सेन्टर निर्माणमा प्रदेश सरकार अग्रसर

    निर्माणाधीन आइसोलेसन सेन्टर निर्माणलाई चाडो बनाउन सुदूरपश्चिम प्रदेश सरकार अग्रसर देखिएको छ। संक्रमित संख्या अत्यधिक बढेपछि मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी सुरु गरिएकामा प्रदेश सरकारले निर्माण कार्यमा सहयोग गरेका छ।

    सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ। साथै २० जना स्वास्थ्यकर्मी परिचालन गर्ने समेत बताएको छ।

    प्रदेशको सामाजिक विकास मन्त्रालयले आवश्यक जनशक्ति करारमा भर्ना गर्ने जनाएको छ। मन्त्रालयले दुई जना विषेशज्ञ चिकित्सकसहित दुई जना मेडिकल अफिसर, पाँच जना स्टाफ नर्स, हेल्थ असिसटेन्ट, अहेब, अनमी, ल्याब टेकिनिसियन दुई–दुई जना र तीन सरसफाइकर्मी गरी २० जनालाई खटाउने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा। जगदीश जोशीले बताए। आइसोलेसन सेन्टरमा अक्सिजनको अभावबारे पहल भईरहेको उनको भनाइ छ।

    ह्युमानिटी फाउण्डेसनले अक्सिजन प्लान्ट जडान गर्दै

    पछिल्लो समय कोरोना संक्रमितले अक्सिजनको अभावका कारण अकालमै ज्यान गुमाउँदै छन्। अक्सिजनको अभाव खड्किएका बेला ह्युमानिटी फाउण्डेसन नेपालले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ। अक्सिजन अभावमा नागरिकले ज्यान गुमाउन नपरोस भन्दै ह्युमानिटी फाउण्डेसन नेपालले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको हो।

    फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले भने, ‘प्रदेशमा नागरिक अक्सिजन नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन्। उक्त समस्यालाई मध्यनजर हामीले निःशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएका थियौं। लगत्तै दुई साताभित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने लक्ष्य राखेका छौं।’ जनस्तरको सहयोगबाट ह्युमानिटी फाउण्डेसनले अक्सिजन प्लान्ट जडान गर्न लागेको हो।

    अक्सिजन प्लान्ट जडानका लागि विभिन्न व्यक्ति तथा संस्थाहरुले आर्थिक सहयोग गरिरहेको फाउण्डेसनका महासचिव उपाध्यायले बताए। अक्सिजन प्लान्ट जडान भएपछि बिरामीलाई राहत हुने अपेक्षा गरिएको छ।

    मंगलबार अक्सिजन प्लान्ट जडान गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र ह्युमानिटी फाउण्डेसन नेपालबीच सहमति भएको छ। कोरोना भाइरसबाट संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन प्लान्ट मन्त्रालयको मातहतमा रहेको सेती प्रादेशिक अस्पतालमा निःशुल्क जडान गरिन लागेको फाउण्डेसनले जनाएको छ।

    अक्सिजन कन्सन्ट्रेटर जडान, उपचारमा सहज

    सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ। संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ।

    प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ र धनगढीका हार्डवेयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटरबाट संक्रमितलाई अक्सिजन दिन थालिएको जानकारी दिए।

    अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिन्डर भरेर संक्रमितको बेडसम्म पुगाउनुपर्ने झन्झटसमेत हटेको बताए। श्रेष्ठले अहिले प्लान्टबाट सोझै पाइप जोडेर अक्सिजन दिन थालिएको बताए। जसले संक्रमितको उपचारमा सहज भएको अस्पतालले जनाएको छ।

     

    • आइसोलेसन
    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.