• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

निषेधाज्ञामै झन् बढ्यो संक्रमण, मृत्यु दर पनि उच्च

  •  संवाददाता
  • शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी-कोरोना भाइरसको दोस्रो लहर आएपछि धनगढी कोरोनाको ‘हटस्पट’को बनेको छ। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि संक्रमण दरमा भने कमी आएको छैन। कुल एक लाख ८६ हजार २५० जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा दोस्रो लहर भित्रिएपछि चैतदेखि हालसम्म मात्र संक्रमितको संख्या २ हजार ८१५ पुगेको छ। पहिलो लहरका बेला करिब एक वर्षको अवधिमा तीन हजार ७०० जना संक्रमित फेला परेका थिए।

    उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार पछिल्लोपटक संक्रमित भएकामध्ये एक हजार ३९० जना कोरोनामुक्त भएका छन्। एक हजार ३७७ जना सक्रिय संक्रमित छन्। गत वर्ष कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएकोमा यस वर्षको करिब डेढ महिनामा झण्डै तीन गुणा बढी ५५ जनाको मृत्यु भएको उपाध्यायले जानकारी दिए।

    बजार क्षेत्रमा बढी संक्रमण

    धनगढी उपहानगरपालिकाको बजार क्षेत्रमा पर्ने वडाहरुमा संक्रमण र मृत्यु दर धेरै रहेको छ। स्वास्थ्य शाखाका अनुसार वडा नम्बर ५ मा सबैभन्दा धेरै ७२७ जना संक्रमित रहेका छन्। यस्तै, बजार क्षेत्र नै पर्ने वडा नम्बर १ मा ३८८, वडा नम्बर २ मा ३७३, वडा नम्बर ३ र ४ मा ३४३÷३४३ जना संक्रमित रहेका छन्।

    दोस्रो लहरको संक्रमणका कारण ५५ जनाको मृत्यु भइसकेको छ। जसमध्ये वडा नम्बर ३ का १४, वडा नम्बर २ का ८, वडा नम्बर ४ र ५ का ६÷६ जनाको रहेका छन्। बजार क्षेत्रमा संक्रमण र मृत्यु दर बढी हुनुको प्रमुख कारण विभिन्न बहानामा हुने आवतजावत नै भएको अधिकारीहरु बताउँछन्।

    भारतबाट आउनेहरुलाई व्यवस्थापन गर्न नसक्नु कमजोरी

    धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय भारतबाट आउनेहरुलाई उचित व्यवस्थापन गर्न नसक्नु महामारी फैलिनुमा ठूलो कमजोरी भएको स्वीकार्छन्।

    ‘उहाँहरु निर्वाध रुपमा बजारमा किनमेल गर्ने, एकअर्कालाई भेट्न थाल्नुभयो। त्यसैले संक्रमण तीव्र बन्यो,’ उनले भने, ‘अर्को कुरा धनगढी प्रदेशको राजधानी भएकाले यहाँ मानिसको आवतजावत बढी हुने हुँदा संक्रमण फैलियो।’

    वैशाख महिनाभर भएका विवाह, ब्रतबन्ध, पूजापाठका कारण पनि धनगढीमा संक्रमण बढी फैलिएको उपाध्ययको अनुमान छ।

    निषेधाज्ञा खुकुलो हुँदाको परिणाम

    कोरोना भाइरसको चेन ब्रेक गर्न भनेर कैलालीमा स्थानीय प्रशासनले तीन सातादेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा लागू गरे पनि सुरुका केही दिन खाद्य वस्तुका पसलहरु बिहानको समयमा सञ्चालन भए। उक्त समयमा किनमेलका लागि पुग्ने मानिसहरुको बजार क्षेत्रमा भिडभाड लाग्ने गरेको थियो। अहिले सातामा तीन दिन बिहानको समयमा अत्यावश्यक सेवाका पसल व्यवसाय खोल्न दिइएको छ। जसका कारण भिडभाड नियन्त्रण हुन सकेको छैन।

    मानिसहरु किनमेलको बहानामा एकअर्काको सम्पर्कमा जाने क्रम बढेकाले संक्रमण पनि फैलिरहेको चिकित्सकले बताउँदै आएका छन्। तर, स्थानीय प्रशासनले भने निषेधाज्ञालाई कडाइका साथ लागू गरेको दाबी गरिरहेको छ।

     

    • संक्रमण
    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.