• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन ?

  •  संवाददाता
  • शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शरद ऋतुको एउटा व्यस्त बिहानी । उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी । यो एउटा दोभासे नर्सरी स्कुल हो । “यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्,” स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन् । यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो।

    उनीहरूको मातृभाषामा क्रोयसियन, हिब्रु, कोरियन र डच पर्छन् । बालबालिकाले भाषा सिक्न गरिरहेका यी सङ्घर्षलाई औसत उमेर पुगेको मानिससँग दाँज्दा हामी सजिलै निष्कर्ष निकाल्छौँस् भाषा सानो छँदै सिक्नु नै उत्तम हो । तर विज्ञानले भने भाषासँग कसरी हाम्रो जीवनकालभरी सम्बन्ध विकसित भइरहन्छ भन्ने एउटा जटिल धारणा प्रस्तुत गर्छ।

    यसले ढिला भाषा सिक्न थाल्नेहरूलाई प्रोत्साहित गर्छ । जीवनको फरकफरक समयमा भाषा सिक्नुका भिन्न(भिन्न फाइदाहरू छन् ।

    शिशुका रुपमा हामी फरक स्वरहरू सुन्न सक्छौंस त्योभन्दा अलि ठूलो बामे सर्नसक्ने बच्चा हुँदा हामी रैथाने लबज चकित पार्ने गतिमा सिक्न सक्छौँ । वयस्क हुँदा हामी लामो समय शब्दमा ध्यान दिन्छौँ र लेखपढका लागि महत्त्वपूर्ण क्षमता हुन्छ जसले गर्दा शब्द सिक्न हामीलाई मद्दत गर्छ।

    र, उमेर बाहेक सामाजिक परिवेश, पढाउने तरिका एवम् प्रेम र मित्रता जस्ता कुराले पनि हामी कतिवटा भाषा कति राम्ररी बोल्न सक्छौँ भन्ने विषयलाई असर गर्नसक्छ।

    युनिभर्सिटी अफ एडिनबराकी बहुभाषासम्बन्धी केन्द्रकी निर्देशक एन्टोनेल्ला सोराचेले उमेरसँगै सबैकुरा ओरालो नलाग्ने बताइन् । उनले ‘व्याख्यासहितको स्पष्ट सिकाइ’ को उदाहरण दिइन् जसमा कक्षाकोठामा शिक्षकले नियमसहित भाषा सिकाउँछन् ।

    यस्तो सिकाइका लागि बालबालिकाभन्दा वयस्कहरू धेरै उत्तम हुन्छन् । इजरेलमा भएको एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले वयस्कहरूले कृत्रिम भाषाको नियम बुझेर त्यसलाई नयाँ शब्दहरूमा प्रयोग गर्नसक्ने पत्ता लगाए।

    स्पेनका दुईवटा भाषा सिकिरहेकाहरू २,००० जनासँग गरिएको एउटा अध्ययनमा पनि कम उमेरका भन्दा उमेर पुगेका मानिसहरूले छिट्टै भाषा सिक्न सकेको देखायो । हामी प्राकृतिक रुपमै भाषा सिक्न सुरु गर्छौँ। बाल्यावस्थामा हामीले विश्वका भाषाहरूमा हुने छ सय व्यञ्जन र दुई सयवटा वर्ण सुन्न सक्छौँ।

    पहिलो वर्षभित्र हाम्रो दिमाग धेरै सुनिरहेको स्वरहरूमा पोख्त हुन थाल्छ । नवजात शिशु त आमाको कोखमा हुँदा सुनेकै लबजको नक्कल गरेर रुन थाल्छ। सोराचे भन्छिन्, “आफ्नै भाषा टिप्नका लागि बाल्यावस्था निकै महत्त्वपूर्ण हुन्छ।”

    एक्लिएका वा अनाथ बालबालिकामा गरिएको अध्ययनले समयमै भाषा नसिकेको अवस्थामा पछि त्यसलाई सजिलै टिप्न नसक्ने देखाएको छ । तर आश्चर्य के छ भने विदेशी भाषा सिक्नका लागि भने त्यो नियम लागु हुँदैन।

    युनिभर्सिटी अफ योर्ककी मनोभाषाविद् ड्यानिएला ट्रेनकिकले नयाँ देश सर्न लागेको एउटा परिवारको उदाहरण दिइन् । बालबालिकाहरूले अभिभावकको दाँजोमा धेरै छिटो भाषा सिक्छन्।

    नयाँ भाषा सिक्नका लागि बालबालिकाले हतारो महसुस गर्छन् । साथी बनाउने र उनीहरूसँग घुलमिल हुने जस्ता सामाजिक कारणले उनीहरूले भाषा सिक्नु निकै महत्त्वपूर्ण हो भन्ने बुझ्छन्

    उनीहरूका आमाबुवा भने आफूलाई बुझ्ने आफूहरूजस्तै आप्रवासीसँग घुलमिल हुने सम्भावना बढी हुन्छ। सन् २०१३ मा इटलीको भाषा सिकिरहेका ब्रिटिश वयस्कहरूसँग गरिएको अध्ययनमा भाषा सिक्न समस्या भएकाहरूलाई शिक्षक र अन्य विद्यार्थीसँग मिलाएर मद्दत गरिएको थियो। “सामाजिक उत्प्रेरणा भएन भने टिक्नै मुस्किल हुन्छ, भाषा सिक्नका लागि वर्षौं बिताउनु पर्छ।”

    यो वर्षको सुरुमा एमआइटीमा अनलाइन प्रश्नोत्तरमा आधारित भएर झण्डै छ लाख ७० हजार मानिसहरूमा गरिएको एउटा अध्ययनमा स्थानीय मानिसको जस्तै अङ्ग्रेजी व्याकरणको ज्ञान हासिल गर्न १० वर्ष हुँदा सुरु गर्नु निकै उत्तम हुने पाइएको थियो।

    तर उक्त अध्ययनले हामी आफ्नै भाषामा पनि राम्रो हुँदै जाने देखाएको थियो । उदाहरणका लागि हामी आफ्नो भाषामा पनि व्याकरणमा पारङ्गत ३० वर्षभित्र मात्रै हुन सक्छौँ । एउटा छुट्टै अनलाइन अध्ययनले भने रैथाने मानिसहरूले पनि आफ्नो आधा उमेर नपुग्दासम्म प्रत्येक दिन नयाँ शब्द सिक्ने देखाएको थियो ।

    भाषा किन पढ्नेरु

    “मानिसहरूले कहिलेकाहीँ सोध्छन् विदेशी भाषा सिक्नुको ठूलो फाइदा के छ रु” ट्रेनकिक भन्छिन्। “के मैले थप पैसा कमाउँछु रु म थप बाठो हुन्छु रु म स्वस्थ रहन्छु रु”

    “तर खासमा विदेशी भाषा जान्नुको सबैभन्दा ठूलो फाइदा भनेको धेरै मानिससँग सम्वाद गर्न सक्नु हो,” उनी भन्छिन्। स्पेनिस नर्सरीकी निर्देशक आफैँले पनि दोस्रो भाषा ढिला सिक्न थालेकी हुन् । रामप्रेसाद रोमानियामा हुर्किइन् र उनले अङ्ग्रेजीमा पकड जमाउन थालेकी २० वर्षको उमेरपछि मात्रै हो।

    विविसीबाट

    • भाषा सिक्ने
    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.