धनगढी-सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ५ सय ६५ जनाको स्वाब परीक्षण गरीएकोमा ४ सय ३६ जनाको रिपोट नेगेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार ति मध्ये धनगढीका मात्रै ७ पुरुष र १ महिला गरी ८ जनामा सङ्क्रमण देखिएको छ । कैलालीकै अन्य ठाउँका १ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
![No photo description available.](https://scontent.fkep2-1.fna.fbcdn.net/v/t1.6435-9/189212992_326582788977303_5676585833140459082_n.jpg?_nc_cat=104&ccb=1-3&_nc_sid=730e14&_nc_ohc=dLX94Vo2LtAAX-eaVza&_nc_ht=scontent.fkep2-1.fna&oh=761408aa1500f29603a11df0dfc7752f&oe=60CE7E72)
यस्तै पछिल्लो २४ घण्टामा थप ५ सङ्क्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । धनगढीका ६२ र ६५ वर्षीय पुरुष,गोदावरीका ४७ र ५५ वर्षीय पुरुष र कैलारी गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार गत २४ घण्टामा ३० जना सङ्क्रमणमुक्त भएर घर फर्किदा १४ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।