• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, माघ २५, २०७९ | Wednesday 8th February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ६ दिन अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • १ हप्ता अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • १ हप्ता अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • २ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • २ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • २ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • ३ हप्ता अगाडि

गाउँ–गाउँमा चिकित्सक,घर घरमा संक्रमित

  •  संवाददाता
  • बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुरको महाकालीपारिको दोधारा चाँदनीमा प्रायः डाक्टर बस्दैनथे । एचए र अहेवहरूले नै बिरामीलाई सेवा दिन्थे । डाक्टर नहुँदा सामान्य बिरामीलाई पनि महेन्द्रनगर वा धनगढी पठाउनुपर्थ्यो । भारतसँगै सीमा जोडिएको क्षेत्र भएकाले अधिकांश स्थानीय उपचारका लागि सीमावर्ती बजार भारतको उत्तराखण्डको खटिमा पुग्थे ।

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ का पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पताल । तस्बिर स् भवानीरकान्तिपुर
    तर अहिले अवस्था फेरिएको छ । एक जना डाक्टर उपलब्ध नहुने दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा ३ डाक्टर कार्यरत छन् । दोधारा चाँदनी नगरपालिकाले आफ्नै खर्चमा २ र १ जना निक साइमन इन्स्टिच्युट नामक संस्थाबाट गरी तीन जना डाक्टर कार्यरत छन् । एक जनालाई त नगरपालिकाले केही दिनअघि मात्रै कोभिड अस्पताल सञ्चालनका लागि भर्ना गरेको हो ।

    यस्तै, शुक्लाफाँटा नगरपालिकाका विभिन्न स्वास्थ्यचौकीमा पनि कहिल्यै डाक्टर आउँदैनथे । पछिल्लो समय नगरपालिकाले पिपलाडी स्वास्थ्यचौकीलाई अस्थायी कोभिड अस्पताल बनाएपछि २ डाक्टर पनि भर्ना गरेको छ । यसले कोभिडका बिरामीसँगै अन्य बिरामीलाई पनि सजिलो भएको छ । ‘सामान्य बिरामीलाई पनि खटिमातर्फ वा महेन्द्रनगर पुर्‍याउनुपर्ने अवस्था थियो,’ दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले भने, ‘केही वर्षदेखि नियमित रूपमा डाक्टरहरू आएपछि सजिलो भएको छ, कहिले एक जना पनि डाक्टर नहुने ठाउँमा अहिले तीन जना आएका छन् ।’ उनले कोभिडका बिरामीसँगै अन्य बिरामीलाई समेत उपचारमा निकै सजिलो भएको छ । दोधारा स्वास्थ्यचौकीमा दैनिक एकरडेढ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

    पिपलाडी स्वास्थ्यचौकीमा पहिलेदेखि नै डाक्टरको दरबन्दी थियो । तर यहाँ कहिल्यै डाक्टर आएनन् । पछिल्लो समय नगरपालिकाले कोभिडकै लागि भए पनि दुई डाक्टर भर्ना गरेको छ । सोही क्षेत्रमा नगर अस्पताल पनि बनाउने तयारी छ । तत्काललाई ३ महिनाका लागि मात्रै भए पनि पछि एक वर्षको करार अवधि थपेर दुवै डाक्टरलाई नगर अस्पतालमा राख्नुपर्ने स्थानीयको माग रहेको शुक्लाफाँटा नगरपालिका–४ का वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताए । ‘कोभिड अस्पतालकै लागि भए पनि यहाँका स्थानीयले डाक्टर पाएका छन्,’ विष्टले भने, ‘कोभिडको संक्रमण कम भएपछि उनीहरूले अन्य बिरामीलाई पनि सेवा दिनेछन् ।’ उनका अनुसार नगर अस्पताल निर्माण भएपछि थप डाक्टर र स्वास्थ्यकर्मीहरू भर्ना गरिने छन् ।

    पुनर्वास नगरपालिकाको त्रिभुवनबस्ती स्वास्थ्यचौकीमा पनि एक वर्षदेखि डाक्टर कार्यरत छन् । नगरपालिकाले कोभिड अस्पतालकै लागि डाक्टर भर्ना गरेको हो । ‘यहाँ डाक्टरको दरबन्दी थिएन, तर हामीले कोभिड अस्पतालका लागि भर्ना गर्‍यौं,’ नगर प्रमुख जीवनराज थापाले भने, ‘अन्य बिरामीलाई पनि सजिलो भएको छ ।’

    पुनर्वासका बिरामीले पनि सामान्य उपचारका लागि धनगढी पुग्नुपर्ने बाध्यता टरेको छ । साविकको संरचनाअनुसार कञ्चनपुरमा महाकाली अस्पतालबाहेक ३ प्राथमिक स्वास्थ्य केन्द्र र १८ स्वास्थ्यचौकी गरी २१ वटा स्वास्थ्य संस्था थिए । साभार : कान्तिपुर 

    • चिकित्सक
    • संक्रमित
    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.