सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राजीनामा दिएका छन् । शुक्रवार सुवेदीले मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका छन् ।
मुख्यमन्त्री भट्टले मन्त्रिपरिषद् पुनर्गठनको गर्न थालेपछि उनले राजीनामा दिएका हुन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ । यसलाई लिएर एमालेमा विवाद देखिएको छ ।
स्रोतका अनुसार पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिने तयारी रहेको छ ।
केही मन्त्रीले राजीनामा दिने र नयाँ नियुक्त गर्ने तयारी भएको छ ।
अब मन्त्री हुने लाइनमा पूर्णा जोशी, अर्चना गहतराज, जुनकुमारी चौधरी, दीर्घ सोडारी, लालबहादुर खड्काको नाम चर्चामा रहेको छ ।