धनगढी-नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सहित दुई पूर्व मन्त्रीलाइ साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नलिए पछि आर्थिक मामिला मन्त्री प्रकास शाह,पूर्व समाजिक बिकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । माधव नेपाल पक्षमै विवादभए पछि सुवेदी र भट्टले शुक्रवार नै मन्त्री पदबाट राजिनामा दिएका थिए ।