सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप १ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार ५ सय ६२ जनामा गरिएको परिक्षणमा ३ सय ६३ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
गत २४ घण्टामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १४ जना अस्पताल भर्ना भएका छन् ।